गणतन्त्र दिवशको अवशरमा ४ कैदी बन्दी सहित २ सय ३३ जनाको कैद माफ

कारागार प्रशासनबाट ८ जनाको नाम सिफारिस

बाँके । नेपालको १३ औ गणतन्त्र दिवसको अवशरमा बिहीवार नेपालगन्ज कारागारमा रहेका ४ कैदी बन्दीहरु रिहा भएका छन भने देश भरी २ सय ३३ जनाकैदीहरुको सजाय मिन्हा गरिएको छ ।

कारागारमा ज्यान मार्ने उद्योगमा कैद भुक्तान गरिरहेका नेपालगञ्ज १ का विक्रम गुरुङ, कर्तब्य ज्यानका कैदी बैतडीका कालु सिंह नायक, गौवधमा दुई दुई सजाय पाएका बाँके खजुरा ५ का कुनउ भन्ने वकिल बेहना र खजुरा ६ का चोरे भन्ने छोटकन बेहनाको कैद सजाय मिनहा गरिएको जेलर देवेन्द्र प्रसाद श्रेष्ठले जानकारी जनाए ।

यसैबीच ५० प्रतिशत कैद भुक्तान गरि सकेका बन्दीलाई सरकारले गणतन्त्र दिवसका अवसरमा आममाफी दिएको हो ।

ेनेपालगन्ज करागार प्रशासनले सवै प्रक्रिया पुरा गरेका आठ जनाका नाम सिफारिस गरेको थियो जसमा चार जनाको नाम अनुमोदन हुन सकेन ।

नेपालगन्ज कारागारमा आठ सय चार जना कैदी बन्दी रहेकोमा चार जनाले आम माफी पाए पश्चात अव कारागारमा २ जना नावलक सहित ८ सय जना कैदीबन्दीहरु रहेका फोन बार्ताको क्रममा कारागार प्रशासनले बताए ।

संविधानसभाको पहिलो बैठकले विसं २०६५ जेठ १५ गते नेपाललाई सङ्घीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको सम्झनामा प्रत्येक वर्ष जेठ १५ गते विविध कार्यक्रम गरी गणतन्त्र दिवस मनाउने गरिन्छ ।

जेष्ठ १५ गते झन्डै २ सय ४० वर्षको इतिहास बोकेको शाह वंशीय राजतन्त्रलाई हटाएर नेपालमा गणतन्त्र स्थापना भएको दिन हो ।

गृहमन्त्रालयले तीन दिन दिपावली गरी गणतन्त्र दिवस मनाउन आम नागरिकमा अनुरोध समेत गरेको छ ।

यसैगरी राष्ट्रपति विद्यादेवी भण्डारीले १३ औँ गणतन्त्र दिवसको अवसरमा स्वदेश तथा विदेशमा रहनु भएका सम्पूर्ण नेपाली दिदी–बहिनी तथा दाजुभाइहरुलाई हार्दिक बधाइ दिँदै सुख, शान्ति र समृद्धिको कामना गरेकी हुन ।

राष्ट्रपति भण्डारीले शुभकामना सन्देशमार्फत् देशमा लोकतान्त्रिक गणतन्त्र प्राप्तिकालागि भएका सङ्घर्षमा आफ्नो जीवन आहुति गर्ने सम्पूर्ण ज्ञात अज्ञात शहीद प्रति हार्दिक श्रद्धाञ्जलि समेत अर्पण गर्नुभयो ।