छुट्टाछुट्टै सवारी दुर्घटनामा २ को मृत्यु

थप अनुसन्धान हुँदै

काठमाडौं। छुट्टाछुट्टै स्थानमा सवारी दुर्घटनाका कारण २ व्यक्तिको मृत्यु भएको छ ।ललितपुर, ललितपुर महानगरपालिका २ सानेपा चोकमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।

ना २ ख ९६९२ नम्बरको ट्रकले बा ४४ प ५००९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक काठमाडौं थानकोट बस्ने ३० वर्षीय सुवास थापा मगरको मृत्यु भएको हो ।

दुर्घटनामा गम्भीर घाइते भएका सुवासको स्टार अस्पताल सानेपामा उपचारको क्रममा मृत्यु भएको हो भने ट्रक र चालक प्रहरीको नियन्त्रणमा छ ।

मोरङ, बेलबारी नगरपालिका ११ लक्ष्मीमार्गस्थित पूर्वपश्चिम राजमार्गमा ना ५ ख ८६८० नम्बरको ट्रकले को ४० प ११७ नम्बरको स्कुटरलाई बुधबार बिहान ठक्कर दिंदा गम्भीर घाइते भएका स्कुटरमा सवार बेलबारी नगरपालिका १ बस्ने ५९ वर्षीय दिल बहादुर खड्काको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका स्कुटर चालक ५५ वर्षीय नर बहादुर खड्काको सोही अस्पतालमा उपचार भइरहेको छ । ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

दुर्घटनाको सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।