माओवादी केन्द्रमा ध्रुविकरणको बढ्दो लहरः एकता प्रकृयाबारे नेताहरुसँग पत्रकारको संवाद हेर्नुहोस्…

काठमाडौं । विभिन्न पार्टी र समूहहरु पछिल्लो पटक नेकपा (माओवादी केन्द्र) मा ध्रुविकृत हुने क्रम बढ्दै गएको छ ।

वितेका दुई तीन महिनादेखि मालेमावादलाई पद प्रदर्शक सिद्धान्तका रुपमा अबलम्बन गर्ने विभिन्न पार्टी र त्यसमा रहेका नेता, कार्यकर्ताहरु एकता तथा ध्रुविकरण प्रकृयामा आउने क्रम बढेको हो ।

गत शुक्रबार मात्र राजधानीमा मोहन बैद्य किरण नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट अलग रहेर फ्रिडम कम्युनिस्ट लिग नामक पार्टीको पुर्न गठन गरेका नेताहरुले माओवादी केन्द्रसँग पार्टी एकता गरेका छन ।

त्यसभन्दा अघि पनि नेकपा (क्रान्तिकारी माओवादी) बिद्रोही समूहले माओवादी केन्द्रसँग एकता गरेको थियो । अहिले पनि माओवादी केन्द्रमा ध्रुविकरणको लहर चलिरहेको छ ।

एकता तथा ध्रुविकरणबारे नेकपा (विप्लव), सत्ताँरुढ नेकपा, क्रान्तिकारी माओवादी लगायतका पार्टीमा रहेका नेता, कार्यकर्ताहरुले छलफल गरिरहेको बुझिएको छ ।

शुक्रबार पार्टी एकताको सन्दर्भमा आयोजित कार्यक्रममा माओवादी केन्द्रका उपाध्यक्ष रंगनाथ ढकाल र एकताबाट आएका नेता भोजराज त्रिपाठीसँग पत्रकारहरुले संवाद गरेका छन।

उक्त संवाद कार्यक्रममा नेताहरुले दलाल व्यवस्थाका विरुद्ध संघर्ष चलाउनका लागि सच्चा क्रान्तिकारी शक्तिहरुबिच पार्टी एकता तथा ध्रुविकरण गर्नुपर्नेमा जोड दिए ।

उनीहरुले सत्ताँमा रहेको कम्युनिस्ट नामको पार्टीले कम्युनिस्ट एकताको भ्रम फैलाइरहेको अवस्थामा सच्चा क्रान्तिकारीहरुबीच एकताको वहस चल्नु् आवश्यक रहेको तर्क गरे ।

उनीहरुले समाजका जाली फटाहका विरुद्ध क्रान्तिकारी शक्तिहरुबिच कम्तिमा पनि कार्यगत एकता, मोर्चाबन्दी मार्फत संघर्ष गर्नुको विकल्प नरहेको दावी गरे । बाँकी भिडियोमा हेर्नुहोस्