सत्ताँरुढ नेकपा लगायत विभिन्न पार्टीका दर्जनौं नेता, कार्यकर्ताहरु माओवादी केन्द्रमा प्रवेश (भिडियोसहित)

अखिल नेपाल ट्रेड युनियन महासंघद्धारा भव्य स्वागत

काठमाडौं । सत्ताँरुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लगायत विभिन्न राजनीतिक दलमा आबद्ध दर्जनौं नेता, कार्यकर्ताहरुले आफुहरु रहेको पुरानो पार्टी परित्याग गर्दै नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन ।

माओवादी केन्द्र निकटको अखिल नेपाल ट्रेड युनियन महासंघको आयोजनामा हिजो बागबजारमा हिजो आयोजित नव प्रवेशीहरुलाई स्वागत कार्यक्रमबिच सत्ताँरुढ नेकपा लगायतको पार्टीमा रहेका दजनौं नेता, कार्यकर्ताहरुले सामूहिक रुपमा पुरानो पार्टी परित्याग गरेका हुन ।

सत्ताँरुढ नेकपा, नेत्रविक्रम चन्द विप्लवले नेतृत्व गरेको नेकपा र अन्य राजनीतिक दलमा लामो समयदेखि जोडिएर विभिन्न भूमिकामा काम गर्दै आएका करिब तीन दजर्न बढी नेता, कार्यकर्ताहरुले नेकपा (माओवादी केन्द्र) को कार्यदिशा, राजनैतिक, सैदान्तिक विषयवस्तुमा सहमत हुँदैं पार्टीमा प्रवेश गरेका थिए ।

नव प्रवेशीहरुले सत्ताँरुढ नेकपा विदेशी शक्ति केन्द्रको एजेन्ट भएको र त्यसबाट देश र जनताको पक्षमा कुनैपनि अपेक्षा गर्न नसकिने देखेपछि आफुहरु आधारभूत वर्ग जनसमूदायको हक, अधिकारको लागि संघर्षको तयारीमा रहेको नेकपा (माओवादी केन्द्र) मा जोडिएर वर्गिय आन्दोलनमा भूमिका खेल्न तयार रहेको उद्घोष गरेका थिए ।

त्यस्तै नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपामा लामो समयदेखि जोडिएर काम गरिरहेका नेता, कार्यकर्ताहरुले पछिल्लो समय पार्टीका नेता, कार्यकर्ताहरु र उत्पीडित जनताबिचको दुरी बढेको भन्दै त्यहाँबाट जनताको मुक्ति आन्दोलन आफुहरुले सम्भव नदेखेकाले परित्याग गरेको बताएका थिए ।

उनीहरुले सर्वहारा वर्गिय आन्दोलनमा मध्यमवर्ग प्रमुख नहुने भन्दै विप्लव नेकपाको संघर्षमा तयार हुनुपर्छ भन्ने मान्यता ठिक भएपनि त्यसको सैद्धान्तिक अस्पष्टताका कारण क्रान्तिकारी योजना सफल नभएको उनीहरुको अनुभूति सहितको भनाई रहेको छ ।

आफुहरु रहेको पार्टी र संगठन परित्याग गरि माओवादी केन्द्रको मजदूर संगठन र अन्य संघ, संगठनमा जोडिएका नेता, कार्यकर्ताहरुले माओवादी केन्द्रले महान जनविद्रोहको माध्यमबाट दलाल संसदवाद विरुद्ध अर्को संघर्षको तयरी गर्ने उद्देश्यमा आफुहरु थप उर्जावान हुँदै भूमिका खेल्ने सामूहिक प्रतिबद्धता समेत जाहेर गरे ।

पार्टी परित्याग गर्नेमा सत्ताँरुढ नेकपा, विप्लव नेकपाका साथैं अन्य विभिन्न राजनीतिक दल र त्यसका संघ, संगठनहरुमा विभिन्न भूमिकामा रहेका करिब तीन दर्जन भन्दा बढी नेता, कार्यकर्ताहरु रहेका थिए ।

‘मजदूर मुक्तिका लागि चौतर्फि विरोध गरौं !’ भन्ने मूल नारा सहित अखिल नेपाल टे«ड युनियन महासंघ नेपाल (रिफन्ट) को व्यानरमा आयोजित उक्त कार्यक्रमको अध्यक्षता नेकपा (माओवादी केन्द्र) का सचिव समेत रहेका टे«ड युनियन महासंघका अध्यक्ष राजन तिमिल्सिनाले गरेका थिए ।

रिफन्टका महासचिव मेघराज खत्रिले सञ्चालन गरेको उक्त कार्यक्रममा रिपफन्टका उपाध्यक्ष समेत रहेका माओवादी केन्द्रका नेता रामप्रसाद मैनालीले मजदूर आन्दोलनको अवस्था र कार्यक्रमको आवश्यकताका विषयमा प्रकाश पारेका थिए ।

नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीको प्रमुख आतिथ्यता रहेको उक्त पार्टी प्रवेशको कार्यक्रमलाई रिफन्टका महिला नेतृ सिता पराजुलीले कार्यक्रममा स्वागत मन्तव्य दिएकी थिइन ।

