मकवानपुरमा कार दुर्घटनाः एकको मृत्यु, दुई घाइते

एकजनाको अवस्था गम्भीर

मकवानपुर । बिहीबार राति वीरगञ्जबाट काठमाडौंतर्फ जाँदै गरेको कार दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् । बा १ य १२८३ नम्बरको कार मकवानपुरको भीमफेदी–९ अघोरमा दुर्घटना भएको हो ।

प्रहरीका अनुसार दुर्घटनाबाट ४५ वर्षीय भारतीय नागरिक सन्तोष सल्वा कुमारको मृत्यु भएको र २४ वर्षीया गोपिका नन्द स्वामी र २३ वर्षीया लल्मी साहिटी घाइते भएको छ ।

घाइतेहरुको हेटौंडा अस्पतालमा उपचार भइरहेको बुझिएको छ। घाइते मध्य एकजनाको अवस्था गम्भीर रहेको छ। घाइते तथा मृतक सबै भारतीय नागरिक हुन्।

गाडी चालक प्रहरी नियन्त्रण रहेका छन । प्रहरीले उक्त घटनाको विषयमा गम्भीर अनुसन्धान भैरहेको बुझिएको छ ।