विप्लव नेकपाको आन्तरिक विवाद बाहिरीयोः नेतृत्वलाई कडा चेतावनी (विज्ञप्तीसहित)

ईन्चार्ज र सेक्रेटरीको निर्णय खारेजको माग

ललितपुर । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता, कार्यकर्ताहरु बीचको आन्तरिक विवादले ठूलो रुप लिएपछि एकले अर्कोलाई आरोप–प्रत्यारोप लगाउदै पार्टीको आन्तरिक विषय बाहिर आएको छ ।

विप्लव नेकपाको विशेष जिल्ला समिति ललितपुरका ईन्चार्ज, सेक्रेटरी र अन्य नेता, कार्यकर्ताहरु बिचको आन्तरिक विवाद बाहिर आएको हो ।

पार्टी कमिटि अन्तर्गतको विवादका विषयहरु उठाउँदै विल्लव नेकपाको ललितपुर जिल्ला समितिका नेता, कार्यकर्ताहरुले आज एक प्रेस विज्ञप्ती समेत सार्वजनिक गरेका छन ।

उनीहरुले ललितपुर जिल्ला पार्टीका इन्चार्ज विश्वास र सेक्रेटरी रामबहादुर पार्टी नीति विरुद्ध चलेको र नेता, कार्यकर्ता तथा जनतालाई अनाहकमा दुःख दिने, मनमर्जि कारबाही गर्ने र एकल ढंगले पार्टी सञ्चालन गर्ने गरेको भन्दै पार्टी नेतृत्वको ध्यानाकर्ष गराउन उक्त विज्ञप्ती सार्वजनिक गरेको जनाएका छन ।

यसअघि जिल्ला समितिका नेताहरु जमिन र जीवनलाई ईन्चार्ज र सेक्रेटरीले अनावश्यक रुपमा कारबाही गरेको जनाउँदै उनीहरुले विज्ञप्ती मार्फत जिल्ला नेताहरुको कार्यशैलीप्रति चरम असन्तुष्टि व्यक्त गरेका छन ।

विल्लव नेकपा ललितपुरका विभिन्न आठ जना नेता, कार्यकर्ताहरुले संयुक्त हस्ताक्षरमा जारी गरेको उक्त विज्ञप्तीमा भनिएको छ–‘पार्टीको जिम्मेवार पदमा रहेर जनताको हित नहुने कामहरु गर्ने, पार्टी सहयोद्धा कम्रेडहरुको चरित्र हत्या गर्ने, कोठें रिपोटीङ्ग बनाई नेताको चाप्लुसी गर्ने र पार्टी संगठन ध्वस्त पार्ने, भद्धा जीवन बिताउनेका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीमा कुनै पनि ठाउँ छैन् ।’

उक्त विज्ञप्तीमा विप्लव नेककपाको ललितपुरको जनसत्ता प्रमुख तथा ३ नम्बर वल्क ईन्चार्ज/सेक्रेटरी-प्रमोद, ज.व.स. फ्याक्सन ईन्चार्ज/सेक्रेटरी-शोनाम, २ नम्बर वल्क ईन्चार्ज/सेक्रेटरी-पाल्देन, जिल्ला संयोजक युवा-कञ्चन, ४ नम्बर वल्क ईन्चार्ज/सेक्रेटरी-जमिन, १ नम्बर वल्क ईन्चार्ज/सेक्रेटरी-जीवन, जिल्ला संयोजक ता.रा.मु.मो.-नुवा, जिल्ला समिति सदस्य-रामहरी लगाएतले संयुक्त रुपमा हस्ताक्षर गरेका छन ।

उनीहरुले विप्लव नेकपाका केही नेताहरु देखावटी रुपमा क्रान्तिकारी भएको भएपनि सारमा भद्धा खालको जीवनशैली अपनाउने गरेको भन्दै कडा विरोध गरेका छन । त्यस्तै पार्टीभित्र आर्थिक अनियमितता हुने गरेको समेत जनाएका छन ।

