नबिल बैंकले ल्यायो स्क्यान एन्ड विड सुबिधा

आधुनिक बैंकिङ्गको अभ्यास

काठमाडौं । बैंकिङ्गको सुबिधामा नबिल बैंकले आफ्ना ग्राहकवर्गका लागि ‘स्क्यान एन्ड वीड्र’ को सेवा शुरु गरेको छ ।

उक्त सेवा मंगलबारबाट शुरु गरिएको र ग्राहकहरुले चेकको प्रयोग नगरी क्यूआर कोड स्क्यान गरेर बैंक काउन्टरबाट दैनिक एकलाख सम्मको रकम झिक्न पाउने भनी आज एक प्रेस विज्ञप्ति मार्फत बैंकका संचार बिभाग प्रमुख कृष्ण सुवेदीले जानकारी दिएका हुन् ।

विज्ञप्तिमा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले, “अब नबिल बैंकका ग्राहकमहानुभावले चेक/एटिएम कार्ड बोक्न बिर्सिनु भयो भने आफ्नो मोबाइल बैंकिङ्ग ए्यापमा लग–ईन गरेर  बैंक काउन्टरमा भएको क्यूआर कोड स्क्यान गरी आफ्नो खाताबाट रकम झिक्न सक्नुहुनेछ ” भनेका छन् । 

शाहका अनुसार विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा सुरक्षित कारोबार गर्न र संक्रमणको जोखिम न्यूनिकरण गर्नका लागि नबिल बैंकले यो सेवाले ग्राहकलाई सहज र छिटो सेवा प्राप्त हुनेछ ।

नबिल बैंक निजि क्षेत्रको अग्रणी बैंक हो । यसका देश भरी ११८ शाखाहरु र १७८ एटिएम काउण्टरहरु रहेका छन् ।

नबिल बैंकले नेपाली बैंकिङ्ग क्षेत्रमा नविनतम् सेवाको शुरुवात गर्न अग्रणी भूमिका खेलेको छ । देशको पहिलो डिजिटल बैंक बन्ने उद्देश्यले हालै नबिल बैंकले नबिल डिजी बैंकको स्थापना गरेको छ । ।

साथै यसले नेपालको बैंकिङ्ग विकासको ईतिहासमा कोसेढुङ्गाको रुपमा काम गर्दै आएको छ र यसले ग्राहकको सन्तुष्टी सहित आधुनिक बैंकिङ्ग युगको शुरुवात गर्नु आफ्नो व्यवसायलाई ग्राहकहरुको उच्च सन्तुष्टी प्रदान गर्ने तर्प केन्द्रित गरेको छ ।