पढ्नैपर्ने लेखः कम्युनिष्ट पार्टीको सिद्धान्त र राजनीतिक कार्यक्रमबारे

‘संघर्ष वर्ग स्वार्थमा केन्द्रीत हुनुपर्छ’

संसारको कुनै पनि राजनिती सिद्धान्तमा आधारित हुनुपर्दछ । बिना सिद्धान्तको राजनिती हावामा गोली चलाए झैँ हुन्छ, त्यसले सकारात्मक परिणाम ल्याउन सक्दैन । राजनिती भनेको चिया गफमा मात्रै आधारित बनाउनु हुँदैन । प्रायः लामो सफरमा राजनीती कुरा गर्ने बाटो काट्ने उपायको रुपमा मानिसहरुले प्रयोग गरेको पाइन्छ । राजनिती भनेको कुनै नशा होईन यो त देश, राष्ट्र्, गाउँ, समाज सञ्चालनको विधिसँग जोडिएको विषय हो । यो प्रायः दुई थरीका हँुदो रहेछ, पहिलो समाजमा रहेका त्यस्ता मानिस जो अर्काको श्रममा बाँचेका हुन्छन् तिनका लागि । यी दुईवटा वर्ग स्वार्थ एकअर्काबाट फरक हुदो रहेछ । विपरित सोच चिन्तनको परिणाम नै वर्तमान सामाजिक व्यवस्था हो । यो सामाजिक व्यवस्थाले थोरैको हित र धेरैको अहित गरी रहेकोले यसलाई रुपान्तर गर्न सचेत प्रयत्नको आवश्यकता हुने गरेको छ । त्यही सचेत प्रयत्नको नाम श्रमिक वर्गको राजनिती हो भने त्यसलाई नै यथास्थितिमा राख्ने सोच अर्काको श्रमको शोषण गरीरहनेहरुको राजनिती हो । यी राजनितीहरुलाई दिगदर्शन गरी रहने दर्शन पनि कुनै न कुनै वर्गको सेवा गरी रहन्छ । दर्शन भनेको समाजलाई जाँच्ने, बुझ्ने र बदल्ने दृष्टिकोणलाई बुझाउँछ । यसैबाट निर्देशित सिद्धान्त पनि हुने गर्दछ । कम्युनिष्ट सिद्धान्तबारे बुझ्नलाई हामीले विचार, सोच चिन्तनलाई भनी बुझ्नुपर्दछ ।

भौतिक जगतमा मानिसको सोच निर्माणमा अहम भुमिका खेल्दछ । यसको अर्को पक्ष पनि रहेकोले त्यसलाई सँगै बुझ्दा सजिलो हुन्छ । कुनैपनि सोच, चिन्तनको आधारवस्तु होईन, बरु विचारबाट ती सबै भौतिकताको जन्म भएको हो भनी मान्दछ । पहिलोको हरेक वस्तु चिज पदार्थको अस्तित्व त्यसभित्रको अन्तरविरोधमा निहित भएको स्वीकार्छ भने अर्को पक्षले कुनै बाह्य शक्तिले हरेक चीजलाई सञ्चालन गरेको भनी ठान्छ । यी दुइ्र्रवटा सोचमा पहिलोले गरिबनिमुखा श्रमिकहरुलाई दिगदर्शन गरेको छ भने दोस्रोले बसी खानेको वकालत गरेको हुन्छ । फेरी पनि अचेतनाको परिणाम गरी खाने समेतमा पनि दोस्रो पक्ष कै सोच प्रभावित भएकै कारण समाजमा शासन गर्नेहरु लामो समयदेखि रजाई गर्दे आएका छन् र यो धर्ति कहिल्यै स्वर्ग बन्न सकेन न वसुधैव कुटुम्वकम नै हुनसक्यो । भौतिक संसारबारे दृष्टिकोण बनाउँदा सम्पूर्ण भौतिकवादी कम्युनिष्ट नै हुन्छन् भने होईन । भौतिक संरचनाको अस्तित्व पनि विपरित ध्रुवमा आधारित भएको र यी दुबै ध्रुवको द्वन्द्वका. परिणामले परिवर्तनलाई चलाई रहन्छ । यस मानेमा कम्युनिष्टहरुले द्वन्द्वात्मक भौतिकवादलाई मानेका हुन्छन् र समाजको नयाँ रुपान्तरणमा भुमिका पूरा गरेका हुन्छन् र गर्नुपर्ने पनि हो ।

