टेलिकमद्धारा लकडाउन अवधिमा ल्याण्डलाइनको भुक्तानी छुटेमा जरिवाना मिनाहा

सुपथ सेवा प्रवाहबारे यस्ता छन्, प्रतिबद्धताहरु

काठमाडौं । नेपाल टेलिकमले कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्ण रुपमा लकडाउन घोषणा गरिएको सन्दर्भमा ग्राहकहरुले महसुल तिर्न छुटेमा जरिवान मिनाहा गर्ने भएको बताएको छ ।

टेलिकमका प्रवक्ता राजेश जोशीले एक विज्ञप्ती जारी गर्दै त्यस्तो जनाएका हुन । उनले विभिन्न सेवाहरुको महसुल तिर्ने समय थप गरेको र अन्य सुविधाहरु सहज, सुपथमा सञ्चालनमा ल्याएको बताएका छन ।

कोरोना भाइरस महामारी रोकथाम र नियन्त्रणको लागि नेपाल सरकारले मिति २०७६ चैत्र ११ देखि १८ सम्म मुलुकलाई पूर्ण लकडाउन घोषणा गरेको छ ।

विज्ञप्तीमा भनिएको छ, दूरसञ्चार सेवा प्रवाह गर्ने राष्ट्रको जिम्मेवार र अग्रणी सेवाप्रदायकको रूपमा नेपाल टेलिकमले आफ्ना सेवाहरू सहज, सुपथ तथा अविच्छिन्न रूपमा प्रवाह गर्ने प्रतिबद्धता व्यक्त गर्दछ ।

टेलिकमले त्यसका लागि तल दिइएका कार्यमा आवश्यक समन्वय गर्ने ध्येयले मिति २०७६ चैत्र ११ गते निम्न अनुसारका निर्णयहरू गरिएको व्यहोरा ग्राहकवर्गमा जानकारी गराएको छ ।

१. पूर्ण लकडाउन मार्फत बाह्य गतिविधि तथा व्यावसायिक क्रियाकलाप सीमित भएको वर्तमान अवस्थामा कम्पनीका एडीएसएल तथा एफटीटीएच सेवाहरू ग्राहकवर्गलाई निरन्तर उपलब्ध गराउन यस अवधिमा समयावधि सकिएका लाइनहरूको म्याद लकडाउन अवधिभरको लागि थप गर्ने ।

२. कम्पनीका ल्याण्डलाइन टेलिफोन सेवाको महशुल भुक्तानी नभएको खण्डमा लगाउने गरिएको जरिवाना यस लकडाउन अवधिभरको लागि मिनाहा गर्ने ।