अतिक्रमित भूमि माग्दा प्रेस सेन्टरका अध्यक्ष जैसीसहित राष्ट्रवादी ८ नेताहरु गिरफ्तारः माओवादी केन्द्रद्धारा चेतावनी

राष्ट्रियता र जनजीवीकाबारे कलम चलाउन प्रेस सेन्टरको आह्वान

बर्दिया । भारतले नेपालको दार्चुलासँग जोडिएको लिपुलेकमाथी नाङ्गो हस्तक्षेप गरी मानसरोवर जोड्ने सडक सञ्चालन गरेको विषयमा विरोध जनाउँने एक कार्यक्रममा सहभागी भएको अवस्थामा नेकपा (माओवादी केन्द्र) निकटको पत्रकार संगठन ‘प्रेस सेन्टर नेपाल’ का केन्द्रीय अध्यक्ष सहित विभिन्न दलका ८ जना राष्ट्रवादी नेताहरु गिरफ्तार परेको भन्दै विभिन्न संघ, संगठनहरुले विरोध जनाएका छन ।

प्रेस सेन्टर नेपालका अध्यक्ष जैसी सहित विभिन्न ६ दलका राष्ट्रवादी नेताहरु हिजो बर्दियाको गुलरियास्थित राधाकृष्ण चोकमा नेपाली भूमि फिर्ताको माग राख्दै गरिएको सडक कार्यक्रमबिच गिरफ्तार परेका थिए ।

गिरफ्तार पर्नेमा पत्रकार तथा माओवादी केन्द्रका पीविएम लोकराज जैसी, पार्टी सदस्य चुनुराम थारु, नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य भुपेन्द्र न्यौपाने, नेताहरु दिलबहादुर कठायत, विपिन रोकाया, राष्ट्रिय जनमोर्चाका युवराज ढकाल, देशभक्त जनगणतान्कि मोर्चा नेपालका हविव खाँ, लगायत नेकपा(मसाल), नेकपा (माले) का गरी ८ जना सबै नेताहरु भने हिजो साँझ नै पक्राउ मुक्त भएको बुझिएको छ ।

आफ्नो संगठनका अध्यक्ष जैसीको गिरफ्तारी प्रेस तथा नागरिक अभिव्यक्ति स्वतन्त्रता माथीको आक्रमण भएको ठहर गर्दै हिजो प्रेस सेन्टर नेपालका केन्द्रीय सचिव भिमबहादुर बिकले एक विज्ञीती जारी गर्दै देशभक्तिपूर्ण कार्यक्रममा सहभागि पत्रकार तथा सामाजिक अगुवाहरुलाई स–सम्मान रिहा गर्न माग गरेका छन् ।

प्रेस सेन्टरका सचिव बिकले भारतीय विस्तारवादले मुलुकको राष्ट्रियतामाथी खुलेयाम आक्रमण गर्दा त्यसको विरोधमा बोल्ने, लेख्ने र स्वतन्त्रताको लागि दवावमूलक आवाजहरु निकाल्नु देशभक्त गरिकको कर्तव्य र जिम्मेवारी भएको भन्दै सबै संगठनका अध्यक्ष जैसीको गिरफ्तारी ग्रैह न्यायीक भएको तर्क गरेका छन् ।

उनले ‘हरेक मानिस पहिले देशको नागरिक हुन्छ, र त्यसपछि मात्र हरेक पेशा र काममा संगठित हुन्छ’ भन्दै अहिले मुलुकको राष्ट्रियतामाथी देखिएको गम्भीर संकटको विषयमा हामी सबै पेशाकर्मि, अधिकारवादी, देशभक्त नागरिकहरुले आवाज उठाउनु स्वभाविक र नागरिक कर्तव्य हुने बताएका छन ।

उनले संगठनका अध्यक्ष जैसी सहित गिरफ्तार गरिएका सबै देशभक्त नागरिकको रिहा नगरेमा आम नागरिकहरु सडकमा उत्रिने अवस्था आउन सक्ने तर्फ सरकारलाई सचेत गराउँदै देशभर संगठनका नेता, कार्यकर्ताहरुलाई देशभक्तिपूर्ण आन्दोलनको समर्थनमा जुट्न र पेशागत कर्ममार्फत सहयोग पुर्याउन निर्देशन समेत गरेका छन । विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति
संगठनका अध्यक्षको गिरफ्तारः तुरिहाईको माग !

