एक देशमा एक मात्र कम्युनिष्ट पार्टीको सवालमा ! को सर्वहारा, को बुर्जुवा कम्युनिष्ट ?

वैज्ञानिक सिद्वान्त बिनाको व्यवहार क्रान्तिकारी हुन सक्दैन

गोपाल किराती: अध्यक्ष,नेकपा (माओवादी केन्द्र)

१. एक देशमा एक मात्र कम्युनिष्ट पार्टी लेनिनको विचार हो। सर्वहारा श्रमिकवर्ग एउटै हुन । यसर्थ उनीहरुको वर्ग हित रक्षार्थ एक मात्र कम्युनिस्ट पार्टीको विचार एक्दम सही हो । यसरी स्थापित विचारमा सोभियत संघ र चीन बाहेक प्रायः सबैतिर एक समुहले आफू लेनिनवादी प्रमाणित हुन आफुलाई कम्युनिष्ट र अरु समुहलाई संशोधनवादी करार गर्ने प्रचलन बढ्यो। संशोधनवादमा पनि बामपन्थी दुस्शाहसवाद र दक्षिणपन्थी अवसरवादका रुपहरु हुन्छन । बाम दुस्शाहसवादलाई जडसुत्रीय संशोधनवाद पनि भन्ने गरिन्छ।

संशोधनवाद वस्तुतः पुजीवाद हो ।जसले, मुख्यतः वर्गसंघर्ष र सर्वहारा अधिनायकत्वको मार्क्सवादी सिद्वान्त परित्याग गरेको हुन्छ । फेरि पनि आफुलाई ूकम्युनिष्टू भन्न छोड्दैन । माओको निधनयता दक्षिणपन्थी अवसरवादको बोलवाला छ । नेपाली कम्तुनिष्ट आन्दोलनमा मनमोहन अधिकारी, केशरजंग रायमाझी, तुलासीलाल अमात्य हुँदै मदन भण्डारी, माधव नेपाल, खड्ग ओलीदेखि प्रचण्डसम्म दक्षिणपन्थी अवसरवादको म्याराथुनमा लिप्त छन । बाम दुस्शाहसवाद अर्थात जडसुत्रीय संशोधनवाद पनि अन्ततः दक्षिणपन्थी बिसर्जनमै पुग्ने हो। तर, यसले सक्यो भने कम्तिमा यथास्थितिवादमाथि धक्का दिन्छ। तर, दक्षिणपन्थी अवसरवादले सिधै कम्युनिष्ट आन्दोलनलाई बिघटन र बिसर्जन गराउँछ । अतस् दक्षिणपन्थी अवसरवाद बढि खतर्णाक हुन्छ ।

२. लोकसेवा परिक्षामा सामेल हुन नियमका रुपमा जसरी शर्तबद्व प्रकृयाहरु पार गर्नुपर्छ, लिखित वा मौखिक परिक्षामा उत्तीर्ण हुन सिद्वान्ततस् योग्य रहनु पर्छ, ठिक त्यसरी नै एक जना मानिस कम्युनिस्ट बन्न उसले सिद्वान्त र ब्यवहारका अनेक शर्तबद्व प्रकृयाहरुबाट गुज्रनु पर्छ । कम्युनिष्ट हुन सर्वप्रथम प्रगतिशील बन्नु पर्छ । यथास्थितिवादी, जनबिरोधी तथा बिदेशी दलाल प्रगतिशील नभएर प्रतिगामी चरित्र हो । जब वर्ग चरित्रमा पुगिन्छ, प्रगतिशीलभित्र पनि वैचारिक सर्वहारा र भौतिक सर्वहाराको खुड्किलो उपस्थित हुन्छ । भौतिक सर्वहारा मानिस वैचारिक सर्वहारा वा सर्वहारावादी छैन भने ऊ कम्युनिष्ट हुन सक्दैन । त्यस्तै, वैचारिक सर्वहारा मानिस भौतिक सर्वहारामा रुपान्तरित नभए ऊ कम्तुनिस्ट बन्न सक्दैन। यहिँनिर सर्वहारावर्ग र उत्पीडित जनसमुहको वैचारिक हतियार मार्क्सवाद हो भने सर्वहारावर्ग र उत्पीडित जनसमुह मार्क्सवादका भौतिक हरियार हुन, भन्ने द्वन्दात्मक रुपान्तरणको सिद्वान्तले विशेष महत्व जाहेर गर्छ ।

