कोरोनाले विदेशमा रहन बाँध्य नेपालीलाई थुपारेको पीडा

परिवारबाट एक्लै हुँदाको क्षण


हिड्दा हिड्दै नभेटिने नदिको दुई किनार झै बनायो कोरोनाले !
विदेशी भूमिमा एक्लै बस्न हेर यहाँ बाँध्य बनायो कोरोनाले !!

कोरोनाले हाम्रो रहर सबै रुवाएरै सकायो !
खुशी मनाउने र रमाउने दिन कटायो कोरोनाले !
हिड्दा हिड्दै नभेटिने नदिको दुई किनार झै बनायो कोरोनाले !
विदेशी भूमिमा एक्लै बस्न हेर यहाँ बाँध्य बनायो कोरोनाले !!

अजिवको अनुभूतिहरु मनमा संगाल्दै विदेशमा,
न त पैसा, न त आफ्नाको साथ, विरक्त गरायो कोरोनाले !
हिड्दा हिड्दै नभेटिने नदिको दुई किनार झै बनायो कोरोनाले !
विदेशी भूमिमा एक्लै बस्न हेर यहाँ बाँध्य बनायो कोरोनाले !!

सपना बोकि विदेशीएका नेपाली मन कति दुखी छ,
बुझिदिने आफ्नै देश नहुँदा अझ धेरै रुवायो कोरोनाले !
हिड्दा हिड्दै नभेटिने नदिको दुई किनार झै बनायो कोरोनाले !
विदेशी भूमिमा एक्लै बस्न हेर यहाँ बाँध्य बनायो कोरोनाले !!

आफ्ना मानिसबाट अलग अलग बनयो कोरोनाले,
हो हेर यसरी ‘सपना’ संसार शुन्य बनायो कोरोनाले !!
हिड्दा हिड्दै नभेटिने नदिको दुई किनार झै बनायो कोरोनाले !
विदेशी भूमिमा एक्लै बस्न हेर यहाँ बाँध्य बनायो कोरोनाले !!

(लेखिका सपना न्यौपाने साहित्य तथा लेखन विधामा रुचि राख्नुहुन्छ । उहाँ सामाजिक रुपान्तरण, मनोगत समवेदना लगाएतका विषयमा गहन भाव सहितको रचना गर्नुहुन्छ ।)