सुनको मूल्यमा बृद्धीः आज तोलाको ९९ हजारमा विक्रि–वितरण

चाँदी तोलाको १२ सय २५ रुपैयाँ

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजोको तुलनामा बढेको जनाएको छ । व्यवसायी महासंघका अनुसार आज तोलाको ५ सय रुपैंया बढेको हो ।

हिजो तोलाको ९८ हजार ५ सय रुपैयाँमा बिक्रि कारोवार भएको सुनको मूल्य आज भने ९९ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।

मूल्य बढेपनि कोरोना संक्रमणको त्रासका कारण बजारमा सुन किन्नले ग्राहक भने त्यति ननिस्केको व्यवसायीहरुको भनाई छ ।

त्यस्तै आज चाँदीको मूल्य भने स्थिर छ। हिजो तोलाको १२ सय २५ रुपैयाँमा विक्रि भएको चाँदीको मूल्य आजपनि त्यहि कायम गरिएको व्यवसायी महासंघले जनाएको छ ।