‘कम्युनिष्ट को हो-को होइन ?’ बुझ्न–जान्नका लागि पढ्नैपर्ने लेख

‘सच्चाँ र नामधारी कम्युनिष्ट चिन्ने विधिबारे’

विनोद कुमार उपाध्याय

कम्युनिष्ट शब्द खासगरी कार्लमाक्र्स र फ्रेड्रिक एगेल्सद्वारा ल्याएको शब्द हो । यो शब्दभित्र सामूहिकताको प्रधानता हुने भएर निजीत्वलाई त्यसको मातहत राख्नुमानै संसार बदल्ने आकांक्षा झल्किन्छ, यही प्रकृतिको नियम पनि हो । सामूहिक जीवन प्रणालीमाथि आक्रमण गरी निजी जीवन प्रणालीको शुरुवातसँगै विश्वमा देखिएको दुष्चक्रहरुबाट मुक्ति पाउन कम्युनिष्ट नभई हुन सक्दैन । हजारौ वर्षदेखि कैयौँ दार्शनिकहरुले समाजमा जन्मेको विकृति, विसँगति, विभेदबारे विश्लेषण नगरेका होईनन, तर उक्त विभेदहरुद्वारा निजीत्वको पक्षधरहरु जो थोरै सँख्यामा छन्, ति लाभान्वित भए तर अरबौँ मानिसको जीन्दगी दुःखपूर्ण छ । त्यही भएर यसमा अमूल परिवर्तन ल्याउन र साूुहिक जीवन प्रणाली कायम गराउन कम्युनिष्ट नाम राखेको हुन् । शाब्दिक रुपमा साम्यवादी अथवा कम्युन भनेको सामुहिक जीवन प्रणाली हो ।

सर्वप्रथम हाम्रो समाज निम्न पुँजीवादी सोचेको छ । यसै समाजबाट कम्युनिष्टहरु बनेका हुन्छन् । तिनीहरु समाजमा रहेका विभिन्न खाले शोषण, दमन, अन्याय, अत्याचार मेटाउन भनी लागेका हुन्छन्, तर समाजमा रहेको निजी सोच चिन्तनलाई चाहेर पनि विस्थापित गर्न नसकेको परिणाम हिजो पुष्पलालकै समयदेखि लागेकाहरुमा आत्मसंघर्षमा असफल भएर गलत बाटो समाते, थुप्रैको उदाहरणहरु दिन सकिन्छ । मनमोहन अधिकारी, केशरजंग रायमाझी लगायत र हाल के.पी. ओली र पुष्पकमल दाहाललाई उदाहरणको रुपमा बुझ्न सकिन्छ ।

मानिसभित्रको निम्न पूँजीवादी सोच र क्रान्तिकारी सोचबीच आत्म संघर्ष चलीरहन्छ । त्यसमा कतिखेर कसले जीत्छ, ग्यारेण्टी गर्न सकिन्न । जब आत्मसंघर्षलाई अन्तरसंघर्ष र उत्पादन संघर्षबाट अलग गरिन्छ तब त्यो आत्मसंघर्ष पनि रहँदैन । त्यहीबेला निम्न पूँजीवादले पलायनताको बाटोमा क्रान्तिकारीहरुलाई लतार्छ, अनि आ–आफै क्रान्तिकारी र बाँकी सबै अवसरवादी देख्न थाल्छ । उ–आफू बिग्रेको थाहै पाउँदैन, अर्कातिर विश्व पूँजीवादले पनि यस्ता मानिसको निर्माण गरेको हुन्छ, जसले कम्युनिष्टलाई बदनाम गराउन सकोस् । यसकारण साद्दे र गलत छुट्याउन यसको दैनिक आचरणमा निर्भर रहन्छ । सही र गलत आचरणको विरुद्ध पनि आत्मसंघर्ष र वर्गसंघर्ष उत्पादन संघर्षबाट हरेक क्षण सच्चिनु पर्दछ । यस्तो गरिन्न भने ऊ सच्चा कम्युनिष्ट हुनै सक्दैन ।