द्वन्द्वात्मक भौतिकवादी भएपछि समाजको विभिन्न कालखण्डमा भैरहेको परिवर्तनबारेको द्वन्द्वात्मक बुझाईबाट द्वन्द्वात्मक एतिहासिक भौतिकवाद भन्ने दर्शनले पूर्णता पाएको हो । एतिहासिक रुपले हेर्दा आदिमकाल जहाँ मानिसले मानिसमाथिको शोषणको स्वरुप आज झैँ थिएन । प्रायः सामूहिक रुपमा जंगलबाट खानेकुरा प्राप्त गरिन्थ्यो । सबै मिली सामूहिक रुपले शिकार गरी बाँडीचुँडी खाने गर्थे । त्यसबेला उत्पादनका औजारहरु आज झैँ विकसित थिएन । जब फलाम, कास्य वस्तुहरुको खोज भयो तब पुरानोलाई ध्वंस गर्दै उत्पादन शक्ति विकसित हुँदै गएको हो । यसरी बुझ्दा आदिमकाल लाखौँ वर्षपछि जब समाजमा तेरो मेरो भावनाको विकास भयो सामूहिक जीवन प्रणाली ध्वंस भै निजी जीवन प्रणाली मातहत सामूहिकतालाई राख्ने एउटा वर्गिय युगको शुरुवात भएको हो । यो वर्गिय युगले पुरानो प्रतिको मोह नगरी ध्वंस निर्माणको प्रक्रिया अगाडि बढ्दै जाँदा सामूहिक जीवन प्रणालीबाट निजी जीवन प्रणाली हटेकोबाट समाज वर्ग विभाजित हुन पुग्यो । समाज सङ्ख्याको हिसाबले बढ्ने क्रममा सामाजिक व्यवस्थापनको लागि नै अज्ञानतासँगै सचेत तवरले धर्म, संस्कार जाति, वर्णमा मानिसहरुको व्यवस्थापन गरिन्छ । त्यसैबेलादेखि कैँयौ प्राकृतिक परिघटनाको बुझाई एकाङ्की बन्दै गएको र त्यही एकाङ्की बुझाई अनुरुप संसार सञ्चालन गर्ने ईश्वर, भगवान, खुदा, पादरीको कल्पना भएको हो । फलस्वरुप यो धर्तीको मानिस यसै भुमरीमा परी मानिस मानिसमाथि शासन गर्दै विभिन्न समयमा शोषणको स्वरुप बदल्दै गएका हुन् न की शोषक र शाषकहरु बदलिए । शोषणको स्वरुतपमा परिवर्तन मात्रै हुँदै १९औँ शताब्दीतिर द्वन्द्वात्मक एतिहासिक भौतिकवादको आगमन महान दार्शनिक कार्लमाक्र्स र फ्रेडिक एगेल्सद्वारा भएको हो । यो दर्शनले ९५ प्रतिशत जनताको हितमा कुरा गर्दा उत्पादनमा श्रमिकको भूमिका मुख्य भएपनि उत्पादित मालमाथि समाजको ५ प्रतिशतले हालीमुहाली चलाई रहेको पाईन्छ । जबकी मानिसको श्रमसँग नजोडिएको मूल्य हुँदैन । यसैलाई माक्र्सवादी सिद्धान्तले हामीलाई सिकाउँछ की श्रम गर्ने हर श्रमिकहरु महान हुन उनीहरुले गर्दा समाजका हरेक मानिसलाई चाहिने सामान उत्पादन हुन्छ तर ती सामानका मालिक ती श्रम गर्नेहरु हुन पाउँदैनन् । यसमा शोषक र शासकहरु आफ्नो पकडमा राखी स्वयम् राज्य सत्ता समेतमा पकड बनाई रहन्छन् । राज्यसत्ता भनेको जेल, नेल, सेना, अदालत अर्थात कार्यपालिका, विधायिका र न्यायालय तिर्नै अंग मिलेर राज्य सत्ता निर्माण गरी लामो समयदेखि श्रमिकको उत्पादित मालमा मालिकाना चलाएका हुन्छन् तर ती श्रमिक वर्गलाई अर्को जुनीमा पाउने, किस्मत र पुर्पुरोमा भरोसा दिलाउने एकमात्र आदर्शवादी बाटोमा हिडाँल्दै आउँदा मिहिनेत गर्नेहरु कहिले पनि उभो लागेन । यसको विरुद्धमा द्वन्द्वात्मक एतिहासिक भौतिकवादी दृष्टिकोण श्रमिक वर्गलाई बाटो देखाउँछ तर एकमात्र आर्शवादी चेत एकाङ्की हुँदा हुदै दुनियामा शासन चलाईरहने शोषक वर्ग श्रमिक वर्गको मनोमस्तिष्कमा त्यही कुरा भरी दिए छन् की तेरो भाग्य र पुर्पुरोमा लेखिएको छैन ।

