‘के हो प्रेम ?’–‘तिम्रो प्रेममा कसरी लेखौं प्रेम’

तिमी नै भन–के लेखौं प्रेम !

बलराम तिमल्सिना

‘के हो प्रेम ?’–‘तिम्रो प्रेममा कसरी लेखौं प्रेम

तिमी नै भन–के लेखौं प्रेम !

  • जब तिमी प्रेम लेख्ने छौ
    म रोटी लेख्ने छु !
    रोटीको लागि
    बजारमा उत्रेका महिला लेख्ने छु !
    रोटीको लागि
    मर्दै गरेको जीवन लेख्ने छु !!
  • जब तिमी लेख्ने छौ
    प्रेममा सजिएका गाजलु आँखा
    म बाबाका बूढा आँखाहरूका
    तन्नेरी सपना लेख्ने छु !
    भाइका दिमागमा जन्मेका
    विराट कुराहरू लेख्ने छु !!
  • जब तिमी लेख्ने छौ
    सुन–चाँदीका गहनाले सजिएकी बेहुली
    म स्वतन्त्रता लेख्ने छु !
  • एक बित्ता जमीन र एक मुठ्ठी अन्नको लागि
    मैले लड्नु पर्छ हरेक दिन
    अनि अब तिमी नै भन
    तिम्रो प्रेममा
    म कसरी लेखौं प्रेम !


(नेपालीमा अनुवाद–तिमल्सिना साहित्यका विविध विधामा लेख्ने गर्दछन् । उनी समसामयिक, राजनीतिक विषय वस्तुमा लेख, कविताहरु मार्फत सामाजिक रुपमान्तरणको अभियानमा कलम चलाउँदै आएका छन् ।)