खजुरामा शित भण्डारको शिल्यानास

शित भण्डारको अनुगमन र नियमनको जिम्मा गाउपालिकालाई ः योजना प्रमुख पौडेल

बाँके । बाँकेको खजुरा गाउँपालिकामा शित भण्डारको शिल्यानास भएको छ ।

खजुरा गाउँपालिका–५ उढरापुरमा रहेको १ बिगाह ७ कठ्ठा जमिनमा निर्माण हुन लागेको शित भण्डारको ५ नं. प्रदेश भूमि ब्यबस्था,कृषि तथा सहकारी मन्त्री आरती पौडेले बिहीवार शिलन्यास गरेकी हुन् ।

प्रदेश नं ५ कै नमूनाको रुपमा निर्माण गर्न लागिएको १५ सय मेट्रिक टन कृषि उपज भण्डारण गर्न सकिने क्षमताको शित भण्डार करीब ९ करोड लगानीमा तयार हुने गरि बिस्तृत परियोजना प्रतिबेदन (डिपिआर) समेत तयार भई सकेको छ ।

कार्यक्रमलाई सम्बोधन गर्दै मन्त्री पौडेले खजुराका किसानले तरकारी उत्पादन गर्नेदेखि कृषकहरु सबैको सहभागितामा शित भण्डार निर्माणको सह्राना गरेकी थिइन भने शित भण्डारले यस क्षेत्रका किसानहरु उत्साहित गरेको भन्दै उनले गाउँपालिकाले अघि सारेको खजुरा क्षेत्रलाई कृषि हब बनाउने उद्देश्यलाई टेवा पुग्ने बताईन् ।

खजुराको गौरवको योजना मध्ये शित भण्डार पनि रहेको बताउदै खजुराका अध्यक्ष किस्मत कुमार कक्षपतिले प्रदेश सरकारले गाउँपालिकाको खातामा ५ करोड रकम पठाई सकेको जानकारी दिए ।

बाँकी ४ करोड रकमको ५१ प्रतिशत गाउँपालिकाले लगानी गर्ने र ४९ प्रतिशत खजुरामा रहेका क्रियाशिल सहकारी सञ्जालले लगानी गर्ने सहमति भएको अध्यक्ष पक्षपतिले बताए ।

पहिलो चरणमा २ करोड ७८ लाख बराबरको कम्पाउण्ड पर्खाल र स्टक्चर आगामी बैशाख सम्म निर्माण गरिने गाउँपालिकाका योजना प्रमुख दिल बहादुर पौडेलले जानकारी दिए ।

शित भण्डारको निर्माणपछि सञ्चालन र ब्यबस्थापन गर्ने जिम्मा सहकारी सञ्जालले गर्ने जनाउदै यसको अनुगमन र नियमन गाउँपालिकाले गर्ने बताए ।

खजुरा गाउँपालिकामा निर्माण हन लागेको शित भण्डारको निर्माण प्यारामाउण्ट कन्स्ट्रक्शन ललितपुरले गर्ने जनाए ।