ईन्चार्ज र सेक्रेटरीमाथि उनीहरुले पार्टी केन्द्रको भावना, मर्म विपरित मनोगमानी ढंगबाट पार्टी सञ्चालन गरेको, छलफल, अनुसन्धान नै नगरी तानाशाही तरिकाले जिम्मेवार जिल्ला नेताहरुलाई कारबाहीको बहानामा चरित्र हत्या गरेको, संकलित सहयोग, चन्दाको आय, व्यायको नदिएको जस्ता विभिन्न ६ बुर्दे आरोप लगाउँदै पार्टीको उपल्लो कमिटि तथा नेतृत्वको ध्यानाकर्षण गराएका छन ।

ईन्चार्ज र सेक्रेटरीले एकलौटी निर्णय गरी नेकपा ललितपुरका जिम्मेवार जिल्ला नेताहरुको चरित्र हत्या हुने काम गरेको भन्दै उनीहरुले असन्तुष्टि जनाएको भएपनि कस्को र कुन प्रकारको चरित्र हत्या गरियो भन्ने विषयलाई भने विज्ञप्तीमा प्रष्ट रुपमा खुलाएका छैनन ।

उनीहरुले यसअघि ईन्चार्ज र सेक्रेटरीले गरेको निर्णय खारेजको माग गर्दै पार्टी नेतृत्वलाई समस्याको ठिक ढंगले समाधान नखोजेमा आफुहरुलाई अमान्य हुने भन्दै चेतावनी समेत दिएका छन ।

विज्ञप्तीमा भनिएको छ–‘उपत्यका विशेष व्यूरो अन्तर्गत ललितपुर विशेष जिल्लाको विस्तारीत बैठकले आजको मिति २०७७/०४/०७ गतेसम्म जिल्ला ईन्चार्ज र सेक्रेटरीको उक्लौटी निर्णय खारेज गर्दै उक्त समस्यामाथि पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण नभएसम्म कुनैपनि पार्टी काम कारबाही पार्टी विधान अनुसार बैधानीक नहुने र कुनैपनि निर्णय हामीलाई मान्य हुनेछैन ।’

हरपल नेपालसँग उक्त विषयमा कुरागदै विप्वल नेकपा ललितपुरका एक नेताले भने–‘हामीले पार्टीभित्रको अराजक प्रवृतिको विरोध तथा सार्वजनिक गरेका हौं । त्यसलाई पार्टी केन्द्रले सुझावका रुपमा लिएर ठोस निर्देशन गरोस भन्ने हाम्रो चाहना हो, तर गलत प्रवृतिलाई नेतृत्वले ठिक समयमा नरोक्ने हो भने हामी त्यसलाई स्विकार्न नसक्ने विषय विज्ञप्ती मार्फत समेत भनिसकेका छौं ।’

उक्त विज्ञप्तीले विप्लव नेकपा सारत सामजिक रुपान्तरणको राजनीतिक अभियानमा जुटेको भएपनि त्यसमा रहेका अराजक तथा व्यक्तिवादी सोच, चिन्तन र कमाउवादी मानसिकता बोकेका नेता, कार्यकर्ताहरुको ठूलो समूहले बदनाम गराएको तर्फ संकेत गरेको छ ।

विज्ञप्तीले विप्लव नेकपामा नेतृत्वदेखि तलका नेता, कार्यकर्ताहरुबिच समेत पछिल्लो चरणमा छलफल, संवादको अवस्था नरहेको तर्फ समेत संकेत गरेको छ । नेतृत्वलाई विज्ञप्ती मार्फत ध्यानाकर्ष गराउने विषयले सिंगो पार्टी पद्दतीमाथि प्रश्न गरेको छ भने अर्कोतिर उक्त पार्टीमा गम्भिर समस्या आउने विषयको संकेत समेत गरेको छ ।

पार्टी भित्रका इमान्दार नेता, कार्यकर्ताहरु गलत प्रवृति बोकेका समूहबाट समस्यामा परेको र त्यसलाई समयमै समाधान नगरिएमा असन्तुष्ट नेता, कार्यकर्ताहरु लामो समय त्यहाँ टिक्ने अवस्था नरहेको तर्फ समेत विज्ञप्तीले प्रष्ट पारेको देखिन्छ । बाँकी उक्त विज्ञप्तीको पूर्णपाठ हेर्नुहोस्..

