प्रेस सेन्टरद्धारा टिष्टा काँगडासहित अतिक्रममीत नेपाली भूमि फिर्ताको पहल गर्न सरकारलाई सुझाव (विज्ञप्तीसहित)

राष्ट्रियता रक्षार्थ कलम चलाउन आग्रह

काठमाडौं । नेपालको दार्चुलास्थित व्यास गाउँपालिका–१ अन्तर्गत गुञ्जीदेखि लिपुलेकको भूमिमा भारतीय सरकारले एकतर्फि रुपमा मानसरोवर जोड्ने सडक बनाएको विषयमा प्रेस सेन्टर नेपालले आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाउँदै आज एक प्रेस विज्ञप्ती सार्वजनिक गरेको छ ।

भारतले नेपालको लिपुलेकमा गरेको आक्रमणले मुलुकको सार्वभौमिकतामा गम्भीर खतरा संकेत गरेको भन्दै प्रेस सेन्टर नेपालले टिष्टा काँगडा सहितको नेपाली भूमि फिर्ता गराउँन तत्काल पहल गर्न सरकारलाई सुझाव दिदै विज्ञप्ती जारी गरेको हो ।

प्रेस सेन्टर नेपालका सचिव भिमबहादुर बिकको हस्ताक्ष गरिएको उक्त विज्ञप्तीमा मुलुकको भूभाग खुलेयाम खोसिएकोबारे सरकार नै बेखबर भएको घटनाले मुलुकको सार्वभामिकतामाथी गम्भीर खतरा संकेत गरिरहेको उल्लेख गरिएको छ ।

साथै लिपुलेकमाथी भारतले एकतर्फि रुपमा सडक निमार्ण गरेको विषयमा हिजो नेपाल पत्रकार महासंघका महासचिव रमेश बिष्टले समेत एक प्रेस विज्ञप्ती जारी गर्दै उक्त घटनामा महासंघको ध्यानाकर्षण भएको जनाएका छन ।

महासचिव विष्टले भनेका छन–‘भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ ।’

महासंघको विज्ञप्तीमा अगाडी भनिएको छ–‘महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ।’ बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

नेपाल पत्रकार महासंघ
काठमाडौं ।

भारतद्वारा नेपाली भूमि अतिक्रमण गरी सडक निमार्ण गरेको घटनाप्रति ध्यानाकर्षणबारे ।

मितिः २०७७।०१।२८

भारतद्वारा नेपालीभूमि अतिक्रमण गरी दार्चुलास्थित व्यास गाउँपालिका–१ को गुञ्जीदेखि लिपुलेकसम्म करिव२२ किलोमिटर सडक निर्माण गरेको घटनाप्रति नेपाल पत्रकार महासंघको गम्भीर ध्यानाकर्षण भएको छ ।

दुई देशबीच सहमतिर सन्धि भई सीमाको सिमाङ्कन भइसकेको अवस्थामा भारतद्वारा त्यसलाई नजरअन्दाज गरी एकपक्षीयढंगबाट सडक निर्माण गरिनु आफैंमा दुःखद् र खेदजनक कार्य हो । भारतको यो कदमले नेपालको सार्वभौमसत्तामा आघात पुग्नुका साथै दुई देशबीचको प्रगाढ सम्बन्धमा समेत खलल् पुग्ने खतरा बढेको महासंघको ठहर छ । महासंघ भारतद्वारा गरिएको यो अतिक्रमण तत्काल रोक्न र कूटनीतिक पहलद्वारा समस्या समाधान गरी दुई देशबीचको सम्बन्धलाई अझ प्रगाढ बनाउन नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गराउँदछ ।

रमेश बिष्ट
महासचिव
नेपाल पत्रकार महासंघ, केन्द्रीय कार्यालय

प्रेस सेन्टर नेपालको विज्ञप्तीमा भनिएको छ–‘भारतको यो रवैया मुलुकको स्वतन्त्रता, अखण्डता र स्वाधिनतामाथीको जघन्य आक्रमण हो । दुई देशबीच सीमा सिमाङ्कनबारे सहमति भईसकेको अवस्थामा समेत आफुखुशी ढंगले भारतले सडक निमार्ण गर्नु सरासर गलत र अपराधीक छ ।’

सरकारले उक्त घटनामा मौनता देखाएको भन्दै विज्ञप्तीमा भनिएको छ–‘भारतीय विस्तारवादी नीतिको विषयमा वर्तमान ओली सरकारले प्रष्ट रुपमा नबोल्नु, नेपाली भूमि खाली गराउन कुटनीतिक पहलकदमीमा मौनता देखाउँनु र देश र जनताप्रति जिम्मेवार नहुनु अझ खेदजनक र दुखत छ । हामी यो घटनाको कडा शब्दमा विरोध जनाउँदै राष्ट्रियता रक्षार्थ नागरिक सचेतनामूलक समाचार सामाग्री सम्प्रेषणमा आमसञ्चारकर्मि मित्रहरुमा विशेष अनुरोध समेत गर्दछौं ।’

देश बनाउछु भन्नेहरु बाटै मुलुकका धेरै महत्वपूर्ण क्षेत्रहरुको सौदावाजी गरिएको, दलाली गरिएको इतिहास साक्षी रहेको उल्लेख गर्दै टिष्टाँ काँगडा सहितको विशाल नेपालको खोजिमा समेत नेपाली सचेत युवाहरु सोच्न, बोल्न आवश्यकता विज्ञप्तीमा दर्शाइएको छ ।

