दिपाश्रीलाई राजेश हमालको माफीः ‘महानायक’ विवाद अन्त्य

सकारात्म सोचको विकास गर्न अपिल

काठमाडौं । महानायक सम्बन्धी विवादको कारण सामाजिक सञ्जालमा राजेश हमालका सुभेच्छुक, समर्थकहरुले दिपाश्री निरौलाप्रति व्यक्त गरिरहेको आक्रोश अन्त्य भएको छ ।

हिजो राति महानायक राजेश हमालले आफ्नो फेसबुक एकाउन्ट मार्फत भिडियो सन्देश सार्वजनिक गर्दै सम्पूर्ण समर्थकहरुलाई दिपाश्रीलाई माफी दिन आग्रह गरेका थिए ।

महानायक राजेश हमालले कलाकारीता क्षेत्रको विकास र आपसि सद्भाव, सहिष्णुताको पक्षमा आफु निरन्तर लागिरहेको प्रति संकेत गर्दै आफ्नो क्षेत्रका सहकर्मिबाट आएको अभिव्यक्तिलाई माफ गरिदिन अनुरोध गरेका हुन ।

उनले भनेका छन– ‘हालै मेरा सहकर्मीले दिएका केही अभिव्यक्तिले अहिले निकै आक्रोश देखिएको छ । त्यसमा सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।’

उनले आफूमा सहिष्णुता रहेको उल्लेख गर्दै भनेका छन– ‘कलाकारीता क्षेत्रका लागि, मानवताका लागि सकारात्मक भएर कृपया सम्बन्धित व्यक्तिलाई क्षमा दिनुहोला ।’

अभिनेत्री एवं निर्देशक दीपाश्री निरौलाले एक टेलिभिजनको अन्तर्वार्ताको क्रममा हमाललाई ‘उहाँ महानायक हो र !’ भन्ने शब्द प्रयोग गरेपछि सामाजिक सञ्जालमा त्यो विषयमा ब्यापक प्रतिकृया र विरोध भएको थियो । बाँकी भिडियोमा हेर्नुहोस्…