कम्युनिष्ट हुन निम्न गुण अनिवार्य हुन्छ:–

  • सामूहिकता मातहत निजित्वलाई राख्नुपर्छ ।
  • वर्गिय प्रेमको बाटो अवलम्वन गर्नुपर्छ ।
  • विचारको श्रोत वस्तु पदार्थलाई स्वीकार्नुपर्छ ।
  • आत्मसंघर्ष अन्तरसंघर्ष र उत्पादन संघर्ष वावर्ग संघर्षलाई व्यवहारमा लागु गर्नुपर्छ ।
  • जे बोल्नु त्यसको अनुरुप व्यवहार गर्नुपर्छ ।
    आफ्नो काम, अरुको बढी ध्यान राख्नुपर्छ ।
  • श्रममा भाग लिई रहनुपर्छ ।
  • आफूलाई संगठन मातहत , निश्चित लेबि तिर्नु र साम्यवादको लक्ष्य राख्नुपर्छ ।
  • दुनियालाई बुझ्नु, प्रयोग गर्नु र बदल्ने बाटोमा अग्रसर रहनुपर्छ ।

नामधारी कम्युनिष्टको विशेषताबारे

  • आफूलाई सर्वश्रेष्ठ सम्झनु
  • क्रान्तिको ठूलो ठूलो कुरा गर्नु,
  • व्यवहारमा लागु नगर्नु एक मात्र अरुको आलोचना गर्नु
  • साम्राज्यवादी पूँजीवादीसँग लगन गाठो बनाई रहनु,
  • संसदवादी हुनु क्रान्तिलाई समर्थन गर्नु तर आफू क्रान्ति विरोधिसँगै बसी रहनु

विश्व कम्युनिष्ट आन्दोलन नै रक्षाको अवस्थाबाट गुज्री रहेको छ । यहाँ रक्षाको अर्थलाई दुई तरिकाले हेर्ने गरिएको छ । पहिलो क्रान्तिलाई व्यवहारिक रुपमा लान मिल्दैन भन्ने, दोश्रो रक्षा आक्रमणको दोश्रो पाटो हो भनी बुझ्ने । पहिलोले संसोधनवाद र पलायनतातिर धकेल्दै जान्छ भने दोश्रोले नयाँ आशा सहितको वर्ग मुक्तिको बाटोतिर डोर्याउँछ । क्रान्ति भनेको गुणात्मक परिवर्तन हो, यसले सामान्य रुपमा परिवर्तनलाई स्वीकार्न सिकाउँछ । परिवर्तनलाई सबैले स्वीकार्ने गरेका छन् । परिणाम सकारात्मक परिवर्तन हुनसके छैन । सर्पले हिँड्ने बाटो सुस्तरी र बाङ्गो टिङ्गो अनुसार मात्र परिवर्तन गर्छ । त्यसकारण सुधार गर्दै विस्तारै परिवर्तन आफै हुँदै जाने हो भनी मान्यता राखिन्छ तर कोही कोहीले आन्दोलन परिवर्तन शान्तिपूर्ण तवरले गर्दै जाँदा परिवर्तन गर्न सकिन्छ भनी मान्यता राख्दछन् । यी दुईवटै धार वस्तुवादी छैन । त्यो त के हो भने परिवर्तन सर्पको गति मात्र होईन भ्यागुतोको चाल या गति पनि हो । यी सर्पको चाल र भ्यागुतो चाल मिलेर परिवर्तन मान्नु पर्दछ ।

