भारतीय हस्तक्षेप र सरकारको आत्मसमर्पणवाद विरुद्ध माओवादी केन्द्रद्धारा देशभक्तिपूर्ण आन्दोलनको चेतावनी (विज्ञप्तीसहित)

नेपाली भूमि खाली गर्न माग

काठमाडौं । नेपालको उत्तरी सीमा अन्तर्गत लिपुलेक क्षेत्रबाट भारतले मनोमानीपूर्वक मानसरोवर जोड्ने बाटो बनाएको प्रति विरोध जनाउँदै नेकपा (माओवादी केन्द्र) ले भारतीय हस्तक्षेप नरोकिए सरकारको आत्मसमर्पणवाद विरुद्ध देशभर देशभक्तिपूर्ण आन्दोलन चर्काउने चेतावनी दिएको छ ।

हिजो (शुक्रबार) भारतका रक्षामन्त्री राजनाथ सिंहले दिल्लीबाट नेपाली भूमि लिपुलेकहुँदै मानसरोबर जोड्ने उक्त सडकको भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेको खबरसँगै भारतीय हस्तक्षेपको चौतर्फि विरोध आरोध आइरहेको बेला आज माओवादी केन्द्रले त्यस्तो चेतावनी दिएको हो ।

आफ्नो देशको भूमिमा भारतले खुलेयाम हस्तक्षेप गर्दै अर्को मुलुकसँग जोड्ने सडक विस्तार गर्न लाग्दा सम्म त्यसका विरोध नगर्ने ओली सरकारको कार्यशैलीप्रति सामाजिक सञ्जालमार्फत नागरिकहरुले कडा विरोध समेत गरिरहेका छन । सरकारको त्यस प्रकारको मौनता र आत्मसमर्पणवादको माओवादी केन्द्रले पनि कडा शब्दमा विरोध जनाएको छ ।

माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीले जारी गरेको विज्ञप्तीमा भनिएको छ–‘यहि वैशाख २६ गते नेपाली भूमि गुञ्जीहुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेको कार्यले नेपाली राजनीतिमा मात्र नभै विश्व राजनीतिमा समेत तरङ्ग श्रृजना गरेको छ । भारतले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाधीनतामा प्रभाव पार्दै ठाडो हस्तक्षेप गरिरहेको प्रति हामी घोर भत्सर्ना, निन्दा र विरोध गर्दछौं ।’

उनले जारी गरेको विज्ञप्तीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले हिटलरले जसरी युरोप कब्जा गर्ने अभियान सञ्चालन गरेका थिए त्यसैगरी दक्षिण एशियामा आफ्नो विस्तावादी नीति लाद्ने योजना अघि सारेको बताइएको छ । उनले हिटर जसरी आफ्नो योजनाबाट असफल भएका थिए त्यसरी नै मोदीको दक्षिण एशिया कब्जा गर्ने अभियान पनि सफल हुन नसक्ने तर्क समेत गरेका छन् ।

नेपाललमाथी भारतको बारम्बार हुने हस्तक्षेप प्रति ओली सरकारको लाचार र आत्मसमर्पणवादी चरित्र देखिनुले राष्ट्रिय जटिल संकट श्रृजना हुन पुगेको ठहर गर्दै माओवादी केन्द्रले देशरक्षार्थ देशभक्तिपूर्ण आन्दोलनको तयारीमा जुट्न आम देशभक्त नागरिक, संघ, संगठन र नेता, कार्यकर्ताहरुलाई अनुरोध समेत गरेको छ ।

विज्ञप्तीमा भनिएको छ–‘सरकारको लाचारीपन र भारतीय हस्तक्षेपकारी नीतिको विरोध तथा देशभक्तिर्पूण आन्दोलनका लागि तयार रहन आह्वान सहित नेपाली भूमिबाट भारतीय सेना हटाउन र हस्तक्षेप बन्द गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।’ उक्त विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
केन्द्रीय समिति

विषयः प्रेस विज्ञप्ती

यहि वैशाख २६ गते नेपाली भूमि गुञ्जीहुँदै लिपुलेक र मानसरोवर जोड्ने सडक भारतले उद्घाटन गरेको कार्यले नेपाली राजनीतिमा मात्र नभै विश्व राजनीतिमा समेत तरङ्ग श्रृजना गरेको छ । लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालको भूमि हो भनि सुगौली सन्धीमा उल्लेख गरिएको प्रमाणको अधारमा ‘महाकाली सम्मको भूभाग नेपालमा पर्ने’ बताइएको छ । विस २०१८ को स्थानीय जनगणना र २०१९ को केन्द्रीय चुनावमा त्यहाँका जनताहरुले नेपालमा मतदान गरेको, नेपालमै तिरो तिरेको साथै चरनक्षेत्र परापूर्वकालदेखि नै हुँदै आएको जस्ता अन्य प्रमाणहरुले समेत यि क्षेत्रहरु नेपालकै हो भन्ने पुष्टि गर्दछ । तमाम प्रमाणहरु जिवित हुँदाहुँदै भारतले नेपालको सार्वभौमिकता, अखण्डता र राष्ट्रिय स्वाधीनतामा प्रभाव पार्दै ठाडो हस्तक्षेप गरिरहेको प्रति हामी घोर भत्सर्ना, निन्दा र विरोध गर्दछौं ।

