उपत्यकाको विभिन्न स्थानमा लाखौंको धनमाल चोरी

चोरीमा संलग्न व्यक्तिको खोजी जारी

काठमाडौं । काठमाडौंको धुम्वाराही र ललितपुरको कुसुन्तीबाट हिजो लाखौं बराबरको धनमाल चोरी भएको छ ।

काठमाडौं महानगरपालिका ४ धुम्वाराही डेरा गरी बस्ने नुवाकोट बेलकोट नगरपालिका ८ घर भएका ३१ वर्षीय विजयराज ढुंगानाको कोठाबाट नगद, सुन तथा चाँदीका विभिन्न गरगहना समेत गरी करिब ९ लाख १० हजार रुपैयाँ बराबरको धनमाल बुधबार बिहान चोरी भएको हो।

ललितपुर, ललितपुर महानगरपालिका १३ कुसुन्ती बस्ने भुवानन्द भट्टराईको घरबाट नगद तथा सुनका विभिन्न गरगहना समेत गरी करिब ६ लाख ५७ हजार ५ सय रुपैयाँ बराबरको धनमाल बुधबार साँझ चोरी भएको छ ।

चोरीमा संलग्न फरार रहेका व्यक्तिहरुको खोजी गर्नुका साथै यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।