राष्ट्रियताको रक्षार्थ सबै देशभक्तहरु देशद्रोहीहरुको पहिचान, निगरानी र कार्वाहीमा जुटौं !

एमसीसी सहयोगको नाममा अभिषाप

महान जनयुद्धको बेला अमेरिकी सम्राज्यवाद नेपाल छिर्न खोज्दा भारत र चीन दुइटै असन्तुष्ट भए परिणाम उसको दक्षिण एसियाको शासक बन्ने इच्छा चकनाचूर भयो, तर हार स्वीकारेन अमेरिकाले । उसलाई नेपाल भित्र रहेको युरेनियम, पानीका श्रोतहरु, जग्गा दलाली भैरहेको ठाउँ आवश्यक रहेको र दक्षिण एसिया भित्र रहेका बिभिन्न अन्तर्विरोधहरुमा एक चीन र भारतको अन्तरविरोधलाई केन्द्र बनाइ अघि बढीरहेको छ । नेपाल भित्र आउन नेपाली जनतालाइ सहयोगको बहाना गर्दै, अर्बौको मुनाफाको नाममा नेपालमा आउन खोजिरहेको छ।

देशको हित विपरित महाकाली समझौता भएको थियो । युद्ध पिपासु अमेरिका जसरि पनि नेपाल भित्रैबाट दक्षिण एसियामा अस्थिरता मच्चाउने र युद्धको ताण्डव नृत्य नचाउने काममा तल्लीन छ । यसको लागी नै उसले पाकिस्तानको साथ छोडी भारतको चीनसंग अन्तर्बिरोध देखाइ भारतसंग साइनो लगाएको छ। नेपाल अहिलेसम्म भारत र चीनको बीचमा रहेको सार्भौम राष्ट्र हो तर अब यसलाई २१औं सताब्दीमा बिदेशीहरुको रण मैदान बनाइउने अमेरिकाको दुष्प्रयास चलिरहेको छ ।

नेपाल भित्रै रहने खाँटी राष्ट्रबादी शेर बहादुर, केपी र प्रचण्डहरु कहिले भारत त कहिले अमेरिकाको योजनामा पुरै नेपाललाई बर्बाद गर्न लागी परेका छन । अब यो राष्ट्रलाइ २१ औं शताब्दीमा परिमार्जित अमेरिकाको गुलाम नेता उत्पादनको राष्ट बनाउने खेल रोक्नुपर्छ । देश र जनताको हित विपरितको काममा लागिपरेका संसदवादीहरुको नौटंकी अब नेपाली जनताले बुझिसकेका छन । त्यसैले सरकारका गलत कार्यशैलीको कोरोना संकटको बेलमा समेत विरोध भैरहेका हुन ।

माक्स्रवाद, गान्धीवाद र बुद्धवादलाई एउँटै घानमा हाल्ने जो कुचेष्टा सरकारले गर्दैछ, उनीहरुलाई जनताले राम्रारी सपथ खुवाउने निश्चित छ । नेपाली जनतालार्इ भ्रमित बनाइ एमसीसी पास गर्नु नै यिनीहरुको तत्कालिन र मुख्य योजना छ। साम्राज्यवादी हैकम कायम गर्न हौसिएका ती गिद्धहरु जो अहिले नेपाली आकाशमा माडारी रहेका छन । अब नेपाली देशभक्तहरु, राजनैतिक दल र सचेत नागरिक, सुरक्षाकर्मि, उद्योगपति, राष्ट्रिय पुजिपतिहरु, मजदूर, किसान, महिला, विद्यार्थी र सबै देशभक्तहरुले महाकाली समझौता गर्नेहरुलार्इ चिन्न आवश्यक छ ।

महाकाली सम्झौता गर्नेहरु नै अहिले राष्ट्रघाती एमसीसीको लागि जुटिरहेका छन । तसर्थ त्यस्तो राजनीतिक दल, नेता, कार्यकर्ताहरुको पहिचान तथा निगरानी गर्दै अंन्त्यत राष्ट्र हितको लागी देशद्रोहीहरुलाइ हदै सम्मको कार्यावाही गर्न तैयार रहनु आजको वस्तुगत घटनाक्रमले हामीलाई बुझाएको कुरा हो ।

(उपाध्याय नेकपा माओवादी केन्द्रका सचिव हुन । उनी देश र जनताको न्यायका विषयमा कलम चलाउने गर्दछन् ।)