कोरोना महामारीकै कारण विश्वभरमा मै हुँ भन्ने शक्तिशाली देशहरु सबैभन्दा असुरक्षित, असक्षम भै दैनिक आफ्ना नागरिकलाई गास, बास र रोजगार दिन नसकि देशभर हाहाकार मच्चिरहेको उदाहरण हाम्रा सामु छर्लङ्गै छ । यो समय कोरोना संक्रमण विरुद्धको विश्वव्यापी आन्दोलनमा अन्तराष्ट्रिय र क्षेत्रीय एकता गर्नुपर्ने बेलामा मोदीको हिटलरी शैली विश्वसामु नाङ्गीएको छ । भारतले दक्षिण एशियाभर विभिन्न हस्तक्षेप गर्दै आएका तमाम प्रमाणहरु छन् । जस्मा बङ्गलादेशसँग जोडिएको बङ्गालाको खाडीको न्यूमोरक्षेत्र, भूटानसँग जोडिएको जयगाउ र फुलचोलिङ क्षेत्र, श्रीलंकासँग जोडिएको कयाथिन क्षेत्र, पाकिस्तानसँग जोडिएको कस्मिर क्षेत्र, चीनसँग जोडिएको अरुणाञ्च र अक्साइनचिन लगाएतका क्षेत्रहरु विवादीत बनेका छन भने नेपालको कालापानी, लिपुलेक, लिम्पियाधुरा लगायत विभिन्न ७१ स्थानमा भारतले अतिक्रमण गरिरहेको छ । भारत जसरी दक्षिण एशियामा आफ्नो विस्तारवादी नीति लागुगर्ने क्रममा ठूलो विवादमा मुछिएको छ, त्यसले के देखाउँछ भने, हिटलरले जसरी युरोप कब्जा गर्ने अभियान सञ्चालन गरेर असफल भए त्यसरी नै मोदीको दक्षिण एशिया कब्जा गर्ने अभियान कमजोर र असफल हुने निश्चित छ ।

अतः नेपाललमाथी भारतको बारम्बार हुने हस्तक्षेप प्रति ओली सरकारको लाचार र आत्मसमर्पणवादी चरित्र देखिनुले राष्ट्रिय जटिल संकट श्रृजना हुन पग्यो । आम देशभक्त नागरिक, संघ, संगठन र आम नेता, कार्यकर्ताहरुलाई सरकारको लाचारीपन र भारतीय हस्तक्षेपकारी नीतिको विरोध तथा देशभक्तिर्पूण आन्दोलनका लागि तयार रहन आह्वान सहित नेपाली भूमिबाट भारतीय सेना हटाउन र हस्तक्षेप बन्द गर्न नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) नेपाल सरकार समक्ष जोडदार माग गर्दछ ।
मितिः २०७७/०१/२७ गते

कर्णजीत बुढाथोकी (शुशिल)
महासचिव
नेकपा (माओवादी केन्द्र)

फाईल तस्बिर

त्यसैगरी माओवादी केन्द्रका केन्द्रीय उपाध्यक्ष तथा सुदूरपश्चिम प्रदेश ईन्चार्ज रंगनाथ ढकाल र पोलिटव्यूरो सदस्य तथा सुदूरपश्चिम प्रदेश संयोजक लोकेशको संयुक्त हस्ताक्षरमा जारी गरिएको माओवादी केन्द्र सुदूरपश्चिम प्रदेश समितिको विज्ञप्तीमा पनि राष्ट्रियता चरम संकटमा परेको र त्यसको रक्षार्थ देशभक्तिपूर्ण आन्दोलनको विकल्प नभएको औल्याइएको छ ।

उक्त विज्ञप्तीमा भारतीय विस्तारवादले गरिरहेको खुलेयाम राष्ट्रघाती हमलामा विदेशी शक्ति केन्द्रद्धारा बनाइएका स्वदेशी दलालहरुले सघाइरहेको भन्दै सबै राष्ट्रघाती, जनघातीहरुलाई देशभक्तिपूर्ण आन्दोलनको माध्यमबाट ठिक पार्न सकिने तर्क गरिएको छ । उक्त विज्ञप्तीको पूणृपाठ यस्तो छ…..

