लिपुलेकमा भारतीय अतिक्रमण तथा ओली सरकारको जनघात(राष्ट्रघात विरूद्ध माओवादी केन्द्र सडमा उत्रियो (भिडियोसहित)

मोदी र ओलीको पुत्ला दहन

कैलाली । भारतले नेपालीभूमि लिपुलेक अतिक्रमण गरी मानसरोवर जोड्ने सडक निर्माण गरेको विरोधमा सुदूरपश्चिममा नेकपा (माओवादी केन्द्र) लकडाउन तोड्दै सडकमा उत्रीएको छ ।

नेकपा (माओवादी केन्द्र) द्धारा गठित कोरोना प्रकोप प्रतिरोध व्यवस्थापन कार्यदम सुदूरपश्चिम प्रदेशको आयोजनामा हिजो कैलालीको लम्कीमा त्यस्तो सडक आन्दोलन भएको हो ।

विश्वभर कोरोना संकट रोकथाम तथा व्यवस्थापनको चिन्ता बढ्दै गर्दा भारतले नेपाली भूमि अतिक्रमण गर्नु र त्यसमा सरकारको मैनता देखिएका कारण देश बचाउन आफुहरू लकडाउन तोडेर सडकमा उत्रीन बाध्य हुनुपरेको माओवादी केन्द्रले बताएको छ ।

माओवादी केन्द्र सुदूरपश्चिम प्रदेशका संयोजक एवं कोरोना प्रकोप प्रतिरोध कार्यदलका प्रदेश संयोजक लोकेशद्धारा संञ्चालित विरोध र्याली र सभामा दर्जन बढी नेतारकार्यकर्ता र स्थानीय नागरिकहरूको सहभागिता रहेको थियो ।

भारतले मनोमानीपूर्वक नेपालको दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्मको करिव २२ किलोमिटर सडक निर्माण गरेको र त्यसलाई रोक्नका लागि सरकारलाई दवाव दिन आफुहरू आन्दोलित हुनुपरेको भन्दै माओवादी केन्द्रद्धारा गठित उक्त कार्यदलका संयोजक लोकेशले कार्यक्रमको शुरूमै स्पष्ट पारेका थिए ।

पुर्व-पश्चिम महेन्द्र राजमार्ग अन्तर्गत लम्की बजारको मुख्य चोकमा माओवादी केन्द्रले विरतीय विस्तारवादी नीति र सरकारको लाचारीपन विरूद्ध नारा जुलुश समेत गरेको थियो ।

नारा जुलुशसँगै माओवादी केन्द्रका नेता कार्यकर्ताहरूले नेपाली भूमिमा हमेशा अतिक्रमण गर्ने भारतीय सरकारका प्रधानमन्त्री नरेन्द्र मोदी र आफ्नो देशमाथी खुलेयाम भारतीय हमला प्रति लाचार तथा आत्मसमर्पणवादमा प्रधानमन्त्री केपीशर्मा ओली रूमलिएको भन्दै दुबैको पुत्ला समेत दहन गरेका थिए ।

उक्त कार्यक्रममा नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेशका सचिव ज्ञानु बम, केन्द्रीय सदस्यहरु रतन कुमार बिक राजन, शोभा आचार्य, प्रदेश सदस्य टिकाराम जोशी, हिरा देवकोटा, सरीता जैसी, अनेम संघ (क्रान्तिकारी) का कैलाली अध्यक्ष गोमा भूल, कोषाध्यक्ष जमुना बडुवाल, युवा नेता सम्झना बिक, प्रेस सेन्टर नेपालका पत्रकारहरु लगाएत को समेत सहभागिता रहेको थियो ।

पुत्ला दहन लगत्तै आयोजित विरोधको कार्यक्रमलाई नेकपा (माओवादी केन्द्र) का उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज रंगनाथ ढकालले सम्बोधन गरेका थिए ।

संम्बोधनको क्रममा नेता ढकालले भारतिय विस्तारवादी रवैया को ओली सरकारले मौन समर्थन गरेको भन्दै देशद्रोही, राष्ट्रघाती, जनघाती सरकार र सत्ताको आफ्नो पार्टीले जोडदार विरोध गर्ने बताए ।

नेता ढकालले भारतीय विस्तारवादले कालापानी, लिपुलेक र लिम्पियाधुरा सहित नेपालका धेरै स्थानमा नेपाली भूमिमाथी नाङ्गो हस्तक्षेप गरिरहेको भएपनि सरकारले देशको भूमि जोगाउन तर्फ खासै ध्यान नदिइ लाचारीपन देखाएको आरोप लगाए ।

उनले लिपुलेक सहित सम्पूर्ण अतिक्रमित नेपाली भूमि फिर्ताको माग आफ्नो पार्टीले उठाउदै आएकोमा सरकारले त्यसलाई ब्यवस्ता गर्दै विस्तारवादी भारतको दलाली गर्न खोजेको बताए ।

उनले पछिल्लो पटक भारतले नेपाली भूमि लिपुलेकमा सञ्चालन गरेको सडक तुरून्त रोक्दै सार्वभौमिकता, राष्ट्रिय स्वतन्त्रता एवं भौगोलिक अखण्डतामाथीको भारतीय आक्रमणका विरूद्ध दर्होसँग उभिन सरकारलाई सुझाव समेत दिए ।

उनले नेपाली क्षेत्रमा राखिएको भारतीय सेना तत्काल हटाई सीमा क्षेत्रको सुरक्षामा व्यापक रूपमा नेपालको सुरक्षा शक्ति परिचालन गर्न सरकारलाई आग्रह गरे ।

उनले सरकारलाई भारतीय हस्तक्षेप नरोकेमा आम देशभक्त जनता देश रक्षार्थ सडकमा आन्दोलीत हुन बाध्य हुने र त्यसबाट उत्पन्न गम्भीर परिणामको जिम्मेवार स्वयम् ओली सरकार हुनुपर्ने भन्दै कडा चेतावनी समेत दिए ।

कोरोना प्रकोप र लकडाउनको सन्दर्भमा बोल्दै उनले भने–‘लकडाउनले सुकुम्बासी तथा श्रमजीवी जनसमूदाय र आम नागरिकमा पारेको समस्यामा सरकारले सहजता गर्नुपर्नेमा राहत लगायतका कार्यक्रममा विभेदपूर्ण व्यवहार र राजनीतिक प्रभाव देखाएको छ । हामी त्यसको विरोध गर्दै विषेशत काम गरेर गुजारा चलाउने नागरिकलाई जिवन धान्ने स्तरबाट राहत वा भत्ता वितरण गर्न सरकारलाई सुझाव पेश गर्दछौ ।’

उनले लकडाउनको अवस्थामा महंगी, भ्रष्टाचारी, दलाली र सामाजिक अपराधलाई संरक्षण गर्ने, गुपचुपमा राख्ने जस्ता कामहरू समेत जिम्मेवार निकायबाट हुनसक्ने प्रति सरकारलाई सचेत बन्न र त्यस्ता गतिविधिको विरोधमा उत्रिन आम नाकरिकलाई आग्रह समेत गरेका थिए ।

लिपुलेक माथीको अतिक्रमण तत्काल रोक्न कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन सुझाव सहित माओवादी केन्द्र केन्द्रीय समितिबाट महासचिव कर्णजीत बुढाथोकीका साथै सुदूरपश्चिम समितिले यसअघि नै विज्ञप्ती सार्वजनिक गरिसकेको छ ।