यसको साथै ती मालिक वर्गले धर्म र सम्प्रदायको छत्रछायाँमा आफूलाई भाग्यमानी भएको मान्दछन् । यी दिन दुईगुना रात चौगुना कसरी कमाउछन् त ? हिजोको कुरा छोडेर आजको कुरा गर्ने हो भने उनीहरुले भन्छन् की आफूले आफ्नो निजी सम्पत्ति प्रयोग गरी उद्योग र कारखाना निर्माण गर्दछौँ । त्यसमा यी श्रमिकलाई काम र मामको बन्दोबस्त मिलाउँछौँ फेरिपनि यिनीहरु हामी धनाड्य भएको हेनृ चाहन्न सधैँ बन्द हड्ताल गरी दुःख दिन्छन् । यसो हेर्दा सही लागे पनि वास्तविकता अर्कै रहेछ । सुक्ष्म रुपले हेर्ने हो भने यसमा भाग्य र किस्मतले ऊ धनी हुँदैन बरु श्रमिकको श्रमको मूल्य त्यति मात्र दिन्छन् जसले उनीहरु बाँची रहुन् र उनको उद्योग कारखाना चलाई रहुन् । बाँकी श्रमको आम्दानीले धनाड्य बनेका हुन्छन् । बरु श्रमिक वर्गले तिनको फ्याक्ट्री सञ्चालन नगरि दिन्थे भने केही वर्षमा खिया लागेर ती मालिक भनाउँदाहरुको सम्पूर्ण पूँजी डुब्थ्यो तर मजदुरले जोगाई दिएको कुरा कहिल्यै गर्दैनन् । संसारको कुनैपनि उत्पादित मालको मूल्यमा श्रमिक वर्गको श्रम कै परिमाण मान्नु पर्दछ किनभने जुन कुरामा मानव श्रम जोडिएको हुँदैन त्यसको मूल्य नै हुँदैन । जस्तै हावा, घाम, पानी आदीको उपयोगिता भए पनि मूल्य हुँदैन । जब मानव श्रमबाट त्यही चीज प्राप्त गरिन्छ भने त्यसको मूल्य हुने गरेको छ । जस्तै बोतलको पानी या नल्कीबाट निकालेको खानेपानी या पंखाबाट प्राप्त हुने हावा, यी सबैमा मानव श्रम जोडिएको हुन्छ ।

