हेर्नुहोस्, लिम्बु समूदायको मौलिक भाका ‘पामाम’ गायिका मनु मेम्वाङको आवाजमा

इटहरी । विभिन्न जनजाती, आदीवासी समूदायका भेषभुषा र संस्कार झल्कने प्रस्तुतीहरुले गत शनिवार इटहरीको धरान बजारको गुञ्जयमान भएको थियो ।

ब्रिटिस गोर्खा भूतपूर्व सैनिक संगठन (बिगेसो) ले आयोजना गरेको वैचारिक साँस्कृतिक कार्यक्रममा त्यस्ता प्रस्तुतीहरु रहेका थिए ।

धरानको सैनिक भवनमा सञ्चालन भएको उक्त कार्यक्रममा कलाकारहरुको प्रस्तुतीका साथै राजनीतिक दलका नेताहरुको विचारात्मक मन्तव्यले थप महत्व बढाएको थियो । कार्यक्रममा विभिन्न संस्कृतिका नाच, संगीतहरु प्रदर्शन गरिएका थिए ।

उक्त कार्यक्रममा पूर्वको चर्चित गायिका, धेरैले मन पराउने कलाकार मनु नेम्वाङले लिम्बु समूदायमा धान चाच्दा गाइने त्यहाँको मौलिक भाका ‘पालाम’ गीत गाएकी थिइन ।

उनले गायको उक्त भाकालाई दर्शकहरुले अत्याधिक मन पराएका थिए । उक्त भाक बाँकी यहाँ भिडियोमा हेर्नहोला……