सरकारलाई सुझाव सहित भनिएको छ–‘देशमाथी भैरहेको खुल्ला दलाली नरोकीएमा राष्ट्रियताको भावना बढाउँदै देशद्रोही, दलाल तथा विस्तारवादी भारतीय रवैयाको विरुद्ध जनताहरुको आन्दोलन प्रति एक्यवद्धता सहित आम पत्रकार, बुद्धिजीजि, देशभक्त नागरिहरु अघि बढ्ने निश्चित छ । सोच्नसचेत मुलुकमा अर्को आन्दोलनको अवस्था ननिम्त्याउन सरकारलाई सचेत बनाउँदै तत्काल देखिएको समस्याको समाधान खोज्न सरकार समक्ष जोडदार माग गर्दछौं ।’ बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति
काठमाडौं ।

प्रेस विज्ञप्ती

टिष्टा काँगडा सहित भारतद्धारा नेपाली भूमि अतिक्रमणबारे प्रेस सेन्टर नेपालको गम्भीर ध्यानाकर्षण

नेपालको दार्चुलास्थित व्यास गाउँपालिका–१ अन्तर्गत गुञ्जीदेखि लिपुलेकको भूमिमा भारतीय सरकारले बिना जानकारी मानसरोवर जोड्ने सडक बनाएको र त्यसबारे सरकार आफै बेखबर हुन अनौठो र मुलुकको सार्वभामिकतामाथी गम्भीर खतराको संकेत हो । देशको भूमि हडपेर भारतले करिब २२ किलोमिटर सडक निर्माण गरि सञ्चालन गर्दासम्म सरकारको मौनताले आम नागरिक थप आश्चार्य चकित तथा आक्रोशित छन् । यस विषयमा देश र जनताको पक्षमा आफ्नो स्थापनाकालदेखि नै खबदारी र नागरिक सचेतना बढाउदै आएको हाम्रो संगठन ‘प्रेस सेन्टर नेपाल’ को गम्भीर ध्यानाकर्षण भएको छ ।

हाम्रो कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत विभिन्न ७१ स्थानमा विस्तारवादी भारतले अतिक्रमण गर्दै आएकोमा अहिले जसरी उसले आफ्नो विस्तावादी नीतिलाई खुलेयाम प्रर्दशन गरिरहेको छ, यसमा नेपाल सरकारले स्पष्ट जवाफ दिन र राष्ट्रियतामाथीको आक्रमणलाई रोक्न कुटनीतिक पहल तथा आव श्यक परेमा अन्तराष्ट्रिय अदालतसम्म पुग्न आवश्यक देखिन्छ । भारतको यो रवैया मुलुकको स्वतन्त्रता, अखण्डता र स्वाधिनतामाथीको जघन्य आक्रमण हो । दुई देशबीच सीमा सिमाङ्कनबारे सहमति भईसकेको अवस्थामा समेत आफुखुशी ढंगले भारतले सडक निमार्ण गर्नु सरासर गलत र अपराधीक छ ।

भारतीय विस्तारवादी नीतिको विषयमा वर्तमान ओली सरकारले प्रष्ट रुपमा नबोल्नु, नेपाली भूमि खाली गराउन कुटनीतिक पहलकदमीमा मौनता देखाउँनु र देश र जनताप्रति जिम्मेवार नहुनु अझ खेदजनक र दुखत छ । हामी यो घटनाको कडा शब्दमा विरोध जनाउँदै राष्ट्रियताको रक्षार्थ नागरिक सचेतनामूलक समाचार सामाग्री सम्प्रेषणमा आमसञ्चारकर्मि मित्रहरुमा विशेष अनुरोध समेत गर्दछौं ।

देश बनाउछु भन्नेहरु बाटै मुलुकका धेरै महत्वपूर्ण क्षेत्रहरुको सौदावाजी गरिएको, दलाली गरिएको इतिहास साक्षी छ । टिष्टाँ काँगडा सहितको विशाल नेपालको खोजिमा समेत नेपाली सचेत युवाहरु सोच्न, बोल्न आवश्यक छ । देशमाथी भैरहेको खुल्ला दलाली नरोकीएमा राष्ट्रियताको भावना बढाउँदै देशद्रोही, दलाल तथा विस्तारवादी भारतीय रवैयाको विरुद्ध जनताहरुको आन्दोलन प्रति एक्यवद्धता सहित आम पत्रकार, बुद्धिजीजि, देशभक्त नागरिहरु अघि बढ्ने निश्चित छ । सोच्नसचेत मुलुकमा अर्को आन्दोलनको अवस्था ननिम्त्याउन सरकारलाई सचेत बनाउँदै तत्काल देखिएको समस्याको समाधान खोज्न सरकार समक्ष जोडदार माग गर्दछौं ।

सम्पूर्ण श्रमजीवी पत्रकारहरु–एक हौं !
राष्ट्रियता, जनतन्त्र र जनजीवीका समस्याबारे–खबदारी गरौं !
अतिक्रमीत नेपाली भूमि–फिर्ता गर !
प्रेस सेन्टर नेपाल–जिन्दावाद !

मितिः २०७७/०१/२९

भिम बहादुर बिक
सचिव
प्रेस सेन्टर नेपाल, केन्द्रीय समिति