बाँकेमा १६ जना सहित देशभरमा १ सय १४ जना थपिए नया करोना संक्रमित व्यक्ति

बर्दिया क्वारेन्टाइनमा रहेका गोडियाको मृत्यू

बाँके । बिश्वभर नै महामारीको रुपमा फैलिदै गएको (कोभिड–१९) कोरोना भाइसर बुधवार बाँकेका बिभिन्न स्थामा १६ जना सहित देश भरमा १ सय १४ जना नयाँ संक्रमित व्यक्ति थपिएका छन् ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले बुधवार दिएको जानकारी अनुसार बाँकेको डुडुवा गाउँपालिकामा २ जना, राप्ती–सोनारीमा ७, बैजनाथ गाउँपालिकामा ६ र खजुरामा १ जना गरी १६ जना कोरानाका नयाँ संक्रमित भेटिएका हुन् ।

बुधवार बाँकेमा भेटिएको कोरोना संक्रमित व्यक्ति सहित नेपालमा संक्रमितहरुको संख्या ८ सय ८६ पुगेको हो जसमा ७ सय ९६ पुरुष र ९० जना महिला रहेको मन्त्रलायका प्रवक्ता डा.विकास देवकोटाले जानकारी दिए ।

यर्सैगरी बर्दिया स्थित क्वारेन्टाइनमा रहेका एक वृद्धको बुधवार मृत्यु भएको जनाए ।

गुलरिया नगरपालिका वडा नं. ४ स्थित बबई क्याम्पसको क्वारेन्टाइनमा बसेका वडा नं ९ गोडियनपुर का ५५ वर्षीय जोधि गोडियाको बिहान मृत्यु भएको प्रमुख जिल्ला अधिकारी प्रेम लाल लामिछानेले जनाए ।

मृतक गोडिया ज्याला मजदूरीकालागि अछाम गएका उनलाई तीन दिन पैदल हिँडेर मंगलवार घर फर्कने क्रममा क्वारेन्टिनमा राखिएको थियो ।

गोडियासंगै घर फर्किएका अन्य १६ जनालाई समेत क्वारेन्टिनमा राखिएको बताए ।

क्वारेन्टाइनमा राखिएका सवैको स्वाब परीक्षण रिपोर्टपछि मात्रै कोरोना भए नभएको थाहा हुने जनस्वास्थ्य कार्यालयका प्रमुख गोकर्ण गिरीले समाचारदातासंगको फोनवार्ताको क्रममा जनाए ।