पी.एम.कप महिला भलिभल प्रतियोगिता नेपालगन्जमा शुरु

बाँकेलाई खेलकुदको हव बनाउनु पर्ने ः प्रधानमन्त्री पोखरेल

बाँके । प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय आमन्त्रण महिला भलिबल प्रतियोगिताको छैठौं संस्करण आइतवारबाट नेपालगञ्जमा शुरु भएको छ ।

प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलले पानसमा दिप प्रज्वलन तथा रेफ्रीलाई बल हस्तान्तरण गरेर प्रतियोगिताको उद्घाटन गर्नुभयो ।

बाँकेलाई खेलकुदको हब बनाउनु पर्ने बताउँदै उनले खेलकुदको विकासकालागि संघीय सरकार सदैव तयार रहेको धारणा राखे ।

फागुन २२ गते सम्म सञ्चालन हुने प्रतियोगितामा आयोजकको तफैबाट नेपालगञ्ज वडा नं. ६ ले भाग लिएको छ भने बिभागीय टोलीसँगै अन्य टिम र भारतीय शसस्त्र सीमा बल (एसएसबी) र पश्चिम बंगालको टिमले सहभागिता जनाएका छन् ।

प्रतियोगिता मूल आयोजक समितिकी संयोजक प्रदेश सांसद् कृष्णा केसीका अनुसार प्रथम हुनेले पुरुस्कार स्वरुप २ लाख, उपविजेताले १ लाख र तृतीय हुनेले ५० हजार नगद पाउने छन् ।

दक्षिण एशिया कै नम्बर एक प्रतियोगिताका रुपमा स्थापित गराउन यस बर्षदेखि समाजका प्रतिष्ठित व्यक्तिहरुलाई मूल आयोजक समितिमा राखिएको बाँके जिल्ला भलिबल संघका अध्यक्ष टिएस ठकुरीले बताए ।

प्रतियोगितामा ३० लाख खर्च हुने अनुमान गरिएको छ भने प्रतियोगिताको समापन प्रदेश ५ का समाजिक बिकास मन्त्री सुदर्शन बरालले गर्ने तय भएको छ ।