कैलालीको घोडाघोडीमा गर्भवति महिलाको हत्याः हत्याआरोपी खुलेयाम, यो कस्तो न्याय ? हेर्नुहोस्

पीडित परिवारद्धारा न्यायको माग

कैलाली । कैलालीको घोडाघोडी नगरपालिकाका एक महिलाको हत्या घटनालाई स्थानीय प्रशासन तथा प्रहरीले ढाकछोप गर्ने आंशका बढेको भन्दै पीडित परिवारहरुले हत्या आरोपीलाई पक्राउ गरेर घटनाको गम्भीर अनुसन्धान नगरिएमा आन्दोलनमा उत्रर्न बाँध्य हुने बताएका छन् ।

मृतक महिलाका दाई दिलबहादुर घर्तिले आज हामीसँग गरिएको फोन संवादका क्रममा त्यस्तो बताएका हुन । घर्तिले आफ्नो बहिनीको उनका परिवारहरुबाट कुटपिट गरि हत्या गरिएको आफुहरुलाई आशंका रहेको बताएका छन् ।

उनले छिमेकीहरुले घटनाको दिन आफ्नो बहिनीलाई कुटपिट गरेको र घरमा झगडा भएको आवाज सुनेको विषयमा आफुहरुलाई बताएको भन्दै घटनाका आरोपीहरुलाई प्रहरीले पक्राउ गर्नुपर्ने माग राख्दै आन्दोलनमा उत्रिन बाँध्य हुने बताए ।

उनले हत्याको धेरै आशंकामा रहेकाहरुलाई पक्राउ गरेर सत्यतथ्य अनुसन्धान गर्नका लागि प्रहरीसँग आफुहरुले पटक पटक माग गरेपनि अहिलेसम्म कसैलाई पक्राउ नगरेको बताए । उनले न्यायको अपेक्षा गर्ने प्रशासनबाटै आफुहरुले थप पीडा भोग्नुपरेको भन्दै गुनासो समेत गरे।

सबै मानिसहरु नयाँ बर्ष मनाइरहेको बेला, गत १ गते साँझ करिब ८ बजेतिर केही बर्षअघि अन्तरजातीय विबाह गरेकी तुलसी थारु (घर्ति) को हत्या भएको खबर गाउँभरी फैलीएको स्थानीयहरु बताउँछन । तर प्रहरीले त्यो विषयमा अहिलेसम्म कसैलाई पक्राउ गरेको छैन, घटनालाई लुकाउने प्रयास गरिएको उनीहरुको आरोप छ ।

उक्त घटनाको विषयमा घोडाघोडी नगरपालिकाका मेयर ममता चौधरीले फोन संवादको क्रममा आफुलाई जानकारी नभएको बताए । त्यस्तै कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहोराले पनि त्यही कुरा दोहोर्याए ।

कैलाली प्रहरी प्रमुखसँग घटनाबारे सोध्दा त्यो विषयमा इनिस्पेक्टर हरि सरण भट्टसँग कुरा गरेको र हत्यादुरुत्साहन मुद्दा बढाइएको बताए । तर हत्या दुरुत्साहनमा आरोपीहरु को को हुन र उनीहरुलाई किन पक्राउ गरिएन भन्ने बारेमा उनले प्रष्ट बोल्न चाहेनन् ।

उक्त घटनालाई नजिकबाट हेर्ने सुखड (घोडाघोडी) का प्रहरी इनिस्पेक्टर हरिसरण भट्टले भने त्यो घटनाको विषयमा आफुहरु गम्भीर अनुसन्धान गरिरहेको तर मुद्दा अदालत प्रवेश गरेकोले आरोपीहरुलार्य पक्राउ गर्न अदालतको आदेश चाहिने तर्क गरेका थिए ।

मृतक महिलाको गर्भवति अवस्थामा हत्या गरिएको उनका परिवारजनबाट बुझिएको छ । उनको करिब दुई बर्षका एक छोरा समेत छन ।

तर पीडित परिवारजन हत्यारालाई उक्काउनका लागि स्थानीय सरकारदेखि प्रहरीसम्मको भूमिका रहेको आरोप लगाउँछन । घटनाका आरोपीहरु दोषी ठहर भएको अवस्थामा फरार भएमा त्यसको जिम्मा कस्ले लिने ? आरोपीलाई किटानी गर्दा सम्म पनि प्रहरीले पक्राउ गरेर अनुसन्धान गथाल्नुको कारण के हो ? भन्दै आफुहरुलाई न्याय पाउनेमा आशंका रहेको भन्दै उनीहरुले न्यायका लागि पहल गरिदिन सबै राजनीतिक दल, सामाजिक संघ संस्थाहरु र सबैमा अनुरोध गरेका छन ।

