भावना-थवाङसँग टिकाराम ओलीको गहिरो विश्वास

सन्दर्भ– विप्लव माओवादीको महाधिवेशन

हरपल नेपाल

आठौं महाधिवेशन बाट क्रान्तिको विगुल फुक्दै उठाउने छौ,थवाङ
ठूला ठुला चुनौतीका प्रखालहरु तोड्दै क्रान्तिको नयाँ मार्गमा डोर्‍याउने छौ,थवाङ । भ्रष्टाचारले देश लिलाम हुन लाग्यो ।
एकीकृत जनक्रान्तिले उद्दार गर्न पठाउने छौ,थवाङ
लाखौं युवाहरु विदेशी बजारमा बेचिएका छन,फर्काउनको लागि क्रान्तिको मार्गबाट बोलाउने छौ,थवाङ ।।

सहिद परिवार,घाइते उपाङ्गहरुका मन च्याँत्तिएका छन,
च्याँत्तिएको मन,भत्किएको घर भएपनि, एकीकृत जनक्रान्तिको रापले उठाउने छौ,थवाङ ।
मातृभुमिको रक्षा गर्न राता योद्धाहरुलाई परेड खेलाउदै, एकीकृत जनक्रान्तिको बिगुल फुक्दै, उठाउने छौ, थवाङ ।।
क्रान्तिको बल नै युवा हो, राता योद्धाहरु बनाउन,
क्रान्तिकारी अठोट, संसार बदल्ने साहस र प्रतिबद्धता गर्दै, सर्वहारा वर्गको मुक्ति मार्ग कोर्ने छौ,थवाङ ।।

टिकाराम ओली

                                                    (महासचिव–नेपाली जनप्रगतिशिल मोर्चा,मलेसिया)