कोरोना संक्रमितको संख्या ४ सय २७ पुग्योः बाँकेमा भेटिए थप ६ संक्रमित व्यक्ति

२५ शैय्याको अस्पतालमा ६० जना संक्रमित व्यक्ति ः पिडित

बाँके । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसको सक्रमण नेपालका अन्य जिल्लाका साथसाथै बाँकेमा समेत बढ्दै गएको छ ।

बाँकेमा बुधवार थप ६ जनामा संक्रमण देखिए पछि यहाँको अवस्था थप संकटपूर्णमय बनेको छ ।

बाँकेका नरैनापुर गाउँपालिका वडा नं. ५ मा ३ वर्षीय बालकसहित ५ जना १७ देखि ४० वर्षसम्मका र खजुरा वडा नं. ५ का २७ वर्षका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

आज बाँकेका ६ जनासहित देशभरका २५ जना व्यक्तिहरुमा कोरोना संक्रमण देखिएको हो ।

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ४ सय २७ पुगेको छ भने ४५ जना संक्रमति व्यक्तिहरु उपचारपछि निको भएका छन् ।

बाँकेमा स्वाव परिक्षणको कार्य धमाधम भई रहेको छ । नेपालगन्ज स्थित भेरी अस्पतालमा परिक्षणको चाप बढदै गएको अस्पताल श्रोतबाट जानकारी हुन अएको हो ।

यसैगरी नरैनापुरका ५९ जना कोरोना संक्रमित व्यक्तिहरुलाई ३६ घण्टापछि मंगलवार राति नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा बनाइएको आइसोलेसन अस्पतालमा ल्याइएको थियो ।

नरैनापुरका संक्रमित उक्त व्यक्तिहरुलाई मंगलवार अवेर राती नै नेपाली सेनाको बखतर बन्द भ्यान र एक गैर सरकारी संस्थाको एम्बुलेन्सको सहयोगले नेपालगञ्जको लायन्स डेन्टल अस्पतालमा निर्माण गरिएको कोरोना बिषेश अस्पतालमा ल्याइएको हो ।

५९ जना संक्रमित र एक जना सात महिने शिशुसहित ६० जनालाई २५ वटा बेडमा राखिएको यहाँका संक्रमितले बताए ।

५९ जनामध्ये एक महिलाको सात महिने छोरा पनि आमासँगै आएका बताए घरमा हेरचाह गर्ने मानिस नभएको भन्दै संक्रमण नै न भएको शिशुलाई संक्रमित आमासँगै बस्दै आएको जनाए ।