नेता धर्मेन्द्रद्धारा विप्लव नेकपा परित्यागः नेकपा (माओवादी केन्द्र) मा प्रवेश

वर्गिय मुक्ति आन्दोलनमा निरन्तर रहने प्रतिवद्धता

मोरङ । नेत्रविक्रम चन्द्र विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका एक नेताले उक्त पार्टी परित्याग गरी गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेका छन् ।

विप्लव नेतृत्वको नेकपाको मोरङ जिल्ला समितिमा रहेर लामो समय काम गरेका नेता धर्मेन्द्र दासले एक प्रेस विज्ञप्ती सार्वजनिक गर्दै त्यस्तो जानकारी गराएका हुन ।

नेता दासले विप्लव नेकपा परित्याग गर्नुको कारण नखुलाएको भएपनि आफु माओवादी केन्द्रमा समाहित भएर निरन्तर सर्वहारा वर्गिय मुक्ति आन्दोलनमा निरन्तर लागि रहने प्रतिवद्धता जनाएका छन् ।

पछिल्लो पटक माओवादी केन्द्रमा विभिन्न पार्टी परित्याग गरी प्रवेश गर्नेको लहर चलिरहेको छ । यसअघि पनि मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) र विप्लव नेतृत्वको नेकपा लगायतबाट नेता, कार्यकर्ताहरु आएका थिए ।

माओवादी केन्द्रमा सत्ताँरुढ नेकपा, काग्रेस लगायतका विभिन्न पार्टीबाट समेत नेताहरु प्रवेश हुने गरेका छन् । नेता धर्मेन्द्रले जारी गरेको प्रेस विज्ञप्तीको पूर्णपाठ यस्तो छ…..

प्रेस विज्ञप्ती

म धर्मेन्द्र कुमार दास क. विप्लवले नेतृत्व गरेको नेपाल कम्युनिष्ट पार्टीको मोरङ जिल्ला कमिटीमा रहेर काम गरिरहेको थिए । उक्त पार्टीमा विभिन्न कारणले असहमत भएपछि आजको मिति २०७६ पौष ३ गतेबाट विप्लव नेतृत्वको नेकपा परित्याग गरि क. गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) मा प्रवेश गरेको सबैमा जानकारी गराउछु । साथै सर्वहारा वर्गिय मुक्ति आन्दोलनमा निरन्तर लागि रहने प्रतिवद्धता व्यक्त गर्दछु ।

धर्मेन्द्र साद
विराटनगर–१४