मोडलिङबाट समाज रुपान्तरण गर्ने गुन्जनको चाहना

मेहनतको परिणाम सफलतामा बदलिने विश्वास

इटहरी । इटहरीको कस्तुरी कलेजमा स्नातक तह अध्ययनरत गुञ्जन शर्मा मोडलिङबाट समाज रुपान्तरण गर्ने सपना लिएर अघि बढेकी छन् ।

इटहरी २ आपगाछीमा बसोबास गर्ने शर्मा सानै उमेरदेखि समाज रुपान्तरणमा युवाहरुको आवश्यक छ भन्ने बुझेर सामाजिक क्षेत्रमा सक्रिय रहदैं आएकी थिइन ।

उनी आफुमा रहेको कला क्षमताको माध्यमबाट समाज सेवामा योगदान गर्ने बताउछीन । उनले विभिन्न फेसन सो तथा प्रोफेसनल फोटो सुट गरी सकेकी छिन ।

उनले आफ्नी आमा रिनु शर्माको गायन सुन्दै हुर्किएको हुदा कलाले मात्र समाज रुपान्तरण गर्न सक्ने भनेु आफुलाई पनि कला क्षेत्रमा लाग्ने रुची जागेको बताउँछिन ।

इटहरीको एरिना टेलिभिजनमा एसएमएस जोन नामक कार्यक्रम मार्फत लोकप्रियता कमाएकी गुन्जन शर्मा अहिले अध्यायनमा एक्राग भएर लागेकी छिन ।

उनी भन्छिन–‘जीवनले ब्रेक माग्छ र अहिलेको समय प्रतिस्पर्धाको मात्रै नभएर आफ्नो पहिचान बनाउने रहेको हुदा फरक पहिचानका लागी अध्यायन महत्वपूर्ण रहेको छ । अहिले औपचारिक तथा मोडलिङ फिल्डका अनौपचारिक पुस्तक पढ्दै भविष्यका लागि तयारी अवस्थामा रहेको छु ।’

उनले अब आउने दिनमा समाज रुपान्तरणका लागि फरक कार्यक्रम तथा योजना लिएर कला मार्फत जिवनलाई प्रस्तुत गर्ने जनाइन ।

आमा तथा भाईको सकारात्मक सहयोग तथा आफुभित्रको आत्मविश्वासले समाज रुपान्तरणको सपना साकार हुने र आफु त्यो सपनाको नजिक रहेको विश्वास उनको छ ।

उनमा फरक पहिचान र कलाले जुनसुकै स्थानमा पनि नाम कमाउन सक्ने गहिरो विश्वास समेत छ । उनी निक्कै मेहनतका साथ कला क्षेत्रमा आफ्नो पहिचान स्थापित गर्ने योजना अनुसार अघि बढेकी छिन ।