यसलाई अलग अलग गरि बुझ्नु गलत हो, यहीं आएर मानिस जाती अल्मलिएको हुन्छ या जानी जानी अल्मलाउने काम हुन्छ । यो दार्शनिक रुपमा अतिभुतवाद हो र यसलाई हवाई कल्पनातिर डोर्याउँछ । यी दुईवटा गतिमा कुर्नैबेला सर्पको गति प्रधान हुन्छ भने त कुनैबेला भ्यागुताको चाल प्रधान हुन्छ तर प्रधान सहायकसँगै हुन्छ । एउटालाई समाउने र अर्कोलाई निषेध ग¥यो भने जानेर हो वा नजानेर माक्र्सवादलाई बङ्गाएको मान्नुपर्छ । जस्तै अहिले सरकारी कम्युनिष्टहरुले गरिरहेका छन् । त्यसैगरी विश्व कम्युनिष्ट आन्दोलनमा पनि दुईवटा धार देखिन्छ । पहिलो माक्र्स–लेनिन–माओवादी धार, दोश्रो काउत्सकी, वर्नस्टीन, खुश्चेव र तेड धार । पहिलो क्रान्तिकारी धार हो भने दोश्रो दक्षिणपंथी संशोधनवादी धार हो । अहिले दक्षिणपंथी धार अस्थायी रुपमा अगाडि देखिएपनि यो धार चाँडो पूँजीवादमा विलाउँदै गएको पाईन्छ । उदाहरणको रुपमा हेर्ने हो भने जर्मन, फ्रान्स, रुस, चीनका कम्युनिष्टहरुले नितान्त निजित्व मातहत सामूहिकतामा शासनगरी जहिले पनि भ्रमको खेती गरेको पाईन्छ । साम्राज्यवादी पूँजीवादीहरुले मानव मस्तिष्कमा भ्रम हाल्नको लागि शब्द र वाक्यलाई पनि आफ्नै वर्गको हितमा प्रयोग गरेको पाईन्छ । जरुतै:–

  1. पाप नाश होस् ।
  2. मानव अधिकारको उल्लंघन भएको ।
  3. आतंकवादी ।
  4. एउटाले सबैको लगि, सबैले एउटाको लागि सेवा गर्नुपर्दछ ।
  5. राजनीति बासी खानको लागि हो ।
  6. राजनीति फोहोरी खेल हो ।
  7. जननिर्वाचित सांसद सबै थोक हो ।
  8. पैसा नभई राजनीति हुँदैन ।
  9. वर्ग समन्वयवाद ।
  10. सम्पूर्ण जनताको पार्टी ।

श्रमिक वर्गलाई फाईदा हुने केही शब्द र वाक्यहरु यि हुन् :–

  1. पापलाई नास गरौँ ।
  2. क्रान्तिकारी देश र जनताको हितमा ।
  3. एउटा झिल्कोले डढेलो लगाउँछ ।
  4. एउटा सबैको लागि सबै समाजको लागि ।
  5. राजनीति श्रम गर्नेहरुको लागि ।
  6. स्वस्थ राजनीति सबैथोक ।
  7. बहुमतमाथि अल्पमतको शासन हो ।
  8. राजनीति निःस्वार्थ सेवा हो ।
  9. वर्ग संघर्ष ।
  10. कम्युनिष्ट पार्टी वर्ग पक्षधरताको पार्टी हो ।

कम्युनिष्ट पार्टीभित्र नेतृत्वको प्रश्न आफैमा महतवपूर्ण र चुनौतीपूर्ण हून्छ । नेतृत्व राता–रातमा बन्ने कुरा होईन, न त कसैको ईच्छा र आकाँक्षाबाट नै बन्ने कुरा हो । यो त आवश्यकता र वस्तुगत अवस्थाले निर्माण हुने कुरा हो । पूँजीवादी व्यवस्थाले नेतृत्वको चयन पैसा र निर्वाचन गरी दुनियालाई भ्रम दिई नेतृत्व निर्माण गरेको पाईन्छ तर कम्युनिष्ट आन्दोलनमा त्यस्तो कदापी हुँदैन । त्यसमा त जीवनको लामो ईतिहास जोडिएको हुन्छ, जस्को दैनिकी श्रमजीवी वर्गसँग जोडिएको, छिटो निर्णय लिने, चिजलाई बुझ्ने व्यवहारमा लागुगरी बदल्ने दृष्टिकोणले नेतृत्वको विकास भएको पाईन्छ । सिद्धान्तलाई आफ्नो देशकाल परिस्थितीमा लागु गर्दै वैज्ञानिक विचारको आलोकमा ठोस तथ्यमा आधारित सत्य पत्ता लगाई कार्यकर्तामा जीवन खोज्र्नुु साथै सपना पुरा गर्न साहस विवेक, धैर्यताको संयोजनले नै नेतृत्वको निर्माण हुने गर्दछ । नेतृत्वमा भएको आचरणले कार्यकर्तालाई अप्रत्यक्ष रुपमा निर्देशन गरेको हुन्छ । तसर्थ नेतृत्व हरेक कुरामा खुला र स्पष्ट हुन जरुरी हुन्छ ।