मानौँ एउटा उद्योगमा कपडा उत्पादन गरिन्छ, त्यस उत्पादित कपडाबाट एक वर्षमा ५ करोडको मुनाफा आउँछ । एक करोडबाट कपडा बनाउने कच्चा माल, पचास लाख कर ट्याक्स र म्यानेजरहरुलाई हुन गयो, डेढ करोडम काम गर्ने मजदुरहरु पच्चीस लाख मशिन मरम्म्मतलाई छुट्याई दिँदा बाँकी एक करोड पचहत्तर लाख जुन मजदुर कै श्रमबाट आएको मुनाफा हो, मालिक आफ्नो गोजीमा राख्छ । यसरी मालिक धनी हुँदै जानुमा मजदुर कै पसिनाले हो, यसको बदलामा मजदुरले आफ्नो जीवन निर्वाहको लागि मात्रै पाउँछ र उ कहिल्यै धनी हुन सक्दैन । यसरी मजदुर आनदोलनले आफ्नै श्रमको मूल्य पाउनमा कैँयौ ठाउामाद मालिकको सुरक्षामा खटिएकाहरुबाट मारिनु परेको हुन्छ । त्यसकारण मजदुरले बन्द हड्तालको सहारा लिन बाध्य हुन्छ । तर एक न एक दिन ती मजदुरहरुले कुरा बुझ्ने छन् र आफ्ना श्रमले उत्पादित सबै माल मूल्यका मालिक बन्ने छन् अनि त्यही धर्तीमा स्वर्गको अनुभूति गर्दछन् । यस प्रकारले कम्युनिष्टको सिद्धान्तलाई एउटै शब्दमा भन्ने हो भने त्यसलाई माक्र्सवाद भनिन्छ । अहिलेसम्मको यो सिद्धान्तको बिकास हुँदै जाँदा माओवादी सिद्धान्तले मात्रै श्रमिक वर्गको पक्षधरतालाई स्वीकार गर्दछ तर यी सिद्धान्तहरु जब दस्तावेज या बहसको लागि बहसमा मात्रै सिमित गरिन्छ तब यसको सार्थकता रहँदैन । यसले जहिले पनि व्यवहारको कसीको माग गर्दछ । सिद्धान्त व्यवहार अलग गरेर बुझ्नु भनेको शोषक कै हितमा कुरा गरेको ठहर्छ । यसरी जा आज माओवाद जुनसुकै बहानामा छोड्दछ भने उ कम्युनिष्ट हुन सक्दैन । वर्तमान सरकार आफूलाई कम्युनिष्ट भने पनि कम्युनिष्टको अख्तियारी गुमाई सकेको छ । हुनलाई सिङै नभएको गोरुलाई तिखे, आँखा नभएकोलाई नयनसुख, गरिबको नाम धनबहादुर, धनीको नाम अकिचन कुमार भनी नामाकरण गरे कसले के गर्न सक्छ ?

सारांशमा भन्नुपर्दा कम्युनिष्टको सिद्धान्त श्रम गर्नेहरुको लागि द्धन्द्धात्मक, एतिहासिक, भौतिकवाद र अतिरिक्त मूल्य जुन मालिकद्धारा हड्पिन्छ, अतिरिक्त मूल्यको सिद्धान्त नस्वीकार्नेहरु कहिल्यै कम्युनिष्ट हुन सक्दैन। यो सिद्धान्तले चीजलाई बुझ्न मात्रै होईन, बदल्नमा पनि जोड दिन्छ । बदल्ने क्रममा बल प्रयोग अनिवार्य हुन्छ । उदाहरण पृथ्वीको परिवर्तनमा बल प्रयोग भनेको भुकम्प आउनु, आँधीवेरी या असिना पर्नु या ज्वालामुखी फुट्नु बल प्रयोग हो । अर्कातिर समाजमा आन्दोलनलाई स्वीकार्नेहरुले पनि बुझ्नुपर्ने विषय के हो भने आन्दोलन शान्ति र अशान्ति साथ लिएर अगाडि बढ्छ । यसरी यो सिद्धान्तबाट निर्देशितहरुले मात्रै सुन्दर समाज निर्माण गर्न सक्छन् । सुन्दर समाज भनेको मानवद्धारा मानवमाथि हुने शोषण्को अन्त्य हो । यसलाई स्थापित गर्ने वित्तिकै यहीँ नै मानिसहरु स्वर्गको अनुभूति गर्छन् अर्थात् साम्यवाद हुनपुग्छ ।

(लेखक उपाध्याय नेकपा माओवादी केन्द्रका सचिव समेत हुन । उनी राजनैतिक, सैद्धान्तीक तथा समसामयिक विषयमा कलम चलाउने गर्दछन् ।)