गौशाला काठमाडौंबाट पेस्तोलसहित २ युवाहरु पक्राउ

कारको सिटमुनी पेस्तोल लुकाएको प्रहरीको भनाई

काठमाडौं । प्रहरीले काठमाडौं महानगरपालिका ९ गौशाला पिंगलास्थानबाट १ थान घरेलु पेस्तोलसहित २ जनालाई प्रक्राउ गरेको छ ।

प्रहरीका अनुसार उनीहरुले पेस्तोल लुकाई छिपाई राखेको थाहापाएपछि शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा पिंगलास्थान बस्ने धनुषा गणेसमान सारनाथ नगरपालिका ७ घर भएका २४ वर्षीय धर्मेन्द्र पासवान र सिरहा बिष्णुपुर गाउँपालिका ६ घर भएका ४१ वर्षीय दिनेश कुमार झा रहेका छन् ।

महानगरीय प्रहरी वृत्त गौशालाबाट खटिएको प्रहरीले बा १५ च ७५३६ नम्बरको कार जाँच गर्ने क्रममा सिटमुनी लुकाईछिपाई राखेको उक्त पेस्तोल फेला पारी कारमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।

उक्त घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ । पक्राउ परेकाहरुले पेस्तोल कहाँबाट ल्याएर भन्ने विषयमा प्रहरीले अनुसन्धान गरिरहेको छ ।