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश समिति

प्रेस–वक्तव्य
नेपाली भूमि लिपुलेकमाथीको अतिक्रमण–बन्द गर !!
भारतीय विस्तावादी एवं स्वदेसी दलालहरू–मुर्दावाद !!

विश्वव्यापी रूपमा फैलिएको (कोभिड–१९) कोराना संक्रमणले विश्व मानव समूदाय अत्यन्त अभाव र संकटपूर्ण अवस्थामा गुज्रिरहेको सर्वविदितै छ । कोरोना संकटको रोकथाम, नियन्त्रण तथा राहत–व्यस्थापनमा विश्व नै जुटिरहेको बेला भारतीय विस्तारवादले नेपाली भूमिमाथी गिद्देनजर राख्दै उत्तरी सीमा क्षेत्रमा पर्ने नेपालको भूमि लिपुलेक माथी गरिएको अतिक्रमणको हाम्रो पार्टी जोडदार विरोध गर्दछ ।

भारतका रक्षामन्त्री राजनाथ सिंहले हिजो (शुक्रबार) दिल्लीबाट भिडियो कन्फरेन्समार्फत नेपाली भूमि लिपुलेकु हुँदै तिब्बतको मानसरोवर जाने मार्ग खोलेको भन्ने समाचारले भारतीय रवैयाप्रति आक्रोश र दलाल सत्ताप्रति तिव्र घृणा एवं तमाम आशंकाहरू उब्जिएका छन् । नेपालसँग बिना सल्लाह जुन ढंगले भारतले उक्त सडक निर्माणको हल्ला फैलाएको छ, सारमा त्यो नेपालको राष्ट्रिय स्वाधीनता, सार्वभौमिकता, भौगोलिक अखण्डता एवं स्वतन्त्र राज्यमाथी भारतीय बिस्तारवादको नाङ्गो हस्तक्षेप हो ।

आफ्नो देशमाथी यसरी हस्तक्षेप हुँदापनि वर्तमान केपीरप्रचण्डहरूको सरकारको मौनताले आश्चार्य चकित पारेको छ । दलाल सत्ताका मतियार, कथित राष्ट्रवादी मण्डलेहरू, विदेशी शक्ति केन्द्रका स्वदेशी दलालहरू जनताको नजरमा स्पष्ट चित्रीत हुँदै गएका छन् । मुलुकमाथीको यो हस्तक्षेप नेपाल आमाको अस्मितामाथीको मजाक हो, के हामी हाम्रो राष्ट्रिय अस्मिता लिलाम भएको हेरेरै बस्छौ ? किमार्थ नेपाली नागरिकलाई यो स्विकार्य छैन र हुनु हुँदैन । सम्पूर्ण देशभक्त, राष्ट्रवादी, जनवादी एवं स्वतन्त्रता प्रेमी नागरिकहरू, राजनीतिक दलहरू, संघरसंगठनहरू र आम जनसमूदायहरू भारतीय विस्तारवादले लिपुलेकमा गरेको अतिक्रमण तथा जनघातीरराष्ट्रघाटी ओली सरकारको मौनताको विरूद्ध सचेतनापूर्वक विरोध गर्न, सामाजिक दुरीको ख्याल गर्दै आन्दोलनमा उत्रिन आह्ववान समेत गर्दछौ ।

भारतीय विस्तारवादको–विरोध गरौँ !
ओली सरकारको लाचर मौनता–भंग गरौ !
सम्पूर्ण देशभक्त नागरीकहरू–एक हौ !
नेपाली भूमिको रक्षार्थ–एकतावद्ध र सगठीत हौं !
देशभक्त जनसेनाको–तयारी गरौँ !
महान जनविद्रोह–जिन्दावाद !
नेकपा (माओवादी केन्द्र)–जिन्दावाद !!

अन्त्यमा, भूमि अतिक्रमणको कडा विरोध एवं निन्दा गर्दै सरकारलाई अविलम्ब कुटनैतिक पहल मार्फत देश रक्षार्थ जुट्न माग समेत गर्दछौ १ अन्यथा जनताहरू भारतीय रवैया र विदेश शक्ति केन्द्रका स्वदेशी दलालहरू विरूद्ध कडा कदम चाल्न बाध्य हने निश्चित छ । सचेततापूर्वक देशको स्वाभिमान जोगाऔं । अभिवादनसहित !

मिति २०७७/०१/२७

लोकराज जैसी ‘लोकेश’                                    रंगनाथ ढकाल
संयोजक/पोलिटव्यूरो सदस्य                     इन्चार्ज/केन्द्रीय उपाध्यक्ष
                    नेकपा (माओवादी केन्द्र) सुप प्रदेश समिति