कार्यकर्ता पार्टी जीवनको सञ्चालिका हुन् र आफू स्वयम् नेतृत्व पनि हुन्, त्यस अर्थमा राम्रो कार्यकर्ताद्वारा निर्मित पार्टी अजय हुन्छ । नेतृत्वले आफू मुनितिर बस्ने कार्यकर्तालाई कसैलाई नजीक कसैलाई टाढा राख्ने गर्नुहुँदैन । कार्यकर्ताले फेरी नेतृत्वको वरिपरि घुम्ने, दलाली, चाकरी गर्ने आफ्ना साथीहरुलाई झुक्याई नेतृत्वको बढी रेखदेख गर्ने बहानामा नजिक रहन खोज्ने, अर्कातिर नेतृत्वलाई देवत्वकरण गर्ने बानीको विकासलार्इृ समयमै रोक्नुपर्दछ । यसको अर्थ नेतृत्व केही होईन भनी बुझ्नु पनि उचित होइन र त्यो माक्र्सवादी सोचले नेतृत्वको सम्मान, सुरक्षा गर्ने कार्य कार्यकर्ताको नै हो भन्नेमा विकास गर्दछ । कार्यकर्ता स्वयम् नेतृत्व भएको कारण जनतासँग सम्बन्ध जीवन्त राख्नु पर्दछ । जनता नै हाम्रा गुरु हुन् भन्ने बुझेर व्यवहार बनाउँदा जनताले पत्याउँछन, जनताबाट कटेको नेता पानी विनाको माछा जस्तै हुन्छ । पानी बिनाको पोखरीमा माछा कति दिन टिक्छ ? त्यसकारण माछा रुपी कार्यकर्ताले जनता रुपी पोखरीमा बाँस बस्न अनिवार्य छ । पानीले नै माछाको सुरक्षा गरे झै कार्यकर्ता पानी रुपी जनतामा हराउन जान्नु पर्दछ । आफ्नो नेतृत्वबाट गरेको चाहना जनताले कार्यकर्तासँग पनि खोजेको हुन्छ ।

जनवादको जगमा नेतृत्वको केन्द्रिकरण हुनुपर्छ, होईन भने नोकरशाही जमात तयार हुन्छ । केन्द्रियता र जनवाद एकअर्काकको पुरक हुन् । कोहीबेला केन्द्रियता कोही बेला जनवाद प्रमुख भएकै हुन्छ । यो परिस्थितिमा निर्भर हुने कुरा हो । जस्तै–युद्धकालमा केन्द्रियता अनिवार्य हुन्छ भने शान्तिकालमा स्वतः जनवाद मुख्य हुनुपर्ने थियो तर शान्तिकालमा तत्कालिन नेतृत्वमा सदावहार केन्द्रियतालाई बचाई राख्दाको परिणाम पनि हाम्रो सामुन्ने छ । अब तपाई हामी कम्युनिष्ट हो कि होईन आफ्नो मुल्यांकन स्वयं गर्न सक्नुपर्छ । त्यसका लागि बुँदाहरुमा आफुलाई दाँजौं !