उक्त कार्यक्रममा माओवादी केन्द्रका पोलिटव्यूरो, सुदूरपश्चिम प्रदेश संयोजक तथा प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी, पोलिटव्यूरो तथा अखिल क्रान्तिकारीका अध्यक्ष आलोक रायमाझि, पोलिटव्यूरो सदस्यहरु अरुण घिसिङ, धर्म बेडुवाल, बालाराम पुन, प्रदेश तीनका अध्यक्ष पाशाङ मोक्तान, प्रेस सेन्टर नेपालको प्रदेश तीनका अध्यक्ष सुमन राई, युवा कम्युनिष्ट लिगका सचिव कपिल सिजापती, सुकम्बासी संगठनका इन्चार्ज प्रकाश सोनियम लिम्बु, लगायतको आतिथ्यता रहेको थियो ।

कार्यक्रममा उपस्थित नव प्रवेशीहरुलाई नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकी, रिफन्टका अध्यक्ष राजन तिमिल्सिना, उपाध्यक्ष रामप्रसाद, महासचिव मेघराज, पार्टीका पोलिटव्यूरो सदस्यहरु लोकराज, अरुण, बालाराम लगायतले सामूहिक रुपमा दोसल्ला ओढाउँदै लाल अभिवाद सहित स–सम्मान स्वागत गरेका थिए ।

माओवादी केन्द्रमा प्रवेश गर्नेहरुमा धेरै मजदूर संगठनमा रहेर काम गरेका नेता, कार्यकर्ताहरु रहेका छन । त्यसमा सत्ताँरुढ नेकपाबाट कैलाश कार्कीको समूह रविप्लव नेकपाबाट लोकेन्द्रराज थापा नेतृत्वको समूह रहेको छ । त्यस्तै विभिन्न पत्रकार संगठन छाडेर प्रेस सेन्टर नेपालमा २ जना पत्रकारहरु समेत जोडिएका छन ।

प्रवेश गर्नेमा सुनिल थिङ, विशाल शिङ्गार, सञ्जय लामा, आकाश भुजेल, अस्विन नेपाली, मार्सल श्रेष्ठ, सुरेश राई, सञ्जय राई, रामदिन दर्नाल, ्सवन तामाङ, सुरनाथ मिश्र, मदन धिताल, अजय लामा, बिन्दु कार्की, तिलकसिंह ठकुरी, धन बहादुर सिंह, गोविन्द महत, मम्भिर जंग तामाङ, रिना श्रेष्ठ, राजिव चन्द, मन्दिरा कार्की, हेमन्त राई, तिरेन्द्र धतानी, निरज रिजाल, रामबहादुर बुढाथोकी, सिता वतम, मुढि कार्की, ु्शन तामाङ्, सुसन शाही लगाएत रहेका छन ।

कार्यक्रममा बोल्दै माओवादी केन्द्रका महासचिव कर्णजीत बुढाथोकीले एकता, विभाजन र पुन एकताको प्रकृयामा माओवादी आन्दोलनमा दोहोरिदैं आएको भन्दै अहिले संसदवादको जनविरोधी, राष्ट्र विरोधी हर्कत बढेको कारण सच्चा क्रान्तिकारीहरु, देशभक्त नागरिकहरु, सामाजिक व्यवस्था रुपान्तरणका सबै पक्षधर शक्तिहरु एकताबद्ध हुन आवश्यक भएकोमा जोड दिए ।

उनले माओवादी केन्द्रले देश, जनता र राष्ट्रियस्वाधिनताको आन्दोलनलाई निरन्तरता दिने विश्वास दिलाउँदै सर्वहारा वर्गियअधिनायकत्व सहितको राज्यसत्ताँ ल्यानका लागि पार्टीले अघि सारको महान जनविद्रोहको तयारीलाई व्यापक बनाउनुपर्ने बताए ।

उनले एकताबद्ध भएका पार्टीका नेता, कार्यकर्ताहरुबाट पार्टीले ठूलो अपेक्षा गरेको भन्दै सबैलाई आफ्नो कार्यक्षेत्रको जिम्मेवारीलाई पुरा गर्नका लागि निर्देशन समेत गरे । उनले नयाँ जोडिएका नेता, कार्यकर्ताहरुलाई छलफल गरेर आवश्यकता अनुसार ठोस जिम्मेवारी दिइने समेत बताए ।

त्यसैगरी उक्त कार्यक्रमा मजदूर ऐन, मजदूरको वर्तमान अवस्था र आगामि संघर्षको तयारीका बारेमा बोल्दै रिफन्टका अध्यक्ष तिमिल्सिनाले दलाल सत्ताँ रहेसम्म मजदूर तथा श्रमजीवी नागरिकहरुले पूर्ण अधिकारको प्रत्याभूति गर्न नसक्ने ठोकुवा गरे ।

उनले मजदूर तथा आम श्रममिक वर्गहरु एक भएर आफ्नो हक, अधिकार र मुक्तिका लागि आन्दोलित हुनुको विकल्प नरहेको बताए । उनले राज्यले आफैले बनाएको ऐन, कानुनको समेत ठिक ढंगले कार्यान्वयन नगर्दा श्रमिक वर्ग थप समस्यामा परेको तर्क गरेका थिए ।