भरियाहरुमाथि राज्यको चर्को करः क्रान्तिकारी पर्यटन मजदुर संघद्धारा विरोध

मजदुर बिरोधि हर्कत विरुद्ध संघर्षमा उत्रिन आह्वान

काठमाडौं । सवोच्च शिखर सगरमाथा लगायत मुलुकका अन्य पर्यटकिय क्षेत्रहरुमा पथप्रदर्शक, भारियाको रुपमा पर्यटकहरुलाई सहयोगीको रुपमा काम गर्दै आएका मजदुरहरुमाथि समेत राज्यले चर्को कर उठाउने प्रकृया बढाएपछि पर्यटन मजदुरहरु समस्यामा परेका छन ।

यसअघि पर्यटन व्यवसाय सम्बद्ध मजदुरका विभिन्न संगठनहरुले राज्यको कर नीतिको विरोध गरके थिए । तर राज्यले अहिले पुनः भरीया र अन्य पथप्रदर्शक मजदुरहरुमाथि समेत कर उठाउने तयारी गरेको हो ।

नेपाल सरकारको पर्यटन, वन मन्त्रालय लागयतका पर्यटन मजदुर सम्बद्ध निकायहरुले आन्तरिक रुपमा विभिन्न नाममा मजदुरहरुसँग चर्को कर उठाउने नीति ल्याएको भन्दै क्रान्तिकारी पर्यटन मजदुर संघले त्यसको कडा शब्दमा विरोध गरेको छ ।

क्रान्तिकारी पर्यटन मजदुर संघका केन्द्रीय महासचिव बालकुमारले हरपलसँग भने–‘राज्यले पर्यटन मजदुरसँग चर्को कर उठाउन थालेको खबर आएको छ । राज्यको हरेक क्षेत्रका मजदुरहरुलाई चुस्ने र लुट्ने नीति अति निन्दनीय छ । यसको हामी घोर बिरोध गर्दछौं ।’

महासचिव बालकुमारले नेपाल सरकारको वन मन्त्रालय अन्तर्गत सगरमाथा राष्ट्रिय निकुन्जले पर्यटन मजदुरसंग विभिन्न नाममा प्रतिव्यक्ति पन्द्र सय रुपैया उठाउन थालेको भन्दै त्यसलाई तुररुन्त रोक्न माग गरेका छन ।

भउनले भने–‘पहिले देखिनै पर्यटन भरियाहरु र मजदुरबाट कम शुल्क उठाउदै आएको निकुञ्जले फेरी चर्को शुल्क उठाउन शुरु गरेको छ । पर्यटन पथप्रर्दशक र मजदुरहरुबाट निकुञ्जले पन्द्र सय लिने गरेको खुल्न आएको छ, हामी यसको घोर विरोध गर्दछौं ।’

सरकारले सन् २०२० मा २० लाख पर्यटन नेपाल भित्याउने र भव्य रुपमा पर्यटन बर्ष मनाउने भनेपनि मजदुरमाथिको यस्तो नीतिले उक्त वृहत योजनालाई प्रभाव पार्ने उनले तर्क अघि सारे ।

उनले भने–‘सरकारको नियत हेर्दा त सबै पर्यटन मजदुरलाई पेशाबाट विस्थापित गरेर आफैले बनाएको योजना असफल बनाउन खोजेको जस्तो देखिन्छ, यसले राज्यको अदुदर्शिताको अवस्थालाई अभिव्यक्त गर्दछ ।’

उनले भने–‘श्रमिकहरुले निकुञ्जलाई पद्र सय, होटललाई पाँच सय र अन्य ठाउँ ठाउँमा विभिन्न नामका कर मात्र तिर्ने हो भने, पारिवारीक गुजारा कसरी गर्ने ? अब यो नीति हटाउनै पर्छ, हामी त्यसको विरोध गछैं ।’

‘सरकारलाई हरेक ५ बर्षमा गाइड अनुमतीपत्र नवीकरण गर्न तिरेको कर, ट्रेकिङ्ग गाइड अध्यन गर्न तिरेको हजारौं रकमको कर र विभिन्न अन्य बाहनामा तिर्नुपर्ने कर कहाँ जान्छ ? हामीले अनेकन बाहनामा किन र केका लागि तिर्ने ?’–उनले प्रश्न तेस्राए ।

उनले हरेक बर्ष पर्यटन सिजनमा श्रमिकहरुमाथि विभिन्न नामका करको बाहनामा आतंक मच्चाउने काम हुने गरेको भन्दै उनले त्यसलाई रोक्न राज्यका सम्बन्धीत निकायहरुसँग माग गरे ।

उनले राज्यले त्यसमा सुधार नगरेमा, राज्यको मजदुर बिरोधि हरकतको विरुद्ध एकजुट भएर सशक्त आन्दोलन गर्नुपर्ने बताए ।

उनले भने–‘आदरणीय सम्पूर्ण पर्यटन मजदुर साथीहरू अब यो भ्रष्ट, मजदुर विरोधी सरकारको विरुद्धमा संघर्षमा उत्रिनुको विकल्प छैन । यसका लागि हाम्रो संगठन सबैमा हार्दिक अपिल गर्दछ।’