यस्तो छ एक्सन नायक निखिलको जीवनः स्वस्थ हुनुको राज योगा र ध्यान (भिडियोसहित)

फेसबुक चलाउँदैनन् निखिल, पत्याउनु हुन्छ ?

(सर्लाहीमा जन्मीएका नेपाली चलचित्र जगतका लोकप्रिय एक्सन नायक निखिल उप्रेतीलाई नचिन्ने सायद कोही छैन होला । २०५७ सालमा पिंजडा फिल्मबाट चलचित्रमा भित्रिएका निखिलले एक सय पचास भन्दा बढि चलचित्रमा अभिनय गरिसकेका छन । नेपाली दर्शकको मन जितेका ति कलाकारले भने गत पाँच बर्षसम्म नेपाली दर्शकका लागि कुनै फिल्म दिएनन, तर भारत बसाईबाट फर्किएर दुईबर्ष अघि चलचित्र निर्देशनमा हात हालें । उनले आफ्नै निर्माण, निर्देशनमा बनेको फिल्म भैरवको सफलतासँगै दुईबर्ष फेरी अर्को एक्सन प्रधान फिल्मको निमार्ण शुरु गरेका छन । छायाँकन भै रहेको चलचित्र ‘कमिटमेन्ट सिक्ट्री आवर्स’मा निखिलले भारत पुगाइएको एक पात्रलाई ६० घण्टाको समयमा रेस्क्यु गरेर नेपाल फिर्ता गराउने बताएका छन । एक्सन नायकको रुपमा परिचित निखिलको बाहिरी जीवन जस्तो देखिन्छ, वास्तविक जीवनमा भने केही रहस्य र फरक पनि छ । उनी फिल्ममा तोडफोड गर्ने, बलियो, खतरा एक्सन गर्ने निखिल वास्तविक जीवनमा भने कसैलाई पनि चोट नपुर्याउने, सरल र मिलनसार देखिन्छन । उनको निकट रहेर काम गरेका मानिसहरु पनि निखिल वास्तविक जीवनमा अर्कालाई प्रहार नगर्ने र सहृदयि भएको बताउँछन । उनी सहयोगी छन र अरुलाई चाडै विस्वाश पनि गर्छन ।

आफ्नो बारे दर्शकले थाहा नपाएका कुरा निखिलेले यसरी भनें–‘थाहा नपाएका कुराहरु म भित्र धेरै छन । जुन पत्रकारितामा आजसम्म यसबारे कसैले प्रश्न नै गरेन तर आज तपाईसँग सायद मेरो जीवनको पचासौ अन्तर्वातामा यो विषय आएको छ । हरेक व्यक्तिले आफुलाई पूर्णरुपमा चिन्न सकेको हुदैँन, सायद चिन्न सकेको भए म पनि बुद्ध हुन्थ्ये होला, त्यसैले गर्दा म भित्र के छ पूर्णरुपमा मलाई थाहा छैन । म आफैले भन्नु पर्दा सीधा सिम्पल र काममा मेहनत गर्ने र मेहनतबाट पाउने चिजमा नै मन बुझाउने मानिस हुँ । सबैलाई थाहा भएकै कुरा हो फिल्म एक्सन गर्दा मेरा हात खुट्टा भाँचि सकेका छन तर पनि म मेहनत गर्न चाहन्छु, मेरो मेहनतले दर्शकहरुलाई मनोरञ्जन दिएर उहाँहरु हाँसेको देखेर म खुशि हुन्छु । म त्यति ठूलो जम्घटमा टिक्न सक्दैन, त्यसैले म फङ्सनहरुमा कमै देखिन्छु ।’