नेपाल कम्युनिष्ट पार्टी
जिल्ला समिति, ललितपुर
प्रेस–विज्ञप्ती

मितिः २०७७ साउन ०८ गते

हाम्रो महान तथा गौरवशाली पार्टी नेपाल कम्युनिष्ट पार्टी देश र जनताको हितको निम्ति निरन्तर लागिरहेको कुरा हामी सबैलाई जगजाहेर नै छ । जनता र देशको स्वाभिमानको रक्षाका लागि हाम्रो पार्टी जुनसुकै मूल्य चुकाउन पनि तयार छ । तर, पार्टीको जिम्मेवार पदमा रहेर जनताको हित नहुने कामहरु गर्ने, पार्टी सहयोद्धा कम्रेडहरुको चरित्र हत्या गर्ने, कोठें रिपोटीङ्ग बनाई नेताको चाप्लुसी गर्ने र पार्टी संगठन ध्वस्त पार्ने, भद्धा जीवन बिताउनेका लागि क्रान्तिकारी कम्युनिष्ट पार्टीमा कुनै पनि ठाउँ छैन् । हाम्रो पार्टीको जिल्ला ईन्चार्ज क. विश्वास (आशिक) र सेक्रेटरी क. दिल (राम बहादुर) ले विगत केही समयदेखि पार्टी हित विरुद्धमा लागि जनतालाई दुःख दिने, पार्टी नीति नियम विपरीत काम कारबाही सञ्चालन गर्ने, जिल्ला पार्टी बैठकको महत्वलाई लत्याउने र एकलौटी निर्णय गरी जिम्मेवार जिल्ला नेताहरुकै चरित्र हत्या गरेको हुनाले मिति २०७७/०४/०७ गते उपत्यका विशेष व्यूरो अन्तर्गत ललितपुर विशेष जिल्लाको विस्तारीत बैठकले आजको मिति २०७७/०४/०७ गतेसम्म जिल्ला ईन्चार्ज र सेक्रेटरीको उक्लौटी निर्णय खारेज गर्दै उक्त समस्यामाथि पार्टी केन्द्रीय समितिको ध्यानाकर्षण नभएसम्म कुनैपनि पार्टी काम कारबाही पार्टी विधान अनुसार बैधानीक नहुने र कुनैपनि निर्णय हामीलाई मान्य नहुने यस प्रेस विज्ञप्ती मार्फत सम्बन्धीत सम्पूर्णमा जानकारी गराउँदछौं ।

कारणहरु
१) पार्टी केन्द्रको भावना र मर्म विपरित मनोगमानी ढंगबाट पार्टी सञ्चालन गरेको ।
२) छलफल र अनुसन्धान नै नगरी तानाशाही तरिकाले जिम्मेवार जिल्ला नेताहरुलाई कारबाहीको बहाना बनाई चरित्र हत्या गरेको ।
३) आर्थिक अभियान मार्फत संकलित सहयोग, चन्दाको आय, व्यायको विवरण जिल्ला बैठकमा पेश गर्न नसकेको ।
४) काल्पनिक र उत्तेजित सूचनाहरु माथिल्लो कमिटिलाई दिई अनावश्यक जिल्ला नेताहरुलाई दुःख दिएको ।
५) सामान्य जनतालाई अनावश्यक निगरानीको नाममा धम्क्याउने र टचर दिने गरेको ।
६) पार्टी जिल्ला वैठकको भावना र मर्म विपरित एकलौटी निर्णय गरि अनावश्यक विवाद सिर्जना गरेको ।

क्रान्तिकारी अभिवादन सहित धन्यवाद !
१. जनसत्ता प्रमुख तथा ३ नम्बर वल्क इृन्चार्ज सेक्रेटरी क. प्रमोद
२. ज.व.स. फ्याक्सन इृन्चार्ज सेक्रेटरी क. शोनाम
३ं २ नम्बर वल्क ईन्चार्ज सेक्रेटरी क. पाल्देन
४. जिल्ला संयोजक युवा क. कञ्चन
५. ४ नम्बर वल्क इृन्चार्ज सेक्रेटरी क. जमिन
६. १ नम्बर वल्क इृन्चार्ज सेक्रेटरी क. जीवन
७. जिल्ला संयोजक ता.रा.मु.मो. क. नुवा
८. जिल्ला समिति सदस्य क. रामहरी