अतः कम्युनिष्ट हुनु भनेको भौतिक र वैचारिक दुवै स्थितिमा सर्वहारा हुनु हो र सर्वहारा मानिस मात्र कम्युनिष्ट पार्टीको सदस्य योग्य हुन्छ । राजनीतिक पार्टीहरु वस्तुतस् वर्गको आधारमा बनेका हुन्छन। कुनै पनि राजनीतिक पार्टीले कुनै न कुनै एक वर्गको प्रतिनिधित्व गरेको हुन्छ । माओ अनुसार एक वर्गको अनेक पार्टीहरु पनि हुन सक्छन। जाति, क्षेत्र, लिङ्ग वा विभिन्न स्वार्थहरु बाझिएपछि त्यसरी एक वर्गभित्र पनि अनेक दृश्टिकोणहरु बन्न पुग्दा अनेक पार्टीहरु देखिने हुन्छन। यसरी सार्वभौम र विशिष्ट जुनसुकै रुपमा होस्, इतिहासले मागेको कम्युनिस्ट पार्टी सर्वहारावर्गको राजनीतिक अग्रदस्ता हो । परन्तु, किञ्चित सर्वहारा र सर्वहारावादी चरित्र नभए पनि, उल्टै सर्वहारावर्ग र उत्पीडित जनसमुह बिरोधी चरित्रमा पतन भए पनि आफुलाई कम्युनिस्ट भन्न नछाड्ने, कम्युनिष्टको ढोङ गरिरहने एक खाले तत्व नेपालमा बिध्यमान छ। अतिरिक्त तिनै ढोङ्गी, संशोधनवादी, दक्षिणपन्थी अवसरवादी तत्वलाई गैरकम्युनिस्ट दुनियाँले कम्युनिष्ट नै भनिरहने पेचिलो समस्या बिध्यमान छ । कम्युनिष्ट आन्दोलनमा ब्याप्त यी बिशालु झारपातका जटिलताहरु बिरुद्व माओवादी कम्युनिष्टले बिवेकपूर्ण क्रमभंग गर्नै परेको छ ।

३. सर्वहारावर्गको अग्रदस्ता कम्युनिष्ट पार्टी पुजीवाद र त्यसको एकाधिकार चरित्र साम्राज्यवाद बिरुद्व वर्गसंघर्ष र राष्ट्रिय प्रतिरोध संघर्षका निमित्त इतिहासमा निर्माण भएको हो । तथापि, कम्युनिष्ट आवरणमा दक्षिणपन्थी दलाल पुजीपतिहरुको बोलवालाका कारण माओवादी कम्युनिष्टलाई त्यो सुबिधा सहज उपब्ध हुने देखिन्दैन । यो पृष्ठभूमिमा समाजवादी निर्वाचन प्रणाली मार्फत दलीय प्रतिस्पर्धा स्वीकार गरिएको आधारमा एक देशमा दुई कम्युनिस्ट पार्टीको विशिष्ट विचार अख्तियारीको अत्यन्त जरुरत छ । त्यसमा प्रथम, सर्वहारा कम्युनिष्ट पार्टी र दोस्रो, पुजीवादी अर्थात बुर्जुवा कम्युनिष्ट पार्टी हुन सक्छन ।