यो घटनाको विषयमा पीडितलाई न्याय दिलाउन आवश्यक परेमा संघर्षमा उत्रिने चेतावनी दिदै नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश संयोजक लोकेश र प्रदेश सचिव ज्ञानु बमले समेत आज एक विज्ञप्ती जारी गरेका छन ।

माओवादी केन्द्रले विज्ञप्ती मार्फत घटनामा आरोपीहरुलाई तत्काल नियन्त्रणमा लिएर घटनाको गम्भीरता पूर्वक अनुसन्धान गरी दोषीलाई कडा कारबाही गर्न माग माग गरेको छ । दोषीलाई उम्काउने काम नगर्न समेत विज्ञप्ती मार्फत सचेत गराइएको छ । बाँकी विज्ञप्तीको पूर्णपाठ यस्तो छ….

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)
सुदूरपश्चिम प्रदेश समिति
प्रेसः विज्ञप्ती
महिला हत्या घटनाका दोषीलाई कारबाहीको गर !

सुदूरपश्चिम प्रदेशको कैलाली जिल्लाको घोडाघोडी नगरपालिका ५ नम्बर वडा अन्तर्गत देउकल्या फारम ुखु घर भएका मानविर घर्तिको छोरी तुलसी थारू (घर्ति) को वैशाख १ गते साँझ करिव ८ बजेतिर हत्या भएको विषयमा हाम्रो पार्टी नेकपा ९माओवादी केन्द्र० को गम्भिर ध्यानाकर्षण भएको छ । पीडित परिवारका अनुसार महिलाको कुटपीट गरि हत्या गरिएको भएपनि अहिलेसम्म हत्याआरोपी खुलेयाम घुमफिर गरिरहेका छन् । पीडित परिवारले प्रशासनबाटै थप पीडा र अन्याय भोग्नु र हत्या(आरोपीतलाई छुट गरिनु कानुनी राज्यको अपमान सहेत रहेको हाम्रो ठहर छ ।

करिव दुई बर्षका एक छोरा समेत रहेकी गर्भवति महिलाको हत्या खबरलाई स्थानीयतहमै गुपचुप गर्ने प्रशासनको नियत उसको फितलो अनुसन्धान प्रकृयाबाट प्रष्ट देखिएको छ । मृतकका दाई दिलबहादुरले आफ्नो बहिनीको उनका परिवारजनबाट कुटपीट गरि हत्या गरिएको भन्दै आरोपीलाई नियन्त्रणमा लिएर हत्याबारे अनुसन्धान नगरीएको भन्दै न्यायका लागि पहल गरिदिन हामीसँग अनुरोध समेत गर्नुभएको विषय जानकारी गराउदछौ । साथै विश्वव्यापी महामारिको रूपमा फैलिएको कोरोना प्रकोप र लकडाउनको अवस्थामा बढिरहेका अपराधीक गतिविधिप्रति राज्यलाई हामी सचेत बनाउन चाहन्छौ ।

हामी जिल्ला स्थित प्रशासन, प्रहरी, राजनीतिक दलहरू, महिलाअधिकारवादी संघ(संस्था, पत्रकार लगायत सरोकारवाला अन्य निकायहरूलाई सामाजिक न्यायको पक्षमा दवाव श्रृजना गर्न अनुरोध समेत गर्दछौ । साथै स्थानिय सरकार र प्रहरीलाई घटनाको विषयमा अपराधी नछुट्नेगरी गम्भीर अनुसन्धान गर्न आग्रह गर्दछौ । यदि अपराधीलाई प्रोत्साहन गर्ने तथा पीडितलाई थप पीडा बढाउने खालका हर्कतहरू जिम्मेवार निकायबाट गरिन्छ भने हाम्रो पार्टी र आम उत्पीडित जनसमूदायहरू सधैं न्याय र मुक्तिको पक्षमा संघर्षमा उत्रने चेतावनी सहित अपराधीलाई तत्काल कानुनी कठघरामा ल्याउन राज्यसँग जोडदार माग गर्दछौ ।

मितिः २०७७/०१/१० गते ।
………..                                                                                   ………..
लोकराज जैसी (लोकेश)                                                           ज्ञानु बम
संयोजक सचिव
नेकपा (माओवादी केन्द्र) सुदूरपश्चिम प्रदेश समिति