नेपाली कांग्रेस बाँकेको पार्टी कार्यालयमा तालावन्दी

केन्द्रीले सदस्य गिरीले गरे कार्यकर्ताहरुसंग भेटघाट

बाँके । तरुण दल क्षेत्र नं.३ ले नेपाली कांग्रेस,बाँकेको पार्टी कार्यालयमा शुक्रवार केही समयका लागि तालाबन्दी गरिएकोे थियो ।

पार्टीको पूर्व क्षेत्रीय सभापति महेन्द्र मल्लसंगको बिवादलाई लिएर पार्टी कार्यालयमा तालावन्दी गरिएको हो ।

तरुण दल र मल्लका बीचमा समान्य बिवाद भएको हुंदा तरुण दलसम्बद्धले घरमा ढूंगा हानेको भन्दै मल्लले प्रहरीमा उजुरी गरेका थिए ।

मल्लको उजुरी पछि प्रहरीले तरुण दलका एक जनालाई पक्राउ गरेको छ ।

आफ्नो मान्छेलाई फसाइएको भन्दै तरुणदलका क्षेत्रीय सभापति सन्तोष अधिकारीको टोलीले पार्टी कार्यालयमा ताला लगाइएको पार्टी सचिव कपिल शर्माले जनाए ।

सचिव शर्माका अनुसार पार्टी कार्यालयमा लगाइएको ताला केही बरमै उनीहरुले खोलेको जनाए ।

पार्टीका केन्द्रिय सदस्य दीपक गिरीको उपस्थितिमा कार्यक्रम हुने भए पछि युवालाई सम्झाई बुझाई ताला खोल्न लगाइएको थियो ।

केन्द्रीय सदस्य गिरीले नेपालगन्ज आएको मौकामा पार्टीको नेता तथा कार्यकर्तासंग भेटघाट समेत गरेका थिए ।