पूर्वी नेपालमा हुरी बताससहित वर्षाको अनुमान

दुई–तीन दिनसम्म प्रभाव रहने

काठमाडौं । बंगालको खाडीमा विकसित शक्तिशाली चक्रवातले भोलीबाट नेपालको पूर्वी भूभाग प्रभावित हुने भएको छ ।

‘अम्पुन’ नाम दिइएको यो चक्रवातको प्रभावले पूर्वी नेपालमा हुरी बताससहित वर्षा हुने मौसमविदको भनाइ छ ।

मौसमविद प्रतिभा मानन्धरले यसको असर पूर्वी नेपालमा मात्रै हुने बताए ।

चक्रवातका कारण भोलीबाट विस्तारै पानी पर्न सुरु हुने र यसको प्रभाव दुई–तीन दिनसम्म नेपालमा देखिने मौसम विज्ञान विभागको अनुमान छ ।