जनयुद्वको रोल्पाः ‘यनान’ हुँदै ‘द गुड अर्थ’ उपन्यासको बाटोमा

क्रान्तिको यात्रामा संगालेका अनुभूतिहरु

संयुक्त क्रान्तिकारी जनपरिषदको राष्ट्रीय भेला, रोल्पामा हामी पुग्यौं। साउन ०५८ को कुरा हो यो र प्रथम वार्ताको समय। पूर्वका क. बाशु शाक्यको टोलीमा थियौं हामी। त्यहाँदेखि चुनवाङ बैठक ०६२ सम्म रोल्पा यात्राका ज्यादै मीठा अनि ज्यादै तीता अनुभवहरु संक्षिप्तमा प्रस्तुत छन।

१. जब होलेरी पुग्यौं, जिल्ला जनमिलिसियाले स्वागत गर्यो। हेर्दा मगर मूलकै हुनुपर्छ, जवान महिला कमरेड, जसले टुटु राईफल बोकेकी थिइन, उनले हात मिलाएर स्वागत गरिन। महिला कमरेडसंग हात मिलाएको पहिलो घटना थियो त्यो यो राजनीतिक जीवनमा। अनि हामी नुवागाउँ पुगेर बास बस्यौं।

२. भेलास्थल कुरेली गाउँसम्म पुग्दा हाम्रा ईन्द्रीयहरु ज्यादै प्रफुल्लित थिए। त्यो बेला रोल्पा टेक्न र देख्न पाउनु क्रान्तिकारी जीवनको एक रोमाञ्चक उपलब्धी हुन्थ्यो।

भेला सकियो। हामी ओरालो फर्क्यौं। माडीखोलाको पुलमा स्थानीय जिम्माका केही कमरेडहरु भेटिए। के के निर्णय भयो, जिज्ञाशाहरु स्वभाविक थिए। भन्न मिल्ने कुराहरु भन्न सुरु गरियो, टोलीले छोडेर हिँड्यो। अति बर्षातको समय, माडीखोलाको चर्को हुंकार, एक्लै दौडदा बिरानो लाग्ने नै भयो। टोली भेट्न कोर्चावाङ उकालो दौडदा हाम्रो क्याप टोपी मकैबारीमा कतै झरेछ, पत्तै भएन। मकैबारी सकिएर जब क। सिजलको घरमाथि पुगियो, टाउकोमा टोपी छैन। सल्लाघारीमा बल्ल टोली भेटियो, तर टोपी छैन। टोपी हराएकोमा खिन्न हुँदै उकालो बढियो।

निकै माथि पुग्दै गर्दा तलबाट एक युवा कराउँदै आए(ूयो क्याप कसको होरुू( हातमा क्याप हल्काउँदै ती युवा कस्सिएर उकालो बढ्दै थिए। देख्यौ, हाम्रो हो क्याप। धन्य हो रोल्पा,, साँच्चै नै यो माओको यनान झैं महान छ, जहाँ कसैको कुनै सामान हराउँदैन। मनभरि हामीलाई यस्तै लाग्यो र जनमिलिसियाका ती युवा कमरेडसंगै रोल्पालाई सलाम गरियो।

कोर्चावाङ डाँडामा पुग्दा अँध्यारो भैसकेको थियो। बास त्यहीँ भयो। एउटा मात्र होटल जस्तो घर, टोली संख्या निकै ठूलो। खानपिन र बसाई मिलाउन एरिया पार्टी र जनसेनालाई हम्य। त्यसमाथि पूर्वको अराजक टोली। हेर्दा खसआर्य मूलको एक जना कमरेड लगातार खटिरहेका थिए। जनसेनाको पोशाक लगाएका ती कमरेडको उज्यालो चेहरामा धैर्यशील खटाई योग्य जिम्मेदारी प्रदर्शन गरिरहेथ्यो। जनसेनाका ती कमरेडलाई पनि हृदयदेखि नै सलाम गरियो।