हाम्रो संगठन प्रेस सेन्टर नेपाल आफ्नो स्थापनाकालदेखि प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र सामाजिक रुपान्तरणको पक्षमा प्रतिवदतापूर्वक आफ्ना कार्यक्रमहरु व्यवस्थीत गर्दै आएको विषय सर्वविदितै । पछिल्लो समय लिपुलेकसहितको नेपालको भुमिमा विस्तारबादी भारतले जसरी आफ्नो हस्क्षेपकारी योजना अनुसार सड्क सञ्चालन गर्यो, त्यो देशको सार्वभौमिकता, स्वतन्त्रता माथिको गम्भीर आक्रमण हो । हाम्रो संगठन पेशागत अधिकारमा साथै राष्ट्र , राष्ट्रियता र जनतन्त्र माथिको गम्भीर संकट समाधानका लागि नागरिकको न्यायोचित आवाजलाई समर्थन गर्दछ ।

विश्वव्यापी महामरीको रुपमा फैलीएको कोरोना भाईरस न्यूनिकरण र व्यवस्थापनमा सारा विश्व जुटेकोबेला भारतले नेपाली भुमिमा आक्रमण गर्दा, त्यसको विरोध गर्दै भूमि फिर्ताको आवाज उठ्न स्वभाविक एंव नागरीक कर्तव्य समेत हो । बर्दियामा नेकपा (माओबादी केन्द्र) सहितका राजनैतिक दल, सामाजिक संघ संस्थाहरुको सयूक्त विरोध कार्यक्रम भैरहेको अवस्थामा आफ्नो जिम्मेवारीमा खटिएका हाम्रो संगठनका केन्द्रीय अध्यक्ष लोकराज जैसी लगाएतका पत्रकारहरुलाई राज्यशक्तिको दुरुपयोग गर्दै जिल्ला प्रहरी बर्दियाले गिरफ्तार गरेको विषयमा हाम्रो संगठनको गम्भीर ध्यानाकर्षण भएको छ ।

संगठनका अध्यक्ष जैसी, हरपल नेपाल भिडियाका सम्पादक, सामाजिक रुपान्त्रण अभियन्ता समेत हुनुहुन्छ । उहाँको गिरफ्तारी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथीको आक्रमण समेत भएको हाम्रो ठहर छ । सामाजिक दलाल व्यवस्था विरुद्ध लेख्ने , बोल्ने र कार्यक्रम गर्ने सवैलाई अपराधी देख्ने ओली सरकार र प्रशासनले गिरफ्तार गरेका सम्पूर्ण पत्रकार तथा “प्रेस तथा अभिव्यक्ति ” स्वतन्त्रता पक्षधरहरुलाई स–सम्मान छाडोस् अन्यथा त्यस्को परिणमको जिम्मेवार सरकार स्वयम रहने छ । यस विषयमा हामी सुझाव सहितको चेतावनी दिन चाहन्छौ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्राको–ग्यान्टी गर !
गिरफ्तार पत्रकार संगठनको अध्यन सामाजिक अगुवाको तुरुन्त–रिहाई गर !
दलाल एंव भ्रष्ट सामाजिक संरचना बिरुद्ध–आवाज उठाऔँ !
प्रेस सेन्टर नेपाल–जिन्दावाद !
सम्पूर्ण जनजीवी पत्रकार –एक हौँ !
मितिः२०७७/०२/०१

भिम बहादुर बि.क
सचिव
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति

त्यसैगरी पत्रकार संगठनका अध्यक्ष तथा माओवादी केन्द्रका पोलिटव्यूरो सदस्य समेत रहेका सामाजिक अभियन्ता लोकराज जैसीसहित विभिन्न राजनीतिक दलका नेता, कार्यकर्ताहरुको गिरफ्तारी विरुद्ध हिजोे नेकपा (माओवादी केन्द्र) का महासचिव कर्णजीत बुढाथोकीले समेत विज्ञप्ती जारी गर्दै देशको जमिन फिर्ता माग्दा देशभक्त नागरिकहरुलाई पक्राउ गर्नु लज्जास्पद भएको भन्दै विरोध जनाएका छन् ।

उनको विज्ञप्तीमा हिजो बर्दियामा नेकपा (माओवादी केन्द्र) सहितका विभिन्न ६ दलको सहभागितामा दश दलिय संयुक्त मोर्चाको विरोध कार्यक्रम रहेको र कार्यक्रम स्थलबाट आफ्नो पार्टीका पत्रकार तथा पिविएम लोकराज जैसी, पार्टी सदस्य चुनुराम थारु, नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य भुपेन्द्र न्यौपाने, नेताहरु दिलबहादुर कठायत, विपिन रोकाया, राष्ट्रिय जनमोर्चाका युवराज ढकाल, देशभक्त जनगणतान्कि मोर्चा नेपालका हविव खाँ, लगायत नेकपा(मसाल), नेकपा (माले) का गरी ८ जना नेताहरु गिरफ्तार परेको जनाइएको छ ।

महासचिव बुढाथोकीले नेपालको भूमि दिनदहाडै मिचिदा पनि भारतसामू लम्पसार पर्ने र नेपालको राष्ट्रियता बचाउन आवाज उठाउनेहरुलाई धरपकड तथा गिरफ्तार गर्ने सरकारको जनविरोधी शैली यथाशिघ्र बन्द गर्न चेतावनी समेत दिएका छन् । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
केन्द्रीय समिति, काठमाडौं ।

