एसिड आक्रमणमा संलग्न दुई पक्राउः यस्तो छ घटनाको वास्तविकता….

एकतर्फि प्रेमले डार्याएको गलत बाटो !

काठमाडौं । हिजो साँझ होटेल हायातको क्यासिनोमा काम गर्ने ओलखढुंगाकी एक युवतीमाथि एसिड प्रहारको घटनामा संलग्नहरुलाई पक्राउ गर्न प्रहरी सफल भएको छ ।

घटना लगत्तै फिल्डमा घटिएको प्रहरी टोलिले त्यसबारेमा अनुसन्धान गर्दा सीसी क्यामेरा फुटेजबाट उनीहरुको खोज गरिरहेको थियो ।

प्रहरीले उनीहरुलाई हिजो राति ११ बजें नै पक्राउ गरेको हो । प्रहरीको महानगरीय अपराध अनुसन्धान महाशाखा र प्रहरी परिसर टेकुको संयुक्त टोलिले उनीहरुलाई पक्राउ गरेको बताएको छ ।

पक्राउ पर्नेमा रौतहटको लक्ष्मीपुर घर भई हाल डल्लु बस्‍ने मोहम्मद आलम र भारत घर भई डल्लुमा कालीगढको काम गर्ने मुन्‍ना मोहम्मद रहेका छन्।

एसिड आक्रमणमा परेकी पवित्रा कार्की र उक्त घटनामा दोषि आरोपित मोहम्मद आलमबिच परानो चिनजान रहेको र आलमको एकतर्फि प्रेम सफल नभएको कारण उक्त घटना घटाइएको प्रहरीको प्रारम्भीक अनुसन्धानबाट खुल्न आएको छ ।

घटना भएको दिन अथार्थ हिजो साँझ ति युवतिलाई आलम आफैले मोटरसाईकलमा राखेर बाफल चोकसम्म छाडेका थिए । पछि उनले आफै अर्को व्यक्ति (मुन्ना) लाई प्रयोग गरेर युवतीमाथि एसिड हान्न लगाएको बुझिएको छ ।

एसिड हान्ने मुन्ना आलमको डुल्लुस्थित ब्याग कारखानामा काम गर्ने कारिगर हुन । उनलाई एसिड आक्रमणको योजना आलमले दिएको र त्यसको कारणबारे आफुलाई थाहा नभएको प्रहरीसँगको बयानका क्रममा बताएका छन ।

ब्याग कारखाना चलाउँदै आएका आलम र आक्रमणमा परेकी ति युवतिबिच केही समयपहिलेदेखि चिनजान र भेटघाट हुने गरेको थियो ।

युवतिले आलमलाई दाईको रुपमा हेरेको भनेपनि आलमले भने एकतर्फि प्रेम गरेको र त्यो पुरा नहुने अवस्था आएपछि आवेगमा आएर एसिड प्रहारको योजना बनाएको बयानबाट प्रष्टसँग बुभिन्छ ।

यसैबिच पक्राउ परेका दुबै जनालाई महानगरीय प्रहरी परिसर टेकुमा आज सार्वजनिक गरिएको छ । उनीहरुले घटनाम आफ्नो संलग्नतालाई स्विकार समेत गरिसकेका छन । प्रहरीले उनीहरु दुबैजनामाथि एसिड प्रहारको मुद्दा चलाउने तयारी गरिरहेको बुझिएको छ ।

घटनाको विषयमा हरपल नेपालसँग कुराकानी गर्दै महानगरीय अपराध महाशाखाका प्रमुख (एसएसपी) दीपक थापाले एसिड प्रहार गर्ने मुन्नाले आफ्नो साहुको योजनामा काम गरेको बताए ।

एसएसपी थापाले उक्त घटना आलमको एकतर्फि प्रेममा अर्को केटा आएपछि आवेगको निर्णयबाट सिर्जित अपराध भएको बताए । उनले उक्त घटनको विषयमा थप अनुसन्धान भैरहेको बताएका छन ।

प्रहरीले ति युवतिको फोन डिटियल्सबाट थप कुराहरु समेत खलेको बताएको छ । अहिले एसिड आक्रमणबाट घाईते बनेकी युवति कीर्तिपुर अस्पतालमा उपचारार्थ छिन । उनको मुख, घाँटी र कपालमा एसिडले जलेको छ ।