३. असार ०६१ को कुरा हो, थवाङ्कै फुन्टिवाङ बैठकतर्फ हामी जाँदै थियौं। सायद बन्दोबस्त मिलाउँन समय लाग्यो। बादल बुढासहित पूर्वी कमाण्डको टोली तीन दिन भावाङमा बसियो। एक जना पार्टी एसिएम कमरेड हाम्रो टोलीमा आएर भने जनसैन्य अभियान उद्घाटन गर्नुछ, कार्यक्रममा कोही एक जना नेता कमरेड आईदिनु पर्यो। का निम्न(पुजीवादी चिन्तनग्रस्त एक सिसिएमले बिचरा ती स्थानीय कमरेडलाई हप्किदप्की गरे। त्यो हर्कत रोकथाम गर्दै हामी स्थानीय कमरेडसंग कार्यक्रमतर्फ उकालो लाग्यौं। जनसेनाले निर्माण गरेको भब्य मैदान, जहाँ रोल्पा जिल्ला जनसरकार घोषणा गरिएको थियो, हामी पुग्यौं र अभियान उद्घाटनमा सहभागी बन्ने सुन्दर मौका उपयोग गरियो।

ती एसिएम कमरेड, जो हामीलाई निम्तो दिन आए, ०३६ देखि पार्टी सदस्य रहेछन। उकालोमा कुरा गर्दै जाँदा थाहा पाइयो। ती कमरेडको सर्वहारापन, वैचारिक स्तर र धैर्यशीलतामा पूर्वतिरको संगठनलाई तुलना गरेर सम्झँदा ऐठन परे जस्तो महशुस गरियो।

४. चुनवाङ बैठकका लागि क। हरिभक्त कँडेलसंग रोल्पा प्रवेश गर्यौं। दुम्ला छेउछाउ हुनुपर्छ, बास बसेको घरमा राती पानी चुहेर निदाउँन सकिएन। बिहानै घरधनीले चिया दिलाए। कुराकानीको क्रममा प्याच्चै सोधियो, हजुरको घर त चुहिने रहेछ । घरधनीले तुरुन्त जवाफ दिए । गाउँ जनसरकार प्रमुखको घर मात्र चुहिँदैन। छक्क परियो, त्यसवारे प्रतिकृया नगरी बिदा मागेर उकालो लाग्यौं। संगसंगै अर्को पनि प्रश्न, बास बसेको गाउँ पारीपट्टि रातभरि धामीले ढ्याङ्ग्रो ठटाएर चिन्ता बसेको आवाज सुनियो। लाग्यो, होइन, के रोल्पाले यनान बन्न छोड्दैछ ?

५. चुनवाङ पुग्नु अघि इरीवाङ, गाउँ जनसरकार प्रमुख जुरेली नानाको घरमा तीन दिन बस्यौं हामी। प्रशस्त शिस्नु पाइने रहेछ, खोज्दै ल्याउँदै खुब खाने गरियो। एक दिन कुराकानीको क्रममा जुरेली नानालाई जिज्ञाशा राखियो, कमरेड, गाउँ जनसरकार प्रमुखको अनुभव कस्तो हुँदोरहेछ, सुनाउँनुस् न। फ्याट्टै भनिन नानाले कमरेड, गाउँ जनसरकार प्रमुख बनेपछि त केही गर्नु नपर्ने रहेछ, घरको अनि खेतीपातीको सबै काम जनताले नै गर्दिने रहेछ।

जनयुद्व घोषणा अगावैको सहिद परिवार जुरेली नानाको मुखबाट त्यस्तो सुनिएपछि ठहर भयो, अस्ति तल बास बसेको घरमा किसानले भनेको सत्य रहेछ। अनि लाग्यो, कतै रोल्पाली क्रान्ति पर्ल एस।बक लिखित द गुड अर्थ कै दिशामा त हिँडिरहेको छैन ? द गुड अर्थको नेपाली अनुवाद कल्याणी धर्ति उपन्यास ०४६ मा पढेका थियौं हामीले। त्यस उपन्यासले सर्वहारा क्रान्तिको भण्डाफोर गरे बापत नोवेल पुरस्कार प्राप्त गरेथ्यो। उप्रान्त जिम्मेवार नेताहरुलाई स्थानीय जनसत्तामा प्रतिक्रान्तिको खतरावारे रिपोर्ट गर्यौं। दुर्भाग्य हो, रोल्पाको त्यो यनान बचाउँन सकिएन । परिणाम, आज बुर्जुवा कम्युनिस्ट सरकारको अत्याचार खप्नु परिरहेछ। फेरि पनि एक मार्क्सवादी जान्दछ, ब्रम्हाण्डको पृथ्बी जस्तै समाजको पृथ्बी पनि निरन्तर घुमीरहन्छ ।