मंगलबारभित्र एसइई परीक्षाको नतिजा सार्वजनिक

आन्तरिक मूल्यांंकनबाट प्रकाशन हुने

काठमाडौं । स्थगित भएको एसइईको आन्तरिक मूल्यांकनको नतिजा मंगलबारसम्ममा प्रकाशित हुने भएको छ ।

सो नतिजा मंगलबारसम्ममा प्रकाशित गर्नको लागि धमाधम तयारी गरिरहेको जानकारी राष्ट्रिय परीक्षा बोर्ड तथा परीक्षा नियन्त्रक कार्यालयले दिएको हो ।

बोर्डका अनुसार यस वर्ष ४ लाख ८३ हजार विद्यार्थीको एसइई परीक्षाको आन्तरिक मूल्यांकनबाट नतिजा प्रकाशित हुनेछ।