  1. छाप्रोमा बस्ने हिलोले लत्पतिएको किसान, मजदुर, सुकुम्वासीहरुसँगको सम्बन्ध के छ?
  2. तिनिहरुप्रति माया गर्नु, साथदिनु या नदिनु !
  3. तपाई स्वयंको वरिपरि बस्ने श्रमिकहरुले तपाइलाई राम्रो भनेका छन् या गाउँको फटाहाहरुसँग उठबस छ भनेका छन् !
  4. घरभन्दा बाहिर जाँदा भित्र नातावाता अरुसँग विचारको छलफल गर्नुहुन्छ भने ठीकै होईन भने बेठिक ।
  5. तपाईको विरोध गर्नेहरुसँग एउटा सीमासम्म नजीकको व्यवहार गर्नुपर्छ ।
  6. माक्र्सवाददेखि माओवादसम्मको हाम्रो निर्देशन मान्नु हुन्छ की नाई !
  7. सामूहिक जीवन प्रणालीलाई मुख्य बनाउँदै घर परिवारप्रतिको जिम्मेवारी पूरा गर्नुहुन्छ की हुँदैन ?
  8. वर्ग संघर्ष गर्दै समाजवाद र साम्यवादसम्म जाने सोच छ कि छैन ?     

 मुख पछाडि कुरा काट्ने, अगाडि गुनगान गर्ने खराब प्रवृत्ति हो । के तपाई कुरा राख्दा म बाट शुरु गर्नु हुन्छ ? बैठकमा कुनै विषयबारे निर्णय लिँदा अमुर्त खाले निर्णय कामकाजी हुँदैन मुर्त निर्णय लिने बानी बसाल्नुपर्दछ । यदि तपाई कम्युनिष्ट हो भने निम्न कार्य अनिवार्य छ । होईन भने कहिले कम्युनिष्ट बन्नसक्नु हुन्न । त्यसलाई यसरी हेरौं ।

  • माक्र्सवाद–लेलिनवाद र माओवाद विशेष गरी माओवादलाई स्वीकार्नै पर्छ र समाजवाद हुँदै साम्यवादको लक्ष्य राख्नुपर्छ ।
  • सर्वहारा दृष्टिकोणले बनेको कम्युनिष्ट पार्टीको सदस्यता लिएर कुनै न कुनै समितिमा आवद्ध हुनै पर्दछ ।
  • लेबी नियमित तिर्नु पर्दछ ।
  • आत्मसंघर्ष, अन्तरसंघर्ष र उत्पादनसँग पनि कुनै न कुनै तरिकाले जोडिन पर्दछ ।
  • वर्गिय ममता भन्नाले हृदयदेखि आफ्नो कमरेड र उत्पीडित समूदायसँग राम्रो व्यवहार गर्नुपर्दछ ।
  • आफ्नो कुरा कहीँ राख्दा अर्काको सुन्ने बानी बसाल्नु पर्दछ ।
  • विरोधि पार्टी, सस्थामा रहेका जनतासँग राम्रो व्यवहार गर्ने गर्नुपर्दछ ।
  • कसैलाई झुठो आश्वासन दिनु हुँदैन ।
  • वर्ग वैरीलाई घृणा गर्नुपर्छ ।
  • महिलाहरुप्रति गलत व्यवहार नगर्ने ।
  • जनतालाई अपशब्द बोल्नु हुँदैन ।
  • आर्थिक मितव्ययिता अपनाउने गर्नुपर्दछ ।
  • गलत व्यवहारले जीवनलाई गलत ठाउँमा लान्छ भन्ने मान्यता राख्ने ।
  • जनताको घरमा जाँदा उनका काममा सघाँउने बानी बसाल्नु पर्दछ ।
  • हरेक काममा अठोट गरी लाग्नु पर्दछ ।
  • कम्युनिष्टले राम्रो खान, लगाउन, बस्न जान्नु पर्छ तर एक्लै होईन समाजको साथमा ।
  • कुरा राख्दा हामीबाट शुरु गर्ने बानी बसाल्नुपर्छ, म बाट शुरु गर्दा म स्वयं प्रधान बन्न जान्छ, त्यसले तपाई व्यक्तिवादी बन्न सक्नुहुन्छ । यसलाई
    सहायक बनाउनु पर्दछ ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रका केन्द्रीय सचिव हुन । उनी राजनीतिक, सामाजिक विषयका विविध पक्षमा कलम चलाउने गर्दछन् । )