हेर्नुहोस् प्रेसमाथिको सरकारी नियन्त्रणको विरोधमा आम नागरिकलाई उत्रिन पत्रकारका पूर्व अध्यक्ष आचार्यको आह्वान

काठमाडौं । नेपाल पत्रकार महासंघका पूर्व अध्यक्ष सुरेश आचारले प्रेस तथा अभिक्ति स्वतन्त्रमा अंकुश लागाउने ढंगले सरकारी पक्षबाट ल्याउँन लागेको काउिन्सल विधेयकको कडा शब्दमा विरोध जनाएका छन ।

महासंघका पूर्व अध्यक्ष आचार्यले केही दिनअघि काठमाडौं स्थित महिला आयोगमा स्वतन्त्र पत्रकारीताका लागि संघर्षरत विभिन्न पाँच पत्रकार संगठनहरुके संयुक्त आयोजनामा आयोजित एक अन्तरक्रिया कार्यक्रममा त्यस्तो बताएका हुन ।

आचार्यले सरकारले स्वतन्त्र प्रेसमाथि विभिन्न ढंगले आफ्नो नियन्त्रण बढाउँने स्वतन्त्रताको सीमालाई खुम्चाउँदै लिने खालको कार्यक्रम चलाएको र त्यसको नतिजा पछिल्लो चरणमा ल्याउन खोजेको काउन्सिल विधेयक रहेको प्रष्ट्याएका छन ।

उनले कार्यक्रमलाई सम्बोधन गदै सरकारी तहबात स्वतन्त्र पत्रकारीतामा गर्न खोजिएको निषेधको विषय पत्रकार वा सञ्चारकर्मिहरुको विषय मात्र नभै आम नागरिकहरुको सूचना पाउँने अधिकारसँग सम्बन्धीत विषय भएको बताएका थिए ।

उनले सरकारले ल्याउन लागेको विधेयक पत्रकारीताका साथ साथै समग्रतामा मानव अधिकार प्रतिको समेत हनन भएको भन्दै त्यसको विरुद्ध हुने आन्दोलन वा विरोधमा आम नागरिकलाई सहभागि हुन आह्वान समेत गरे ।

उनले हरेक क्षेत्रको सत्य, स्वतन्त्र र निश्पिक्ष समाचार पाउानु जनताको अधिकारको विषय हो, यसमा अंकुश लगाएको नागरिकलाई समेत ठिक लाग्ने विषय छैन ।’ उनले उक्त विधेयक खारेजिको माग समेत गरे ।

‘प्रेस तथा अभिक्ति स्वतन्त्रता र नागरिक अधिकारको प्रश्न’ विषयक उक्त अन्तरक्रिया कार्यक्रमका प्रमुख अतिथि नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन बैद्य किरण र विशेष अतिथिमा राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी रहेका थिए भने कार्यक्रमको सभापतित्व क्रान्तिकारी पत्रकार महासंघका अध्यक्ष इन्द्र राउतले गरेका थिए ।

कार्यक्रममा पत्रकार, विद्यार्थी, युवा, स्वतन्त्र नागरिक, बुद्धिजिवि लागयत सयौको उपस्थिति रहेको देखिन्थ्यो । काय्र्रक्रममा आचार्यले राखेका धारणा भिडियोमा हेर्नुहोस्…