सत्ताको दम्भ देखाउदै स्थानिय जनप्रतिनिधि: मेयरको काम भन्दा प्रचार बढि

सत्ताको चरम दुरुपयोग

बर्दिया । स्थानिय तहमा जनप्रतिनिधि आफैले आफनो अनुकुलको उपभोत्ता समिति गठन गरी तोकिएकै ठेकेदारलाई जिम्मा दिने र त्यसबाट कमिसन खाने प्रबृद्धि मौलाएको छ ।

बर्दियाका आठ वटै स्थानिय तहमा जनप्रतिनिधिले आफनो अनुकुलको उपभोत्ता समिति गठन गर्ने र समितिको काम देखाएर ठेकेदारलाई काम गर्नदिने अनि आफुले कमिसन खाने प्रवृद्धिको विकास हुदै गर्दा आफनो प्रतिपक्षको दलले उपभोत्ता समिति गठन गरेपनि काम गर्नका लागी आफनो नजिकैको ठेकेदारलाई ठेक्का दिन दवाव दिने नमानेको खन्डमा विवाद सृजना गर्ने संस्कार नै वसेको छ ।

यसको पछिल्लो उदाहरण बनेको बर्दियाको मधुवन नगरपालिका वार्ड न ५ सो वडामा ६ सए मिटर भन्दा वढि ग्रावेल बाटो निर्माण र तिन सए मिटर भन्दा वढि बाटोमा माटो पटान गर्नका लागी उपभोत्ता समिति गठन गरेपनि वार्डअध्यक्ष कर्णबहादुर खडकाले आफुले चाहेको ठेकेदारले काम गर्न पाउनु पर्ने भन्दै जवरजस्ती एकलौटि पारामा सत्ताको चरम दुरुपयोग गर्दै काम नपाए काम गर्ने बातावरण पनि नदिने भन्दै आएको कार्यपालिका सदस्य मिना ओलीले बताउनु भयो ।

सो वडामा ग्रावेल बाटो निर्माण र माटो पटान गर्नुपर्ने बाटोमा उपभोत्ता समिति गठन गरी कार्य अगाडि वढिरहेको बेला वडाध्यक्ष कर्णबहादुर खडकाले यो कामको लागी उपभोत्ताले आफुले चाहेको ठेकेदारलाई काम दिनुपर्ने भन्दै काममा बाझो हालेको ओलीले आरोप लगाउनु भयो ।

उहाले उपभोत्ता समितिले जसलाई पनि कामको जिम्मा दिन सक्ने प्रावधान हुदा हुदै यसरी दवाव दिने कार्य अनुचित नभएको समेत बताउनु भयो ।

उता वार्डअध्यक्ष कर्णबहादुर खडकाले काम गुणस्तर होस भन्ने आफुले चाहेको बताउदै कुनै विवाद नभएको बताउनु भयो । खडकाले यो विषय सामान्य भएको भन्दै पन्छिन खोजे ।

काम गर्ने बातावरण नबनेपछि र स्थानिय वासीको व्यापक विरोध पछि मधुवन नगरपालिकाका प्रमुख गणेशबहादुर क्षेत्रीले उक्त स्थानमा पुगि विवाद समाधानको मार्ग प्रस्तुत गरेपनि स्थानिय वासीले यो सत्ताको पहुच र डर देखायर काम गर्न नदिए विकास नुहने भन्दै धम्कि दिएको स्थानिय वासीले बताए ।

यसैविच मेयर क्षेत्रीले सो क्षेत्रमा विवाद देखिएको स्वीकार गर्दै त्यसलाई समाधान गरेको बताउदै नागरिकको अनुकुल हुने गरी विकास हुने बताउनु भयो ।

स्थानिय वासीको अनुसार वडाअध्यक्षका आफन्त पर्ने व्यक्तिलाई सो कार्यको ठेक्का दिन माग गरेका हुन । बर्दियाको मधुवन नगरपालिकामा सत्ताको आडमा दम्भ देखाउदै आफु अनुकुल काम हुन लागेको भन्दै स्थानियवासी त्यसको विरोध गरिरहेका छन ।

काम राम्रो र गुणस्तर भन्दा पनि आफनो मान्छेलाई कसरी ठेक्का वा उपभोत्ता समितिको अध्यक्ष बनाउने भन्ने चिन्तामा नगरपालिका चुर्लुम्म डुवेको स्थानिय वासीको आरोप रहेको छ ।