हत्या अभियोगमा एक पक्राउ

प्रहरी अनुसन्धान जारी

रसुवा । आमाछोदिङ्मो गाउँपालिका ४ गोल्जुङ बस्ने ४६ वर्षीय सार्की गुरुङको हत्या गरी फरार रहेका सोही स्थान बस्ने ४१ वर्षीय मिङ्मार सिङ्गी तामाङलाई आज बिहान प्रहरीले पक्राउ गरेको छ ।

हत्या गरी फरार रहेका सिङ्गी तामाङलाई प्रहरीले गोसाईकुण्ड गाउँपालिका ५ स्याफ्रू बजारबाट पक्राउ गरेको हो।

आपसी वाद विवादको क्रममा शनिबार राति तामाङले धकेल्दा लडेर गम्भीर घाइते भएका सार्की गुरुङको स्थानीय स्वास्थ्य चौकी हुँदै जिल्ला अस्पताल धुन्चेमा थप उपचारको क्रममा मृत्यु भएको थियो।

घटनापछि फरार रहेका तामाङलाई सिमा प्रहरी चौकी टिमुरेबाट खटिएको प्रहरीले स्याफ्रू बजारबाट पक्राउ गरेको हो । त्यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।