प्रेस विज्ञप्ती

नेपाली भूमि लिम्मियाधुरा, कालापानी, लिपुलेक लगायत सीमामा भारतले अतिक्रमण गरेको विषयलाई लिएर विरोध गर्ने क्रममा केपी ओली सरकारले आज नेकपा (माओवादी केन्द्र) का पिबिएम तथा प्रेस सेन्टर नेपालका अध्यक्ष लोकराज जैसी र पार्टी सदस्य चुनुराम थारु, नेकपा (क्रान्तिकारी माओवादी) का पोलिटव्यूरो सदस्य भुपेन्द्र न्यौपाने, नेताहरु दिलबहादुर कठायत, विपिन रोकाया, राष्ट्रिय जनमोर्चाका युवराज ढकाल, देशभक्त जनगणतान्कि मोर्चा नेपालका हविव खाँ, लगायत नेकपा (मसाल), नेकपा (माले) का गरी ८ जना नेता कार्यकर्तालाई बर्दिया सदरमुकामस्थित राधाकृष्ण चोकमा गिरफ्तार गरेकोप्रति घोर निन्दा तथा भत्सार्ना गर्दछौं । साथै, गिरफ्तार सबैको रिहाई माग गर्दछौं ।

नेपालको भूमि दिनदहाडै मिचिदा पनि भारतसामू लम्पसार पर्ने र नेपालको राष्ट्रियता बचाउन आवाज उठाउनेहरुलाई धरपकड तथा गिरफ्तार गर्ने जनविरोधी शैली यथाशिघ्र बन्द गर्न चेतावनी दिन चाहन्छौं ।

कर्णजीत बुढा ‘शुशील’
महासचिव
नेकपा (माओवादी केन्द्र)

त्यस्तै माओवादी केन्द्रको पाँच नम्बर प्रदेशको तर्फबाट गिरफ्तारीको विरोध तथा रिहाईको चेतावनी दिदै प्रदेश इन्चार्ज समेत रहेका केन्द्रीय सचिव विनोद उपाध्यायले समेत हिजै अर्को विज्ञप्ती सार्वजनिक गरे । उनले देशभक्त नागरिकहरुको तुरुन्त रिहाई गर्न माग गरेका थिए ।

उनले सरकारले नागरिकको मौलिक हकमाथि दमनको डण्डा चलाएर शान्तिपूर्ण प्रदशन गर्न अवरोध गरेको भन्दै समयानूसार त्यसको मुल्य चुकाउनुपर्ने चेतावनी समेत दिएका छन् । बाँकी उनले जारी गरेको विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) पाँच नम्बर प्रदेश
प्रदेश कार्यालय, बुटवल ।

प्रेस विज्ञप्ती

हाम्रो देशमा पनि कोरोना महामारीको प्रभाव बढ्दै गएको छ, ठिक यहि मौका छोपी भारतीय बिस्तारबादले हाम्रो नेपाल आमामाथि आक्रमण गरि मानसरोवर जाने बाटोको उद्घाटन समेत गरि हाम्रो बिगत देखिको घाउमा नुन दलेको सन्दर्भमा राष्ट्रको देशभक्ति भावना लिएका नेपाली नागरिकलाई दुखि रहेको छ। सर्वत्र यसको बिरोध हुन स्वभाविक छ। यसै सन्दर्भमा काठमाण्डौ, कैलाली लगाएतका ठाउँमा बिरोध प्रदर्शन भइरहेको सबै देशभक्त गणतन्त्रबादी हरुलाई अवगत नै छ।

आज प्रदेश नम्बर ५अन्तर्गत बर्दियाको गुलरिया बजारमा नेकपा (माओबादी केन्द्र), नेकपा (क्रान्तिकारी माओबादी) लगायत १० दलिय मोर्चा निर्माण भै भारतले कब्जा गरेको लिम्पियाधुरा लिपुलेक, कालापानीको बिरुद्ध बिरोध प्रदर्शनमा भाग लिएकै कारण हाम्रो पार्टीका पीबीएम कमरेड लोकराज जैसी, क्रान्तिकारी माओबादीका पीबीएम कमरेड भुपेन्द्र न्योपाने, माके पार्टी सदस्य चुनुराम थारु लगायतका कमरेडहरुलाइ गिरफ्तारगरि कस्टडिमा लिएको छ। हाम्रो पार्टी दश दलिय मोर्चाको तर्फबाट सरकारको यस्तो घिनौना कुकृत्य प्रति घोर भर्त्सना गर्दै गिरफ्तार कमरेडहरुलाइ अभिलम्ब रिहाइको माग गर्दछ।

कम से कम स्थानीय सुरक्षा निकायले यो सम्वेदनशील समयमा राष्ट प्रति माया गरुन भनि आग्रह समेत गरिन्छ र सरकारले मौलिक हक समेतमाथि दमनको डण्डा चलाएर शान्ति पुर्ण प्रदशन गर्न अवरोध गरेको हुंदा समयानूसार यसयसको मुल्य चुकाउनै पर्नेछ।

बिनोद उपाध्याय
केन्द्रिय सचिव तथा ५ नम्बर प्रदेश इंचार्ज
जेष्ठ १ गते २०७७