‘जीवन अनुभव र यथार्थताको खोजी’

सुख-दुःखको संगम हो जीवन

‘जीवन अनुभव र यथार्थताको खोजी’
सुख दुःखको संगम हो जीवन

  • जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !! 
  • जीन्दगीमा त्यति धेरै किन पीडा हुन्छ ?
    पीडालाई खुशीमा बदल्ने रीत नै हो–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!   
  • जे कुरा गर्न सजिलो हुन्छ, नि,
    जिन्दगी त्यही पुरा गर्ने संघर्षको विधि हो–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!   
  • पुरस्कारको अर्थ कुनै वस्तु मात्र होईन,
    कठोर मेहनत र लगावका परिणाम हो–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!   
  • कदम कदममा थरीथरी साथीहरु भेटिन्छन्, नै
    तर समस्यामा साथदिनेहरु दुर्लभ नै हुन्छन–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!   
  • सामान हरेक बिक्छन यो दुनियामा तर,
    मानिस भित्रको प्रतिभाको अपमान हुन्छ–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!   
  • हरेक सामानको मोल हुन्छ यहाँ तर,
    मानिस भित्रको भावनाको अवमुल्यन किन हुन्छ–साथी !
    जन्मेपछि मर्नुपर्ने रीत नै हो–साथी !
    दुःख सहदैँ हाँस्नु पर्ने रीत नै हो–साथी !!

(लेखक न्यौपाने साहित्यका विभिन्न विधामा रुचि राख्ने र कलम चलाउने गर्नुहुन्छ । उहाँ समाजका विकृति, विसंगति र अनुभवजन्य यथार्थतालाई साहित्य, लेख मार्फत उजागर गर्नुहुन्छ ।)