प्रहरीमा कोरोना संक्रमणः हेडक्वाटरभित्रै ७२ संक्रमित भेटिए

संक्रमितहरूलाई बलम्बुस्थितमा उपचार गरिदैं

काठमाण्डौं । लकडाउन खुलेपछि प्रहरीमा कोरोना संक्रमण बढेको छ । प्रहरी प्रधान कार्यालयमा कार्यरत ७२ जना प्रहरीमा संक्रमण देखिएको बतायएको छ ।

संक्रमितमध्ये धेरैजसो चालक, मेकानिक्स र मेसमा काम गर्ने प्रहरी छन् । उनीहरू एउटै ब्यारेकमा बस्ने भएकाले संक्रमित भएका हुन् ।

संक्रमितहरूलाई बलम्बुस्थित अस्पतालमा भर्ना गरिएको प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतले बताए । प्रहरी प्रधान कार्यालयमा थप प्रहरीको परीक्षण गर्न लागिएको छ ।

न्यूनतम प्रहरीबाट कार्यालय चलाउने रणनीतिअनुसार आलोपालो प्रणाली सुरु गरिएको छ । त्यस्तै महानगरीय ट्राफिक प्रहरी महाशाखाका पनि दुई प्रहरीमा संक्रमण देखिएको छ ।

देशभर दुई सय ५० जना प्रहरी संक्रमित भइसकेका छन् ।

(यो समाचार नयाँ पत्रिकामा प्रकाशित छ ।)