पृथ्वीनारायण शाह सामन्ती राजाः गोर्खा अन्ध राष्ट्रवादका नायक–नेता उपाध्याय

आन्तरिक राष्ट्रियता कमजोर बनाएको आरोप

काठमाडौं । मानिसहरुले विभिन्न कार्यक्रम गरेर पृथ्वी जयन्ती मनाउँदै गर्दा एक माओवादी नेताले भजे पृथ्वीनारायणशाहलाई ‘गोर्खा अन्ध राष्ट्रवादको नायक’ को संज्ञा दिएका छन् ।

नेकपा (माओवादी केन्द्र) का सचिव विनोद कुमार उपाध्यायले आज बिहान आफ्नो फेसबुक मार्फत पृथ्वीनारायण शाहलाई त्यस्तो संज्ञा दिएका हुन ।

नेता उपाध्यायले आफ्नो स्ट्याटसमा लेखेका छन–‘हामीले पृथ्वीनारायण शाहलाई सम्राज्यबादीहरुले दुनिया जितिरहेको बेला भौगोलिक रुपमा नेपाल एकिकरण गरेकोमा सम्झनै पर्छ तर राज्य एकीकरण गर्दा आन्तरिक राष्ट्रियतालाई कमजोर बनाएकोमा गोर्खा अन्ध राष्ट्रबावादको नायकको रुपमा सम्मान गर्न मन लाग्यो।’

उनले भनेका छन्–‘परिस्थितिमा उनले भौगोलिक एकीकरण त गरे तर आन्तरिक राष्ट्रियता (भाषा, संस्कृति, रितिरिवाज, भेषभुषा) माथि हस्तछेप गरि आन्तरिक गुलाम बनाए।’

उनले पृथ्वीनारायण शाहले पुर्खाकों नाककान काटेको र भाषा संस्कृतिको दोहन गरेको कारण उनलाई ठूलो सम्मान गर्न आवश्यक नभएको तर्क गरेका छन् ।

तर उनले त्यतिबेला गरेको एकिकरणको योगदानलाई भने सकारात्मक रुपमा लिनुपर्नेमा उनको मत देखिन्छ । उनको स्ट्याटस् यस्तो छ….

पौष २७ गते पृथ्वी जयन्ती यस अवसरमा पृथ्वीनारायणशाहलाई कुन रुपमा बुझ्ने बहसको बिषय भै रहेको छ। एक थरिले पृथ्बीनरायणलाई सामन्ती राजाको रुपमा सम्मान गर्न खोजेका छन भने अर्का थरिले त्यस परिस्थितिमा यिनले भौगोलिक एकीकरण त गरे तर आन्तरिक राष्ट्रियता (भाषा, संस्कृति, रिति रिवाज, भेषभुषा) माथि हस्तछेप गरि आन्तरिक गुलाम बनाए। लामो समय देखि नेपाललाई एकीकरण गरेकोले हामीले मान्नै पर्छ भन्नेहरु छन । तर जसको पुर्खाकों नाककान काटियो, भाषा संस्कृतिको दोहन गरियो तिनलाई पनि जबर्जस्ति मान्न कर गर्न हुदैन । हामीले पृथ्वीनारायण शाहलाई सम्राज्यव।दीहरुले दुनिया जितिरहेको बेला भौगोलिक रुपमा नेपाल एकिकरण गरेकोमा सम्झनै पर्छ तर राज्य एकीकरण गर्दा आन्तरिक राष्ट्रियतालाई कमजोर बनाएकोमा गोर्खा अन्ध राष्ट्रबादको नायककोरुपमा सम्मान गर्न मन लाग्यो।