रौतहटको चन्द्रपुरमा नारा जुलुससहित देजमोको भव्य जनसभाः संघर्षमा जोड

व्यस्थाको विकल्पका लागि सडकमा उत्रिने नेताहरुको आह्वान

रौतहट । देशव्यापी मेची महाकाली अभियानको क्रममा रहेको देशभक्त जनगणतान्त्रीक मोर्चा नेपालले आज रौतहटको चन्द्रपुर नगरपालिकामा भव्य जनसभा गरेको छ ।

जनसभा भन्दा पहिलो चन्द्रपुर स्थित जिल्ला ट्राफिक प्रहरी कार्यालय अगाडिबाट बजारको मुख्य चोकसम्म नारा जुलुससहितको र्याली प्रदर्शन गरिएको थियो ।

उक्त जनसभामा मोर्चाका नेता, कार्यकर्ता तथा स्थानीयवासीहरु गरी सयौंको भिड रहेको देखिन्थ्यो । स्थानीयवासहिरुले मुलुकको राष्ट्रियता, जनतन्त्र र जनजीविका संकटमा रहेको भन्दै त्यसको निकासका लागि मोर्चाले पहल गर्नुपर्ने सुझाव पेश गरेका थिए ।

‘दलाल सरकार मुर्दावाद, नेकपा क्रान्तिकारी माओवादी जिन्दावाद, क्रान्ति अझै जारी छ, दलालहरु होसिया’ भन्ने जस्ता विभिन्न नाराहरु लगाउादै जनसभामा सामेल भएका मानिसहरु राज्य जनघातको बाटोमा हिडेको भन्दै क्राशोसित बनेका देखिन्थ्य ।

क्रान्तिकारी माओवादी रौतहटका सेक्रेटरी प्रलाद शाहको अध्यक्षतामा सम्पन्न उक्त जनसभाको प्रमुख आतिथिको रुपमा मोर्चाका केनद्य्रीय अध्यक्ष सीपी गजुरेल, विशेष अतिथिमा क्रान्तिकारी माओवादीका स्थायी समिति सदस्य तथा प्रवक्ता हरीभक्त कडे.ल प्रतिक रहेका थिए ।

उक्त कार्यक्रममा क्रान्तिकारी माओवादीका पोलिटव्यूरो सदस्य तथा प्रदेश नम्बर दुईका सेक्रेटरी कृष्णसिंह, मोर्चाको प्रदेश संयोजक कमल थारु, पार्टीका केन्द्रीय सदस्य तथा महोत्तरी र रौतहटका यन्चार्ज विरेन्द्र यादव लगायतको समेत आतिथ्यता रहेको थियो ।

उक्त कार्यत्रमलाई पार्टीका प्रवक्ता हरीभक्त कडेल र मोर्चाका अध्यक्ष गजुरेलले विशेष सम्बोधन गरेका थिए । उनीहरुले वर्तमान संसदीय व्यवस्था रहेकासम्म मुलुकमा जनताको हक, अधिकारको सुनिश्चितता नहुने भन्दै त्यसको विकल्प खोज्नुपर्नेमा जोड दिएका थिए ।

नेताहरुले जनताको व्यवस्था ल्याउनका लागि पुर्न अर्को जनआन्दोलन गर्नुपर्ने भन्दै त्यसका लागि सडकमा आउन नागरिकहरुलाई आह्वान समेत गरे । नेताहरुले भारतीय विस्तारवादीले सीमानामा अतिक्रमण गरेको राज्यले हेरेर बस्ने गरेको भन्दै कडा आलोचना गरे ।

उनीहरुले सरकार दलाल, तस्कर र माफीयाहरुको संरक्षणमा रहेको भन्दै त्यसको विकप्ल खोज्नुपर्नेमा जोड दिए । उनीहरुले संघीय जनगणतन्त्रको लागि संघर्ष गर्नु आवश्यक रहेको बताए ।