माछामासु नखाने निखिल कहिलेकाही साथीभाईसँगको रमझममा भने वियरसम्म पिउने गरेको बताउँछन । सबैभन्दा अचम्मको कुरा त उनले अहिलेसम्म फेसबुक, ट्वीटरको एकाउन्ट नै नखोलेको बताएका छन । हामीसँग गरिएको कुराकानीको क्रममा उनले आफु स्वस्थ र फुर्तिलो हुनुको राज योगा र ध्यान भएको खुलासा समेत गरें । उमेरले ३६ बर्षमा दौडिरहेका निखिल चलचित्र जगतमा भने नथाकेर दौडिने बताउँछन । हरपल नेपाल डटकमले उनको जीवनका विविध पाटाहरुलाई सुक्ष्म ढंगले कोट्याउने प्रयत्न गरेको छ । मेरो जीवन स्तम्भमा उनको जीवनका विभिन्न पक्षहरुको विषयमा गरीएको कुराकानी तल प्रस्तुत गरिएको छ।)

मेरो रुची: मेरा सबैभन्दा ठूलो रुची म गहन कुरा खोजी गर्न मन पराउँछु । खोज सबैभन्दा ठूलो कुरा हो र म सधै भरी रिसर्चमा लागि नै रहे । कलाकार क्षेत्रभित्र खोजका कुराहरु धेरै छन । पुस्तक मेरो सबभन्दा रुचिको कुरा हो, करिबन मेलै ६,७ सय वटा विभिन्न किसिमका किताबहरुको अध्यन गरेको छु । घरमा आफ्नै लाईब्रेरी छ, अध्यन र रिसर्चबाट मलाई रिस्कि एक्सनहरु गर्ने तरीकाको ज्ञान भयो । मैले स्काइभ ड्राईभर, प्लेनबाट जम्प गर्ने, प्याराग्लाईडिङ गर्ने जस्ता एक्सन गरिसकेको छु । नेपाली फिल्ममा त बाइकहरु कत्ति उडाएको छु, त्यो त रियलै पनि गर्छु । त्यो हो सबैभन्दा मेरो रुचिको चिज । मान्छे सुःखमात्रै जान्न खोज्छन तर उसले पाएको दुःखलाई पनि बुझ्ने कोसिस गर्नु पर्दछ । भोलिको बारेमा कसैले जानेकै छैन, भोलि के हुन्छ थाहा छैन तसर्थ आज मलाई नेपाली दर्शकको लागि राम्रो मूभि दिनु छ, त्यो ईच्छा पुरा गर्नलाई मैले धेरै टे«निङ लिएको छु, अझ जीवनमा धेरै कुराहरु सिक्न बाँकी पनि छ । म नेपाली चलचित्र जगतमै रहन चाहान्छु । म यहाँको भूमिमा जन्मेको हुँ भने म यहि भुमिमा नै मर्न चाहन्छु । जीवनमा धेरै चिज गर्न बाँकि छ तर म देश छोडेर र देशलाई माया मारेर केहि गर्ने छैन ।

मेरो पोशाक: मलाई मन पर्ने पोशाक यस्तै हो । जुन चिजलाई ज्यादा कियर गर्नु पर्दैन, जस्तो टिसर्ट लगायो, पेन्ट लगायो, कहिले ट्राउजर लगाउँछु । म बाहिर फङ्सनमा जादाखेरी पनि केहि समयको भए पनि टिकटप बन्ने कोशिस गर्छु तर मेरो नेचर त्यो ड्रेस, जसको लागि ख्याल राखिराख्नु पर्ने हो त्यो चिजमा छैन । मलाई जतिसक्दो सजिलो र कम्फर्टेबल कपडाहरु मन पर्छ ।

मेरो स्वास्थ्य: यतिखेरी मेरो स्वास्थ्य अवस्था राम्रो छ, व्यालेन्स गरेको छु । पहिले मेरो स्वास्थ्य अवस्था त धेरै अप्ठ्यारोबाट गुज्रिएको हो । मलाई इभन सुत्दाखेरी पनि कोल्टे फर्काइ दिनुपर्दथ्यो, म चट्टै हिडिहाल्न सक्दैथ्ये, किन भने शरीरका धेरै पार्टहरु भाँच्चिएका छन, थिचिएका छन । यो कुरा फिल्मलाईनका धेरै मान्छेहरुलाई थाहा छ । म अप्ठ्यारोसँग काम गरिरहेको थिए र स्ट्रगल गर्दाखेरीको अवस्थाका कारण अहिले पनि हातहरु बाङ्गै छन, औँलाहरु बाङगै छन र दाँत पनि भाच्चिए । तसर्थ चोटको त कुरै नगरौँ ।
म स्पोर्टसबाट आएको मान्छे हो । मेरो करातेमा ब्ल्याक बेल्ड छ, उस्सुमा पनि छ । जिम्नाष्टिको पनि ज्ञान मसँग छ । अर्को कुरा मेरो सबैभन्दा डाइट र मैले अहिलेसम्म आफुलाई ब्यालेन्स गरिसक्नुको कारण ध्यान हो, सबैभन्दा मेरो ध्यान नै हो । ध्यानकै कारणले नै म आफुलाई स्वस्थ राख्न सकेको छु । अब यहाँ कस्तो छ भने ध्यानलाई हाउभाउ बनाउँछन मान्छेले, म त दुई घण्टा ध्यानमा बस्छु भनेपछि आफुलाई ठूलो ठान्ने, म दुई मिनेट बस्छु भनेपछि उकदमै सानो मान्छे ठान्ने । त्यसैले ध्यान गर्नेले गुरुहरुलाई नै बिगारिरहेको अवस्था छ, ध्यानलाई चाहि अलग्गै हाउभाउ बनाइ दिएका छन । तर मैले भन्नुपर्दा म एभ्रि टाइम जस्तो ध्यानमा हुन्छु । वेडबाट उठेपछि म नियमित जसो ध्यान बस्छु, त्यस पछाडी ध्यानमा बसेर नै दिनको शुरुवात हुन्छ ।

मेरो शिक्षा: शिक्षाको विषयमा म स्पस्ट भन्न चाहन्छु मैले सर्टिफिकेट लेबललाई अगाडी नबढाएको अवस्था हो । मलाई त्यतिबेला पढ्नमा त्यति उत्सुक्ता थिएन । अध्ययन मेरो रुचिको विषय हो र त्यसमा विभिन्न खोज गर्ने मेरो इच्छा छ । मैले आफैँ बुझ्न नसकेको कुरा, हुन त एउटा सेलिबे्रर्टि भएर मिडियाबाट यहि कुरा भन्दाखेरी मेरो हरेक किसिमको पर्सनल कुरा अलग्गै हुन जाला तर मैले हाम्रो एजुकेशन प्रणालीलाई अहिलेसम्म किन हो, के को लागि पढ्छन र यो सर्टिफिकेट के को लागि दिईन्छ, त्यो बुझ्न सकेको छैन । त्यसले गर्दाखेरी मैले जति पनि सर्टिफिकेट छ ति सबै सर्टिफिकेटलाई एक ठाउँमा राखेर जलाई दिए । त्यसले गर्दाखेरी आज मसँग एउटा पनि सर्टिफिकेट छैन । त्यो सर्टिफिकेट जुन चाहि कलेजको लागि शर्टिफिकेटको संघर्ष थियो नि, बर्षभरी पढेर एउटा सर्टिफिकेट लिने र बेरोजगार बस्ने त्यसको लागि मैले एउटा समय खेर फाले र म आजसम्म त्यो चिजलाई मन पराउदैन ।

मेरो पेशा: चलचित्र बाहेक म कुनै पनि पेशा वा व्यवसाय आवद्ध छैन । यो मेरो लागि अप्ठ्यारो पाँटो हो, साच्चिकै भन्ने हो भने चलचित्र नै मेरो एउटा कमाई हो । चलचित्रमा रमेको छु चलचित्र नै मेरो सबै कुरा हो । चलचित्र बाहेक अन्य मसँग कुनै विजिनेश छैन तर अब चाहि केहि सोच्नु पर्छ कि भन्ने लागेको छ ।

मेरो भ्रमण: मैले नेपाली दर्शको मायाका कारण धेरै देशको भ्रमण गरेको छु । घुम्दाखेरी मलाई के लाग्छ भने, बाहिर जाँदाखेरी पनि मलाई रेष्ट चाहिन्छ त्यसैले म अलि फरक स्वभावको छु । अरु घुमिरहदा म सुतिरहेको हुन्थ्ये कतिपय कन्टेन्ट पनि आउथ्यो । यस्तो छ कि मान्छेहरु कति धेरै सपना बोकिरहेका हुन्छन तर म भने त्यहाँ गएर सुतिरै आफ्नो काम सक्काएको हुदैन । म सुतेरै फर्किहाल्छु । जस्तो म पहिलो चोटि युएस जाँदाखेरी दुई दिनमा फर्के, मैले काम सक्काए, मलाई त्यति बस्न पनि मन लाग्दैन विदेशमा ।
इन्डियामा म पढेको हो, स्कुलिङ्ग ट्रेलिङ्गमा बसेको हो । मैले फिल्म सम्बन्धि स्टडि गरेको हो, म त्यत्तिकै आवारा टाइपमा फिल्ममा आएको होईन । मैले वलिउडका धेरै फिल्महरु एसिस्टेण्ड गरेको छु र त्यहाँ धेरैलाई ट्रेनिङ्ग दिएको छु । फाइटेरिङमा पनि एसिस्टेण्ड गर्थे, डाइरेक्टिङ पनि गर्थे, एक्टिङहरु पनि गर्थे, प्रोड्युसर पछि हाम्रो केहि चिज प्राक्टिकल नलेजको लागि गर्नु पथ्र्यो । मेरो साथिहरु म्याक्सिमम त्यहि नै छन । आज त्यहाँ ठूला ठूला डाइरेक्टरहरु भएका छन र त्यसले गर्दाखेरी पनि मेरो त्यहाँ बढि बसाई हुन्छ ।

मेरो फुर्सदको पल : म लाइफलाई एकदमै पोजेटिभ लिन्छु, मैले भने नि अघि त्यत्रो बुकहरु लिए, बुकहरु पढे तर मैले आज आएर अझै धेरै कुरा सिक्नु जरुरी भएको ठानें । मेरो लागी आखिर बुक नै जीवन रहेछ, सिक्दै जीवनमा बढ्दै छु । तसर्थ अरु समय मसँग हुदैँ हुदैन । मैले अहिलेसम्म फेसबुक, ट्वीटर, भाइवरको एकाउन्ट नै खोलेको छैन ।

मेरो नसा: म निकै ठूलो नसामा रहेको छु, त्यो भनेको जीवन जिउने नसा हो । म जीवनको यस्तो नसामा रहेको छुृ कि अरु मानिसहरु रोएर, भगवानलाई ढोगेर र निरासामा बिताउँछन तर म कर्ममा विस्वाश गर्छु कामलाई नसाको रुपमा लिन्छु । वास्तवमा चलचित्र, पुस्तक अध्यन र खोज नै मेरो जीवनको ठूलो नसा हो । नै मेरो म माछामासु खादिन, तर कहिले काही साथीभाईसँग वियरसम्म पिउने गरेको छु, त्यो पनि आजभोली छैन ।

मेरो राम्रो र नराम्रो बानी: म पोजेटिभ सोच्छु, छिट्टै विश्वास गर्छु, र अरुको गल्ती र कमजोरीलाई सजिलै माफि दिन्छु । कहिले काही मेरा यिनै बानीहरुले राम्रो परिणाम ल्याउछ त कहिले नराम्रो ।

LOADING...