कम्युनिष्ट पार्टी र आन्दोलनमा वर्गीय विचारधारा र नैतिकताका आधारमा एक सर्वहाराले अर्को सर्वहारा बिरुद्व बल प्रयोग निशिद्व मानिन्छ । सर्वहारा सर्वहारावीच समस्या समाधानको विधि एकता-आलोचना-रुपान्तरण हुने गर्छ । तर, जनयुद्वको बेला एमालेले माओवादी बिरुद्व के मात्र गरेन ? संविधान निर्माणक्रममा प्रगतिशील सम्बिधान बिरुद्व एमालेले के मात्र गरेन ? बिप्लब नेकपा बिरुद्व मूलत एमाले चरित्रले के मात्र गरेको छैन ? ओली मरी हाल्छ, त्यसपछि रजाइँ गर्छुू भनेर बिलयमा हाम्फालेका बिचरा प्रचण्डलाई विभिन्न मुद्दामा कारावास पठाउने खड्ग ओलीको उध्योग कुन सर्वहारा आदर्शमा पर्छ ? यी यावत प्रश्नका वस्तुगत उत्तरहरु सतप्रतिशत नकारात्मक छन । अतः कम्युनिष्ट शब्दको भारी बद्ख्वाइँ, जुन भैरहेकै छ वा अझ बढ्नेवाला छ, भए पनि कठोरतापूर्वक निर्णय लिनुपर्छ, पुजीवादी कम्युनिष्त बिरुद्व सर्वहारा कम्युनिष्टले वर्गसंघर्ष लड्नु पर्ने स्थिति तड्कारो छ । सर्वहारा कम्युनिष्टको ऐतिहासिक दायित्व, मार्क्सवाद-लेनिनवाद-माओवादको पथप्रदर्शनमा देश, जनता र श्रमिकवर्गको सर्वाङ्गिन मुक्तिको झण्डा उठाउनु हो। अतस् घोषित पुजीवादी तथा बुर्जुवा पुजीवादी कम्युनिस्ट बिरुद्द सर्वहारा कम्युनिष्टहरु एकजुट बनौं ।

प्रसंगवश, एक जना कमरेडले रमाइलो लाग्ने, तर मार्मिक प्रश्न गरेका थिए कि कांग्रेस एमाले प्रबृत्तिमा सिद्वान्त जान्नु पर्दैन । माओवादीमा भने अनेक जान्नु पर्ने हुँदा कार्यकर्ता हैरान छन। के थोरथोरै जानेर पनि कम्युनिष्ट हुन सक्ने ब्यवस्था गर्न मिल्दैन ? जवाफ हो, मिल्दैन कमरेड । किनकि, माओवादीले जान्नू अथवा बुझ्नुको एक मात्र उद्देश्य दुनियाँ बदल्नु हो । कांग्रेस एमाले प्रबृत्तिलाई दुनियाँ बदल्नु छैन, त्यसैले उसलाई दुनियाँ जान्नू र बुझ्नु जरुरी छैन । तर, माओवादी कम्युनिष्टले वैज्ञानिक समाजवाद हुँदै मानव मुक्तिको सर्वोत्तम समाजब्यवस्था विश्व साम्यवादसम्म पुग्नुछ । तसर्थ बिध्यमान सामन्ती, पुजीवादी तथा साम्राज्यवादी दुनियाँलाई ध्वस्त पार्न सर्वप्रथम वस्तुगत र आत्मगत स्थिति बुझ्नै पर्छ ।

बिद्यमान राजनीतिक, आर्थिक, साँस्कृतिक अन्तर्बिरोध जान्न अथवा बुझ्नै पर्छ । तब सर्वहारा कम्युनिष्टहरु दुनियाँ बदल्न सक्षम हुनेछन । सर्वहारावर्ग र उत्पीडित जनसमुहप्रतिको जिम्मेवारी बोद्य एवं इच्छा शक्तिसहित डट्ने हो भने, सिद्वान्तको प्रश्न सहजै जान्न र बुझ्न सकिन्छ । किनकि, सिद्वान्तको काम आमाकै छोराछोरीले गर्दै आएका हुन । बरु सिद्वान्त र ब्यवहारमध्ये व्यवहार प्रधान हुन्छ । फेरि वैज्ञानिक सिद्वान्त बिनाको व्यवहार क्रान्तिकारी हुन सक्दैन । सर्वप्रथम दुनियाँ बदल्ने क्रान्तिकारी झण्डा दह्रोगरी पक्डनुस । दार्शनिक सिद्वान्तहरु क्रमश बोधगम्य हुन्छन । यो ख्याल गरियोस् कि माओ अनुसार दह्रोगरी नपक्डनु भनेको अन्तत नपक्डनु नै हो। अत माओवादी कम्युनिष्टले साँच्चिकै दह्रोगरी पक्डने विज्ञान र कला सुदृढ गर्नैपर्छ ।

(यो लेख गोपाल किरातीले लेखेका हुन । किराती नेकपा (माओवादी केन्द्र) का केन्द्रीय अध्यक्ष समेत हुन । उनी सामाजिक व्यवस्था रुपान्तरणको प्रकृयामा मालेमावाद र वैज्ञानिक आधारमा कलम चलाउने गर्दछन् ।)