बाबुराम भट्टराईको प्रश्नः संविधानमा ‘मधेश पहिचान’ लेख्न हुने, मधेश प्रदेश नामाकरणमा गर्न किन नहुने ?

नेताहरुले लाज पचाएको आरोप

काठमाडौं । पूर्व प्रधानमन्त्री समेत रहेका समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रदेश २ लाई मधेश प्रदेश नामाकरण गर्दा त्यहाँको पहिचान खुल्ने भएपनि नेताहरुले बेइमानी गरेको भन्दै लाज मान्नुपर्ने तर्क गरेका छन् ।

नेता भट्टराईले आज बिहान ८ बजे हिन्दी भाषामा ट्विट गर्दै संविधानमा ‘मधेश पहिचान’ लेख्न हुने, मधेश प्रदेश नामाकरणमा गर्न किन नहुने ? भन्दै नेताहरुप्रति प्रश्न सहित त्यस्तो तर्क गरेका हुन ।

उनले संविधानमा मधेश प्रदेश स्विकार गरिसकेको भएपनि नेताहरुले त्यस्लाई अस्विकार गर्नु लज्जाबोद्य भएको टिप्पणी समेत गरेका छन ।

उनले नेताहरु मातृका यादव, प्रभु साह, भरत साह तथा ‘पूर्वनयाँशक्ति’ का नेताहरु रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवानलाई लक्षित गर्दै भनेका छन, ‘कुछ तो शरम करो यारो ’

अहिले उक्त उनको ट्वीटमा धेरैले विभिन्न प्रकारको प्रतिक्रिया दिइरहेको देखिन्छ । प्रदेश २ मा ठूलो जनसंख्याले बोल्ने मैथिली र भोजपुरी भाषा भएकाले हिन्दी भाषाको प्रयोग नगरेको भए राम्रो हुने भन्दै कतिपयले सुझाव समेत दिएको देखिन्छ ।

उनले लेखेको ट्विटको पूर्णपाट यस्तो छ–‘जब ‘मधेसी’पहिचान नेपालके संविधानमें स्वीकार किया गया है तो २ नं प्रदेशका नाम ‘मधेस प्रदेश’क्यों नहीं हो सकता ? हमारे पूर्व माओवादी कमरेडो मातृका यादव, प्रभु साह, भरत साह कहाँ हैं ? और पूर्व नयाँ शक्तिवाले मित्रों रामचन्द्र झा, रामकुमार शर्मा, महेन्द्र पासवान कहाँ हैं ? कुछ तो शरम करो यारो !’