लकडाउन खुल्दा पनि सुनचाँदीको मूल्यमा बृद्धी, किन ?

प्रतितोला एकैदिन १३०० बृद्धी

काठमाडौं । नेपाल सुनचाँदी व्यवसायी महासंघले आज सुनको मूल्य हिजोको भन्दा रु १३ सयले बढेको बताएको छ । कोरोना लकडाउन खुलेको पहिलो दिननै सुनको मूल्यको भारी बृद्धी भएको हो ।

सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो छापावाल सुनको मूल्य प्रति तोला ९२ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो भने आज बढेर ९४ हजार रुपैयाँमा कारोबार भएको छ ।

त्यस्तै बुधबार तेजावी सुन तोलामा ९३ हजार ५६० रुपैयाँमा कारोबार भएको थियो । त्यस्तै चाँदीको मूल्यमा समेत बृद्धी भएको सुनचाँदी व्यवसायी महासंघले बताएको छ ।

मंगलबार १०४० रुपैयाँमा कारोबार भएको चाँदी आज ११३५ रुपैयाँमा कारोबा भएको छ । हिजोको तुलनामा आज चाँदीको मूल्यमा रु. ९५ ले बृद्धी भएको देखिन्छ ।

लामो समयदेखि कोरोनका कारण सरकारले लगाएको लकडाउन खुलेकै दिनमा सुनचाँदीको मूल्यमा बृद्धी हुनुको कारण वस्तुको आपूर्तिमा भएको समस्या भएको व्यवसायीहरु बताउँछन।

लोमो समयदेखि कारोबार घटेको र भएका सामाग्रीहरुको समेत बजारमा कमि आएकाले पछिल्लो समयमा केही मूल्य बढेको हो ।

अन्तराष्ट्रिय बजारमा मूल्य निधारर्णको कारण समेत कतिपय अवस्थामा सुनचाँदीको मूल्य घटबढ हुने गर्दछ ।