सुन पसलमाा चोरी हुँदा लाखौंको क्षति

संलग्नहरुको खोजी कार्य जारी

धनुषा । गत बुधबार राति औरही गाउँपालिका १ झिटकैया चोकस्थित रहेको नरेश ठाकुर सुनुवारको सुन पसलबाट करिब ८ लाख ३१ हजार ४ सय ५० रुपैयाँ मुल्य बराबरको विभिन्न सुन तथा चाँदीका गहना चोरी भएको छ ।

उक्त घटनामा संलग्नहरुको अझै पहिचान भएको छैन । संलग्न व्यक्तिहरुको खोजीको विषयमा आवश्यक अनुसन्धान भैरहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ।