आरआरमा निर्वाचन गराउन सर्वोच्चले आदेश गरेपछि कुनै कानुनी बाधा छैन,निर्वाचन हुन्छः क्याम्पस प्रमुख सुवाल

भन्छीन–‘त्रिविको औपचारीक जानकारी पाएपछि निर्वाचनको तयारी गर्छु’

विविध कारणले उपत्यकाको आरआर क्याम्पसमा त्रिविले तोकेको समयमा स्ववियु निर्वाचन हुन सकेन । त्यहाँ निर्वाचनको विषयमा मत बाझिएपछि विभिन्न संगठनहरुबीच झडप समेत भए । केही विद्यार्थी संगठनहरुले आन्दोलन समेत गरे । र अन्तमा स्थानीय निकायको निर्वाचन सम्बन्धी आचारसंहीता लागु भएको कारणले त्यहाँ र स्ववियु निर्वाचन हुन छुटेका अधिकाशं क्याम्पसहरुमा निर्वाचन हुन सकेन । आरआर क्याम्पसका केही विद्यार्थीहरुले स्थानीय निकायको निर्वाच मिति भन्दा पहिले नै तोकिएको स्ववियु निर्वाचलाई रोक्न नमिल्ने तर्क गर्दै सर्वोच्च अदालतमा न्यायको लागि पुगे ।

हरपल नेपालले क्याम्पस प्रमुख निर्मला कुमारी सुवालसँग गरेको संवाद

सर्वोच्च अदालतले पनि त्यहाँ स्ववियु निर्वाचन गराउन आदेश दिएको छ । यस्तो अवस्थामा क्याम्पस प्रशासनले विद्यार्थी युनियनको निर्वाचनको विषयमा के सोच बनाएको छ भनेर हरपल नेपाल डटकमले क्याम्पस प्रमुख निर्मला कुमारी सुवालसँग संवाद गरेको छ । हरपल संवादमा बोल्दै क्याम्पस प्रमुख सुवालले अब स्ववियु निर्वाचन गर्नका लागि कुनै प्रकारको कानुनी बाधा नभएको बताएकी छन । प्रस्तुत छ उनीसँगको कुराकानी……

१) स्ववियु निर्वाचनको सम्पुर्ण तयारी गरिसकेको अवस्थामा पनि आरआर क्याम्पसमा निर्वाचन सम्पन्न हुन सकेन,किन ? के कारणले रोकियो ?

निर्वाचनको सम्बन्धमा भन्दा त्रिविले निर्धारण गरेको कार्यतालिका अनुसार स्ववियु निर्वाचन फागुन १४ गते गर्नु पर्ने थियो । तर विभिन्न विद्यार्थी संगठनका विभिन्न मागका कारण त्रिविले त्यो तालिकालाई फागुन १८ गतेका लागि सारेको थियो । त्यो मितिसम्म स्थानीय निर्वाचानको मिति तय नभएको हँुदा रोकिने कुराहरु केहि पनि आएको थिएन । काठमाडौंका क्याम्पसहरुमा पनि त्यहि मितिमा निर्वाचन गर्ने तयारी भएको थियो र आरआरमा पनि हामीले आफ्नो तयारी गरिरहेका थियौं । नोमिनेशन गर्ने क्रममा एउटा विद्यार्थी संगठनले करिब १ घण्टा बाँकी रहादाखेरी ताला बन्दी गरेको कारण संगठनहरुबीच मतान्तर हुदा निर्वाचनको वातावरण बन्न सकेन हामीले १८ गते तय भएको निर्वाचन गर्न सकेनौ । क्याम्पसका धेरै विद्यार्थी संगठनले चुनाव गर्नु पर्छ भनेको कारण निर्वाचन कमिटीका सम्पूर्ण सदस्य र मैले प्रसाशनबाट प्रतिनिधित्व गरेर विद्यार्थी संगठनका प्रतिनिधिनीहरु सहित १८ गते बैठक बसेर फागुन २३ गते निर्वाचन गर्ने निर्णय गरेका थियौ । त्यो बैठकमा एमाले,काँग्रेस,माओवादी,फोरम,वैद्य समुह सबै सहभागी थिए ।

१८ गतेको निर्णय अनुसार हामीले निर्वाचनको लागि पुर्न आफ्नो तयारी गरेका थियौ । १९ गते निर्वाचन समितिले कार्यतालिका तय गरेपछि विशेष गरेर नेपाल विद्यार्थी संघले आफ्नो नोमिनेशन गराएन र विभिन्न बाहनामा निर्वाचनमा अवरोध सिर्जना गर्यो । तर अरु सबै संगठनहरुले नोमिनेशन गरेको अवस्था थियो । त्यही बिचमा २२ गते त्रिविबाट एउटा पत्र आयो । पत्रमा आचारसंहिताका कुरा थिए । हाम्रो केन्द्रिय निर्वाचन कमिटीमा नारायण सर हुनुहुन्थ्यो,निर्वाचनलाई २३ गते गर्न मिल्ने भनिएको हुदा हामीले २२ गते सबै काम भ्याएर भोलि पल्ट निर्वाचनको लागि क्याम्पस भित्र जान खोज्दा प्रहरीले माथिबाट आदेश छ, जान मिल्दैन भन्न थाले र हामीलाई गेटमै रोकियो । निर्वाचन रोक्ने भन्ने विषयमा हामिलाई कुनै जानकारी थिएन । क्याम्पसमा विद्यार्थी संगठनहरुको आन्दोलन र तोडफोड भएको थियो,तर पनि हामीले निर्वाचन गराउन खोजेका थियौ । यि विविध कारणले गर्दा त्यतिखेर निर्वाचन हुन सकेन ।

२) विद्यार्थि संगठनहरुको आन्दोलनको कुरा गर्नु भो, खास गरेर कुन संगठनले त्यतिबेला निर्वाचनम अवरोध गरे त ?

संगठन भन्दा पनि त्यतिबेला केही निर्वाचन नचाहहरुको समूहले निर्वाचन हुन नदिने प्रयत्य गरेको भन्छु म । वास्तवमा निर्वाचनको अवरोधमा कुनै संगठनले आफ्नो व्यानर नै ल्याएर अवरोध त गरेन, तर विविध ढंगले निर्वाचन नचाहेको कुरा अभिव्यत गरिरहे । पछिल्लो समयमा अखिल क्रान्तिकारी,नेवि संघ लगाएतमा संलग्न केही विद्यार्थीहरुले बिरोध जनाएको देखियो । २३ गतेको जुन निर्वाचन प्रहरी प्रशासनले हामीलाई भित्र प्रवेश गर्न रोक लगाएको हुनाले हुन सकेन ।

३) क्याम्पस प्रशासन र निर्वाचन ससितिलाई नै क्याम्पस प्रवेशमा रोक किन लगाएको होला त प्रहरीले ? किन र कस्को आदेश थियो त्यो ?

जिल्ला प्रशासनले स्थानीय निकायको निर्वाचनको आचारसंहिता लागु भएको हुनाले माथिको आदेश भनेर रोकेको भन्ने हामीलाई जानकारी गरायो । तर त्रिविका उपकुलपतिले चाँहि हामीलाई त्यो विषयमा कुनै आधिकारीक जानकारी दिएको थिएन । खास गरेर त्यतिबेला हामीलाई जिल्ला प्रशासनबाट वा प्रहरी प्रशासनबाट प्रवेशमा रोक लगाइएको हो भन्ने मेरो बुझाइ रहेको छ ।

४) स्थानीय निर्वाचनको आचारसहिताले अन्य निर्वाचन रोक्छ भन्ने तपाईहरुलाई थाहा थिएन र ? कि त्यो मितिसम्म स्ववियु गर्न पाइने भनेको थियो त्रिविले ?

उहाँहरुले २२ गते जारी गरेको पत्र अनुसार अग्रिम कार्यतालीका बाहेकको निर्वाचन मात्र रोकिने भन्ने कुरा पनि आएको थियो । त्यो सर्तलाई हेर्दा हाम्रो पहिले नै निर्वाचनके लागि मिति ठोस भैसकेको निर्वाचन रोकिनु पर्ने आधार थिएन । हाम्रो निर्वाचन समितिलाई निर्वाचन गर्न मिल्छ भन्ने नै लागेको हुनाले हामिले त्यो तयारी गरेका थियौ ।

५) पछिल्लो चरणमा सर्वोच्चले पनि आरआरमा निर्वाचन गराउन भन्ने खालको आदेश गरेको छ,यो विषयलाई तपाईहरुलले कसरी लिनु भएको छ श्र निर्वाचन हुन्छ त अब ?

हो ठिक कुरा गर्नु भो । सर्वाेच्च अदालतले गरेको आदेशको हामीले पालना गर्नुपर्छ । कानुनको पालना नगर्नु पनि अपराध नै हो । तर सर्वोच्च अदालतले गरेको आदेश पछिको अवस्थामा त्रिविले हामीलाई निर्वाचनको लागि कुनै आधिकारीक पत्र वा जानकारी गराएको छैन, त्यस्तो अवस्थामा हामीले पनि निर्वाचन गर्ने वा नगर्ने भनेर कुनै ठोस निर्णय गरेका छैनौँ । यदि त्रिविले निर्वाचनको लागि आदेश नै गरेको अवस्थामा हामी यहाँको व्यवस्थापन, विद्यार्थी संंगठन सबै सँग छलफल गरेर पुर्न निर्वाचनको मिति घोषणा गर्दै विद्यार्थीको हक,हितको लागि निर्वाचन गराउन तयार छौ ।

६) सर्वोच्चको आदेश र त्रिविको निर्वाचन सम्बन्धी नियमावली,विधान सबैलाई हेर्दा यस्तो अवस्थामा स्ववियु निर्वाचन गर्ने तपाईहरुसँग कुनु आधार छ कि छैन ? तपाईलाई के लाग्छ ?

त्रिभुवन विश्व विद्यालयको स्ववियु निर्वाचन सम्बन्धी नियमवाली अनुसार हामीलाई विविध कारणले निर्वाच हुन नसकेका क्याम्पसहरुमा पुर्न छलफल गरेर निर्वाचन गराउन मिल्ने आधारहरु रहेका छन । अहिले बनाएको आचारसंहिताको बुदाँ नम्बर ७ मा १८ सम्मको मितिमा तोकिएका स्ववियु निर्वाचन केन्द्रहरुमा कुनै अबरोध भएमा क्याम्पस प्रशाशनले स्थानीय रुपमा सहमति गरेर निर्वाचनको नयाँ मिति घोषणा गर्न सकिने व्यास्था गरेको छ । त्यही अनुसार हामीले २३ गतेलाई निर्वाचन गर्ने भनि मिति तय थरेका थियौ । तसर्थ स्थानीय निकायको निर्वाचनको कारण पहिले घोषित स्वावियु निर्वाचन नरोकिनु पर्ने भन्ने मेरो पनि व्यक्तिगत धारणा हो ।

अर्को कुरा पछिल्लो समयमा सर्वोच्च अदालतले पनि आरआरमा स्ववियु निर्वाचन गराउन भनि आदेश दिएको भन्ने समाचारहरु आएका छन । त्यसको आधारमा पनि पहिले घोषित निर्वाचनलाई बाधा नपर्ने व्यहोरा खुल्न आउछ । निर्वाचनको लागि कुनै कानुनी बाधाहरु अब मैले देखेको छैन । मात्र त्रिविले हामीलाई निर्वाचनको लागि औपचारी जानकारी गराउनु पर्दछ । त्यति भएमा निर्वाचन हुन्छ । हामी त्यसको तयारीमा लाग्छौ ।

७) भनेपछि तपाईलाई त्रिविले निर्वाचन गर्न पत्रचार गर्यो भने अब तपाई निर्वाचन गर्न सक्छु भन्ने विश्वासमा हुनुहुन्छ ?

सर्वोच्चको आदेशलाई पालना गर्नुपर्ने हामी सबैको कर्तव्य पनि हो । त्रिविले हामीलाई निर्वाचनको विषयमा जानकारी गराएपछि त्यो वातावरण आफै तयार हुन्छ भन्ने मलाई लाग्छ । किनकी सबै विद्यार्थी संगठनहरुले निर्वाचन चाहेकै छन । स्ववियु विद्यार्थीहरुको हक,हीत र अधिारको लागि बोल्ने साझाँ निकाय भएकाले यसको विरोध कसैले गर्दैन भन्ने हामीलाई विश्वास छ । य्र्रद्यपि विभिन्न संगठनहरुका विभिन्न खालका मागहरु होलान,त्यसको विषयमा बसेर छलफल मार्फत निकास खोज्न सकिन्छ ।

८) तर विद्यार्थी संगठनहरु त आफ्नै आफरनै मागमा रहेका देखिन्छन । तपाई कसरी मिलाउने र निर्वाचनको वातावरण गराउने सोचमा हुनुहुन्छ ?

विद्यार्थी संगठनको लागि स्ववियु निर्वाचन भनेको आफ्नो हक,अधिकारको लागि साझाँ नेता चुन्न निर्वाचन गर्ने र अधिकार खोज्ने भन्ने हुन्छ । यसरी निर्वाचित भएर आएका पदाधिकारीहरुको २ बर्षको अवधि हुने हुनाले राम्रो र क्षमता भएको विद्यार्थि नेतालाई जिताउने काम विद्यार्थीहरुले गर्दछन, त्यो आम विद्यार्थीहरुको अधिकारको कुरा पनि हो । स्ववियु साझाँ संस्था भएकाले त्यहाँ सबैको जित हुन्छ । त्यहाँ कस्ले जित्ने को हार्ने भन्दा पनि,जस्ले जित्छ उसले आफ्नो जिम्मेवारी पूर्ण काम गर्ने वातावरण बनाउनु पर्दछ भन्ने मलाई लाग्छ । तसर्थ निर्वाचनको विषयमा कोही पनि संगठनहरु अबरोध गर्दैनन होला भन्ने मेरो विस्वाश रहेको छ ।