सौगात सायरको नयाँ गीतः आजभोलि माया कस्तो, कर्कलाको पानी जस्तो (भिडियोसहित)

काठमाडौं । सामाजिक रुपमान्तरणका पक्षमा गीत संगितको क्षेत्रमा आफ्नो फरक पहिचान गराउँन सफल कलाकार सौगात सायरको नयाँ गीतको बजारमा तिब्र चर्चा चलेको छ ।

साँगीतिक क्षेत्रमा नयाँ फरक धारका गीत संगीत पस्किदै आएका सौगातको ‘आजभोलि माया कस्तो, कर्कलाको पानी जस्तो’ बोलको पछिल्लो गीत बजारमा आउँनु अगाबै चर्चामा आएको हो ।

सौगातले हरपल नेपालसँगको कुराकानीका क्रममा करिब एक महिनाभित्र गीतको भिडियो समेत बजारमा आउँने बताएका छन ।

‘तिमी फुल्यौ कतै, म फुले कतै’ बोलको गीतबाट एक्कासी चर्चामा आएका कलाकार सौगातले माया प्रेमको भन्दा बढि सामाजिक जागरणमूखि, संन्देशमूलक गीतहरु गायका छन ।

उनले आजसम्म सयौ गीतहरु गाएको हामीसँगको कुराकानीका क्रममा बताए । उनको नयाँ आउने तयारीमा रहेको यो गित पनि माया प्रेम र सामाजिक सञ्जालले जोडेको सम्बन्ध जस्ता विषयहरुमा केन्द्रीत छ ।

यसले समाजमा देखिएको माया प्रेम लाउनेहरुको समस्यालाई विकल्प सहित उजागर गरेको छ । भिडियो सहित पुरै हेर्नुहोस्, यस्तो छ उनको नयाँ गीत…..